हातमा सीप छ तर रोजगारी छैन, नआत्तिनुस् ! तपाईलाई यसरी गर्छ सिटिइभिटीले सर्टिफाई

हालसम्म सीप परीक्षण सहभागी ३ लाख ८३ हजार, ७१ प्रतिशत दक्ष जनशक्तिका रुपमा उतीर्ण
निर्माण सञ्चार, काठमाडौँ | प्रधानमन्त्रीका रुपमा सपथ लिदै गर्दा पहिलो ५ निर्णय अन्तर्गत प्रधानमन्त्री ओलीले देशका सबै स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार गर्ने घोषणा गरेका छन् । यस अघि ९ महिने प्रधानमन्त्री कालमा २ वर्ष भित्र देशैभरबाट तुइन विस्थापन गर्ने घोषणा गर्दा झन्डै ८० प्रतिशत काम सम्पन्न भएबाट विश्वसनीयता आर्जन गरेको प्रधानमन्त्री ओली विकासे नेताका रुपमा चिनिएका पनि छन् ।

सबै स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षा प्रदान गर्ने केन्द्र स्थापना मात्र भयो भने त्यसको परिणाम ज्यादै सुन्दर हुने छ । 
यसको कार्यान्वयन तहमा जाँदा नेतृत्व गर्न सक्ने हैसियत भएको निकाय हो प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) । यसबारे सिटिइभिटीले कतिसम्म सोचेको छ, आगामी दिनमा देख्न पाइएला, तर आजसम्म यो केन्द्रले के कति उपलब्धिमूलक कार्यक्रम गरेको छ, त्यसलाई हेरौं ।

000

कुनै व्यक्तिले एउटा क्षेत्रमा लामो समयसम्म काम गरेर सीप हासिल गरेपनि त्यस्को प्रमाणीकरण नहुँदा नेपालमा धेरै युवा अलपत्र पर्ने गरेका छन् ।

कुनै क्षेत्रको सीप हासिल गरेता पनि प्रमाण नहुँदा सम्बिन्धत ठाउँमा विश्वास नगर्ने, न्यूनस्तरको काम गर्नुपर्ने, पारिश्रमीक समेत कम हुने तथा बेरोजगार नै बस्नुपर्ने लगायतका समस्या युवाहरुमा छ ।

तर, काउन्सिल फर टेक्निकल एजुकेसन एन्ड भोकेस्नल ट्रेनिङ (सिटिइभिटी)ले भने यस्ता अनौपचारिक वा औपचारिक सीप भएका व्यक्तिको प्रमाणीकरण गरिएको छैन भने उनीहरुलाई सीपका आधारमा प्रमाण दिने काम गर्दै आएको छ ।

यसको स्थापना भएसँगै औपचारिक वा अनौपचारिक सीप भएका तर प्रमाण नभएकाहरुले तालिम लिएर आफ्नो सीपको परिक्षण गर्दै आएका छन् ।

साथै आफूले हासिल गरेको सीपको प्रमाणीकरण समेत गरेर सम्बन्धित क्षेत्रमा काम गर्दै आइरहेका छन् । यसले गर्दा जुनसुकै क्षेत्रको सीप हासिल गरेका व्यक्तिलाई पनि रोजगारका लागि सहज भएको छ ।

वैदेशिक रोजगारका लागि जाने युवाहरुका लागि झनै उत्तम भएको युवाहरुको दाबी छ ।

हातमा सीप भएका युवाहरुको सीप परीक्षण/प्रमाणीकरण गर्ने सिटिभिटीको काम त्यत्ति प्रभावकारी नभएको बताउँछन् जानकारहरु । तर, पछिल्लो समयमा भने सिटिभिटीको यस्ता काम तीव्र रुपमा अगाडि बढेको छ ।

कुनै व्यक्तिले कुनै क्षेत्रको सीप हासिल गरेर आफ्नो सीपको परीक्षण प्रमाणीकरण वा स्तरीकरण गर्न चाहान्छन् भने त्यसको प्रमाणीकरण गर्ने एउटा मात्रै संस्था भनेको सिटिइभिटी नै हो ।

यस्ता व्यक्तिलाई उनीहरुको सीप परीक्षण गरी सोको आधारमा सिटिइभिटीले प्रमाणीकरण गर्छ ।

 कहिले स्थापित भयो सिटिइभिटी ?

हातमा सीप भएता पनि बिना प्रमाण बस्नुपरेकालाई प्रमाणीकरण गर्ने प्रावधान पाएको नेपाल सरकारको एक मात्र सिटिइभिटी २०४५ मा स्थापित संस्था हो ।

सिटिइभिटी प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् ऐन २०४५ ले निर्देश गरे बमोजिम औपचारिक तथा अनौपचारिक सीप सिकेका व्यक्तिहरुको प्रमाणीकरण स्थरीकरण गर्ने स्वायत्त संस्था भएको सिटीइभिटीका स्वकीय सचिव पुष्परमन वाग्लेले बताए ।

कसरी गरिन्छ सीप परीक्षण?

