बोर्डर छल्दै अम्बे स्टिल्सले हेभी उपकरण भित्र्याउँदा व्यवसायीको विरोध, बाँकेले दियो चेतावनी

हेभी इक्विप्मेन्ट व्यवसायीको विरोधको औचित्य छैन, किनकि उनीहरु पनि भाडेदार हुन्, पाए आफू पनि ल्याउँछन्
निर्माण सञ्चार, काठमाडौँ | पश्चिम नेपालमा पर्ने सीमानाकाबाट बोर्डर छलेर पछिल्ला दिनमा हेभी उपकरणहरु भित्रिने क्रम बढिरहेको छ ।

भन्सार छलेर रातारता हेभी उपकरणहरुको आयात हुँदा पनि सम्बन्धित भन्सार विभाग भने मौन रहेको छ । यसरी बोर्डर छलेर हेभी उपकरण भित्र्याउनेमा अम्बे स्टिल्स पनि परेको छ ।

केही दिन अघि औद्योगिक घरानासँग जोडिएको अम्बे स्टिल्सले आफ्नो व्यावसायिक प्रयोजनका लागि सीमापारिबाट रातारात ट्रकमा राखेर हेभी औजारहरु नेपाल भित्र्याएको पाइएको छ ।

अम्बे स्टिल्सले यसरी औजार भित्र्याएपछि हेभी इक्विप्मेन्ट व्यवसायी संघ बाँकेले विरोध गरेको छ ।

भन्सार छलेर नेपाली बजारलाई तहस नहस पार्ने गरी अवैध रुपले पूर्वाधार निर्माणसँग सम्बन्धित यस्ता औजार नभित्र्याउन भन्दै बाँके संघले चेतावनी दिएको हो ।

बाँके संघका अध्यक्ष गोविन्द सापकोटाले हस्ताक्षर गरेको विज्ञप्तिमा नेपाली बजारलाई प्रतिकूल असर पार्ने गरी भन्सार छलेर यस्ता औजारहरु नभित्र्याउन भनिएको छ ।

यस अघि भारतीय बिक्रेतासँग मिलेर निर्माण व्यवसायी, इँटा व्यवसायी तथा हेभी औजार भाडामा लगाउँदै आएका केही व्यापारीहरुले समेत भन्सार छलेर पटक पटक एक्साभेटर, ब्याक्हो लोडर जस्ता हेभी उपकरणहरु भित्राएको पाइएको थियो ।

भारतमा सस्तो पाइने र कर छली गरेपछि नेपालमा पैसा कमाइ हुने लोभमा यस्तो अवैध व्यापार हुने गरेको बोर्डर प्रहरीको पनि भनाइ छ ।

भारतमा एक–दुई पटक प्रयोग भइसकेका यस्ता उपकरणहरु नेपालमा ल्याएर भाडामा लगाउँदा फाइदा हुने भएपछि अवैध रुपमा यस्ता औजारहरु नेपालमा भित्रिने क्रम बढेको भन्सार विभागका एक सदस्य बताउँछन् ।

बोर्डरमा कस्टम नतिरी भित्र्याउनेमा हेभी उपकरणहरु भाडामा लगाउँदै आएका व्यापारीहरु नै रहेको भन्सारका कर्मचारीको आरोप छ ।

यस्तो काममा उच्चस्तरका भन्सार अधिकारीदेखि मन्त्रालयसम्मका अधिकारीहरुले नै ‘मिलेमतो’ गरी औजारहरु नेपाल भित्राउने गरिएको पाइएको भन्सार प्रहरीको पनि स्वीकारोक्ति छ ।

भन्सार छल्नेका गए दिन

भारतबाट बिना इजाजत नै खुलेआम हेभी इक्विपमेन्टहरु भित्रँदा ठुलो मात्रामा भन्सार छली भएको भन्सार विभागले स्वीकारेको छ । तर अब भन्सार छल्ने दिन बन्द भएको एक अधिकारीले बताए ।

नाम नबताउने सर्तमा उनले भने, ‘नयाँ सरकार बनेको छ । प्रभावशाली अर्थमन्त्री आउनु भएको छ । देशैभरका भन्सार विभागहरु अब सूची बेगरको भन्सार लिन वा दिन नपाउने उर्दी आइसकेकाले अब भने भन्सार छल्नेका दिन गएका छन् । किनकि भन्सार अधिकारीहरुकै निद हराम भएको छ ।’

गत बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले भन्सार विभागका निमित्त महानिर्देशक श्रीकृष्ण नेपाललाई भन्सार चुहावट रोक्न निर्देशन दिएपछि यतिबेला देशैभरका भन्सार विभागमा भूकम्प गएको छ ।

भन्सार संकलन पनि ह्वात्तै बढेको छ । भन्सार विभागले देशैभरका मुख्य भन्सारहरूलाई ‘डाटा बेस’ अर्थात् सन्दर्भ मूल्यसूची (रिफरेन्स भ्यालु) भन्दा कम हुने गरी भन्सार मूल्य कायम नगर्न मौखिक आदेश दिए लगत्तै बुधबार लिखित नै आदेश दिएको छ ।

