रसुवागढी सुख्खा बन्दरगाहको डिजाइन लिएर तात्यो चिनः नेपाललाई दबाब

८ हेक्टर क्षेत्रफलमा निर्माण हुन लागेको बन्दरगाह चीनले आफ्नै अनुदानमा निर्माण गरिदिने
निर्माण सञ्चार, काठमाडौँ | रसुवागढी सुख्खा बन्दरगाहको प्रारम्भिक डिजाइन लिएर चिन तातिसकेको छ । चिनले बनाएको यस डिजाइनमा नेपालसँग सहमति समेत भइसकेको छ ।

गत जनवरीमै नेपाल र चीनका अधिकारीले डिजाइनमा सहमति जनाएर हस्ताक्षर गरेका हुन् ।

सुख्खा बन्दरगाह निर्माण प्रकृयालाई तीव्रता दिन चिनले बन्दारगाहको काम अघि बढाएसँगै नेपाललाई पनि दबाब बढेको छ ।

रसुवागढी नाकालाई नेपालबाट जोडिने नाका मध्ये उच्च प्राथमिकतामा राखेको चीनले रसुवागढी सुख्खा बन्दरगाह चाँडो बनाउने अपेक्षा आम मानिसमा परिसकेको छ ।

रसुवागढी नाकाबाट केरुङसम्मको दुरी करिव २६ किमी रहेको छ । टिमुरेमा बन्न लागेको बन्दरगाह र रसुवागढी नाकाको दुरी करिव २ किमी रहेको छ ।

यसैगरी, चीनको प्रसिद्ध शहर सिगात्सेदेखि केरुङसम्को दुरी भने साढे चार सय किमी रहेको छ ।

के काम गर्दैछ चिन ?

हाल चीनले सुख्खा बन्दरगाहको लागतदेखि प्राविधिक काम गरिरहेको छ ।

दुई महिनाभित्र प्राविधिक काम पनि सकिने नेपाल इन्टरमोडल यातायात विकास समितिले जानकारी दियो । समितिका अनुसार तीन महिनाभित्रमा टेण्डर आह्वान गरिने तयारी भएको छ ।

टेन्डर प्रक्रिया चिनमा सहज हुने भएकाले यो काम समेत एक महिनामै हुने बताइएको छ ।

कहिले हुन्छ निर्माण सम्पन्न ?

उक्त सुख्खा बन्दरगाहको निर्माण सुरु भएको दुई वर्षमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गर्ने सम्झौता भएको छ ।

रसुवाको सदरमुकामा धुन्चेदेखि करिव २६ किलोमिटरमा पर्ने टिमुरेमा बन्दरगाह निर्माण गर्न लागिएको समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले जानकारी दिए ।

८ हेक्टर क्षेत्रफलमा निर्माण हुन लागेको सो बन्दरगाह चीनले आफ्नै अनुदानमा निर्माण गरिदिने भएको हो ।

निर्देशक बस्नेतका अनुसार बन्दरगाह निर्माणका लागि लाङटाङ राष्ट्रिय निकुञ्जको ५ हेक्टर र स्थानीयको ३ हेक्टर जमिन अधिग्रहण पनि भइसकेको छ ।

कहिले भयो सम्झौता ?

यस बन्दरगाह निर्माण गर्न नेपाल र चीनका अधिकारीका बीचमा सन् २०१४ मा सम्झौता भएको थियो । डिजाइन बनाउनका लागि भने २०१५ डिसेम्वरमा सम्झौता भएर कामको थालनी भएको थियो ।

कस्तो बन्नेछ बन्दरगाह ?

सुख्खा बन्दरगाहमा पाँच तले प्रशासनिक भवन रहेको छ ।

यसका साथै सो भवनमा अध्यागमन विभाग, बैंक, भन्सार लगायत सबै निकायहरु रहने चिनियाँ परामर्शदाताको डिजाईनले देखाइएको छ ।

डिजाइनअनुसार बन्दरगाहमा ३ सय ५० वटा गाडी अटाउने पार्किङ स्थल, ७५० वर्गमिटर क्षेत्रफलमा फैलिएको गोदाम, मालसामान चेक जाँच गर्ने टर्मिनल, चेकपोस्ट, पानी, विद्युतका लागि आवश्यक पुर्वाधार लयायत आवश्यक पर्ने सम्पुर्ण पुर्वाधारहरु निर्माण हुनेछन् ।

...

बुधबार १६, फागुन ०७४ 

प्रतिक्रिया

Related