पुनर्निर्माणको काम नयाँ सरकारलाई प्रगति देखाउने प्रतिवेदनः डाटामा माथि, धरातलमा कम !

आउँदो बर्खासम्म ६० प्रतिशत पुनर्निर्माण सक्ने दाबी गरिरहेको प्राधिकरणलाई प्रश्नः ५७ हजार १ सय पीडित कता हराए ?
निर्माण सञ्चार, काठमाडौँ | राष्ट्रिय पुननिर्माण प्राधिकरणले दिएको हालसम्मको पुनर्निर्माणको प्रगति विवरण देखावटि देखिएको छ ।

यसअघि पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुसिल ज्ञवालीले प्राधिकरणबाट बाहिँरिदा ७० प्रतिशत पुर्ननिर्माण सम्पन्न भइसकेको दाबी गरेका थिए ।

हाल नयाँ सरकार आएसँगै पुनर्निमाण प्राधिकरणका वर्तमान प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसालले समेत सोही प्रतिशत पुनर्निमाण सम्पन्न भएको अस्पष्ट डाटा देखाएका छन् ।

नयाँ सरकारलाई प्रगति देखाउने उक्त प्रतिवेदन हेर्दा डाटामा माथि देखिएको छ भने काममा एकदमै न्यून देखिएको छ ।

 कति लाभग्रागी पुनर्निर्माण प्रक्रियामा

भूकम्प अतिप्रभावित १४ जिल्लाका ७१ प्रतिशत लाभग्राही पुनर्निर्माण प्रक्रियामा रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दाबी गरेको छ ।

भूकम्प पछि ५ वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने घोषणा गरेको नेपाल सरकारले ३ वर्ष बित्न लाग्दा पनि पुनर्निर्माणले सोचे अनुरुप प्रगति गर्न नसकेको चौतर्फी आलोचना भइरहेकै बेला प्राधिकरणले ७१ प्रतिशत लाभग्राही पुनर्निर्माणको प्रक्रियामा प्रवेश गरेको तथ्यांक सार्वजनिक गरेको हो ।

पाँच बर्षको कार्यादेशसहित सरकारले २०७२ पुस १२ गते स्थापना गरेको प्राधिकरणले नीजि आवास पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

सोही अनुपातमा नीजि आवास पुनर्निर्माणको काम अघि बढे आगामी बर्खाअघि करिब ६० प्रतिशत पुनर्निर्माण भइसक्ने प्राधिकरणले आकलन गरेको छ ।

नीजि आवास पुनर्निर्माणको समयसीमा तोकिएको र प्राविधिकहरु स्थानीय स्तरमा परिचालन गरिएको, डकर्मी तालिम व्यापक रुपमा संचालन गरिएको एवं निर्माण सामग्री तथा काठको आपुर्ति सहज भएकाले जिल्लामा घर बनाउने लाभग्राहीको संख्या उल्लेख्य रुपमा बढेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भूसालले बताएका छन् ।

‘हामीले स्थानीय जनप्रतिनिधि तथा लाभग्राहीसँग अन्तक्र्रिया गरेर पुनर्निर्माणका लागी थप प्रोत्साहन गरिरहेका छौं’, सिइओ भुसालले भने ‘त्यसैले आउँदो बर्खाअघि करिब ६० प्रतिशत लाभग्राहीलाई छानोमूनि ल्याउने लक्ष्य पुरा हुनेमा हामी विश्वस्त छौँ ।’

 कता हराए ५७ हजार १ सय पीडित ?

प्राधिकरणको फागुन १४ सम्मको तथ्याङ्कअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लाका कुल ६ लाख ६७ हजार ६ सय ६२ मध्ये ६ लाख १० हजार ५ सय भूकम्पपीडितसँग अनुदान सम्झौता भइसकेको छ ।

जसमा १ लाख २ सय ३६ घरको पुनर्निर्माण सम्पन्न भएको छ भने ३ लाख ३२ हजार ३ सय २१ घर पुनर्निर्माण भइरहेको छ । सोही डाटाका आधारमा हेर्दा दुई लाख ३५ हजार एक सय पाँच लाभग्राहीको अवस्था केकस्तो छ भन्ने विषयमा प्राधिकरणले स्पष्ट पारेको देखिएको छैन ।

यसैगरी, आउँदो बर्खासम्म ६० प्रतिशत पुनर्निर्माण सक्ने दाबी गरिरहेको प्राधिकरणले ५७ हजार १ सय पीडितभित्र त पुग्नै नसकेको देखिएको छ ।

भूकम्प कम प्रमावित जिल्लाको कस्तो छ अवस्था ?

भूकम्प कम प्रभावित १८ जिल्लामा बनिसकेका र बन्दै गरेका घरको विवरण प्राधिकरणको केन्द्रिय सूचना प्रणालीमा समाविष्ट नभएकाले निर्माणाधीन र निर्माण सम्पन्न घरको संख्या अझै बढ्ने प्राधिकरणका प्रवक्ता यम लाल भूसालले बताएका छन् ।

ती जिल्लामा रहेका कुल १ लाख ४३ लाभग्राहीमध्ये अनुदान सम्झौता भएका ९० हजार ८ सय ५० को पछिल्लो तथ्याङ्क आउने क्रममा रहेको सूचना व्यवस्थापन तथा संचार शाखाका प्रमुख मनोहर घिमिरेले जानकारी दिएका छन् ।

तर, ती जिल्लाका कुल लाभग्राहीमध्ये अनुदान सम्झौता नभएका ९ हजार १ सय ९३ पीडितको अवस्थाबारे पनि प्राधिकरणले स्पष्ट पारेको छैन ।

 

 

 

 पढौँ यो पनि
पुनर्निर्माण प्राधिकरणको औचित्यमाथि प्रश्नः पौने ३ वर्षमा ९० अर्ब सकिदा, काम १० प्रतिशत १

 

...

सोमबार १४, फागुन ०७४ 

प्रतिक्रिया

Related