कोराला–सुनौली नाका चीनसँग जोडियो

भारतको सुनौलीदेखि–कालीगण्डकी हुँदै चीनसम्मको यात्रा
निर्माण सञ्चार, काठमाडौँ । भारतको सुनौलीलाई कालीगण्डकी हुँदै कोराला नाकामार्फत उत्तरी देश चीन जोड्ने सडकको ट्रयाक खुलेको छ।

कालीगण्डकी करिडोर नामको उक्त सडक खण्ड अन्तर्गत वागलुङ(गुल्मी खण्डको काम नेपाली सेनाले पुरा गरेपछि अब सुनौली कोरालासँग जोडिएको हो।

उक्त खण्डको ७६ किलोमिटर ट्रयाक खोल्ने काम सकिएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले बताए । तात्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले चीनसँग पारवहन तथा यातायात सम्झौता गेपछि यस करिडोरको निर्माणले गति लिएको थियो ।

कोरला–सुनौली ४३५ किलोमिर लामो यो करिडोरमा दुई लेन (९ मिटर चौडा) को सडक हुनेछ । कोराला–मुस्ताङको कागबेनी ९५, कागबेनी–बागलुङ ९५, कागबेनी–गुल्मीको रिडी ७०, रिडी–बुटुवल ६८ र बुटुवल–सुनौली २५ किलोमिटर करिडाररमा पर्छ ।

कोरलादेखि १७ किलोमिटर टाढा चीनको पक्की सडक मार्गमा जोडिन्छ।

...

शनिबार १८ फागुन ०७४

प्रतिक्रिया

Related