अर्थमन्त्रालय अन्तर्गत रहेको राजस्व चुहावट र आर्थिक अपराध नियन्त्रण गर्ने काम कमजोर भएको निष्कर्ष निकाल्दै प्रधानमन्त्री कार्यालयबाटै सिधै डिटेक्ट गर्ने गरी सारिएको छ ।

बुधबारको मन्त्रिपषिद् वैठकले राष्ट्रको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने जिम्मेवारीमा रहेको राष्ट्रिय अनुसन्धान विभाग, राजस्व चुहावट र आर्थिक अपराध नियन्त्रण गर्ने जिम्मेवारीमा रहेको राजस्व अनुसन्धान विभाग र कालोधन छानबिन गर्ने प्रमुख जिम्मेवारीमा रहेको सम्पत्ति शुद्धीकरण विभागलाई सशक्त र प्रभावकारी बनाउन यी तीनै निकायलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याउने निर्णय गरेको हो ।

यसरी भन्सार तथा राजश्व अराजकता रोक्न प्रधानमन्त्री कार्यालयमै सो विभाग राख्ने निर्णय भएपछि अर्थमन्त्रालय र सो मातहत रहँदै आएको भन्सार विभागका हाकिमहरु समेत तर्सिएका छन् । यसले विगतमा लुकीछिपी धन्दा गरिरहेको भन्सार कार्यालयहरुमा भूकम्प गएको हो ।

गत बुधबार अर्थमन्त्री डा युवराज खतिवडाले भन्सार विभागका निमित्त महानिर्देशक श्रीकृष्ण नेपाललाई भन्सार चुहावट रोक्न निर्देशन दिएपछि यतिबेला देशैभरका भन्सार विभागमा भूकम्प गएको छ ।

भन्सार संकलन पनि ह्वात्तै बढेको छ । भन्सार विभागले देशैभरका मुख्य भन्सारहरूलाई ‘डाटा बेस’ अर्थात् सन्दर्भ मूल्यसूची (रिफरेन्स भ्यालु) भन्दा कम हुने गरी भन्सार मूल्य कायम नगर्न मौखिक आदेश दिए लगत्तै बुधबार लिखित नै आदेश दिएको छ 

मूल्याङ्कन विभागका निर्देशक देवी भण्डारी लगायतले मङ्गलबार र बुधबार दुई दिन नै लगातार काँकडभिट्टा, विराटनगर, भैरहवा, ड्राइपोर्ट, वीरगञ्ज लगायतका भन्सारका प्रमुख र अन्य अधिकृतलाई भिडियो कन्फरेन्स कल गर्दै ‘डाटाबेस’भन्दा कमको भन्सार मूल्य कायम नगर्न निर्देशन दिएका थिए ।

कम छैनन् हेभी इक्विप्मेन्ट व्यवसायीहरु पनि

यसरी भन्सार छलेर अम्बे स्टिल्सले ट्रकका ट्रक हेभी औजार बोर्डर छली गरेर भित्र्याएपछि विरोध भएको हो । स्टिल्सका एक अधिकारीले भने आफूहरुले वैध रुपले नै हेभी औजार नेपाल भित्र्याएको दाबी गरेका छन् ।

एक अधिकारको दाबी अनुसार अम्बे स्टिल्सले भन्सार छली गरेको पनि छैन र नेपालका हेभी उपकरण भाडेदार व्यवसायीलाई पनि असर पार्ने गरी ती औजार ल्याएको होइन ।

उनले भने, ‘हामीले आफ्नै प्रयोजनका लागि ल्याएका हौं । तर, हाम्रो नजरमा हेभी इक्विप्मेन्ट व्यवसायी पनि कमका छैनन् । पाए उनीहरु पनि भन्सार छलेर नै नेपाल ल्याउँछन् र भाडामा लगाएर दाम कमाउने गरेका छन् ।’ उनका अनुसार विरोधको कुनै औचित्य छैन ।

तर, हेभी उपकरण व्यवसायीहरुको दाबी अनुसार भने आफूहरुले भाडामै लगाउँदै आएपनि राजश्व तिरेर वैधानिक काम गर्दै आएकाले अवैध कामको विरोध गर्ने नैतिकता छ ।

यसअघि पनि महासंघ र संघ प्रतिनिधिहरुले बर्दिया, जिल्ला प्रशाशन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँकेमा डेलिगेसन नै गएर जानकारी गराएका थिए ।

गत १५ गते अम्बे स्टिलका लागि भारतीय ठेकेदार आयुकीका नाममा भारतीय मेसिन नेपाल भित्रिएको भन्दै जिल्ला संघ बाँकेले विरोध गरेको हो ।

बाँकेबाट जारी प्रेस विज्ञप्ति 

 

 

 अबैध कारोबारको यस्तो छ कागाजात ?

 


 ...

बिहीबार, १७ फागुन २०७४ 

प्रतिक्रिया

Related