हाल सिटिइभिटिले प्रारम्भिक तहको एकदेखि चारसम्मको सीप परिक्षण गर्ने गरेको सचिव वाग्लेले निर्माण सञ्चारलाई बताए ।

उक्त तहमध्ये तह चार अधिकृत बराबरको तह हुन्छ भने तह तीन नासुसरह हुन्छ । यसैगरी, तह दुई खरदार र तह एक वैदार बराबर हुन्छ ।

यसरी व्यक्तिको सीपका आधारमा जुन तहको योग्य छ सोही तहअनुसार परीक्षा लिएर प्रमाणीकरण गर्ने गरिन्छ ।

यस किसिमको परीक्षण नेपाल सरकारको राजपत्राङ्कितमा व्यहोरा उल्लेख छ ।

सिटिइभिटीमा कतिले गरे ‘ परीक्षण टेस्ट’ ?

सिटिइभिटीले वर्षमा ३५ हजार व्यक्तिको ‘परिक्षण टेस्ट’ गर्दै आएको छ । सचिव वाग्लेका अनुसार आजसम्म सीप परीक्षणमा सहभागी हुने ३ लाख ८३ हजार ४ सय ६९ जना भइसेकेका छन् ।

औपचारिक/अनौपचारिक सीप भएका सो संख्याका व्यक्तिहरुले सीप परीक्षणका लागि आवेदन दिएका हुन् । त्यसमध्येमा दुई लाख ७४ हजार ४ सय जना (७१ प्रतिशत) कामदार दक्ष जनशक्तिका रुपमा उत्तिर्ण भएका छन् ।

जसमा अधिकांश व्यक्ति विद्युतीय काम गर्ने रहेको सचिव वाग्लेले निर्माण सञ्चारलाई बताए ।

वैदेशिक रुपमा कस्तो छ प्रभाव ?

सिटिइभिटीबाट आफ्नो सीप परीक्षण गरी प्रमाणीकरण गरेका युवाहरु सोही प्रमाण बोकेर वैदेशिक रुपमा गएका छन्छै/नन् भन्ने आँकडा हालसम्म लिन सकिएको छैन । नेपालमा यस्ता आँकडा लिने प्रावधान नभएको सचिव वाग्लेले बताए ।

वैदेशिक रोजगारीका लागि कस्ता किसिमका सीप चाहिन्छ, कस्ता किसिमका पाठ्यक्रम चाहिन्छ भन्ने विषयमा पाठ्यक्रम बनाउन नेपालबाट व्यक्ति पठाउने र उताको प्रविधि हेरी मुलुक आएर त्यस्तै किसिमका प्रविधिसहितको सीप सिकाउने विषयको बजेट व्यवस्था नै छैन ।

सचिव वाग्लेका अनुसार यस्तो अवस्थामा वैदेशिक कामको अनुभवका आधारले मात्रै चलाइएको छ ।

साथै देशमा कस्ता किसिमको सीपको आवश्यकता छ सोहीअनुसारको पाठ्यक्रम बनाएर तालिम दिइने उनको भनाइ छ ।

 कुनकुन विषयमा गरिन्छ सीप प्रमाणिकरण ?

‘प्रारम्भिक तहदेखि ४ सम्मको तहमा दुई सय ८६ वटा विषयका सीप प्रमाणिकरण सिटिइभिटीले गर्छ ।

जसमा कृषि, इन्जिनियर (ग्रील, पलम्बर, हाउस वायरिङ, पेन्टिङ इत्यादी) स्वास्थ्य, होटल, ब्युटिसियन, सिलाई लगायतको सीप सिकाइन्छ ।

‘जुनसुकै व्यक्तिले आफूले चाहेअनुसारको तहसम्मको तालिम लिनसक्छ’ उनले भने ‘कुनै पनि व्यक्ति सीप प्राप्त छ भने उसको सीपको आधारमा जुन तहसम्मको परिक्षा दिन योग्य छ सोही तहको परिक्षा दिन लगाइन्छ ।’

यसको लागि सिटिइभिटीले वर्षमा दुईपटक विज्ञापन निकाल्छ भने तालिम दिने सम्बन्धित संस्थाहरुले तालिमलगत्तै परीक्षण गराउँछ ।

कुन आवमा कतिले गरे परिक्षण ?

आर्थिक वर्ष २०७३/७४ मा मात्रै ३१ हजार ८ सय ४१ जना व्यक्तिले परिक्षण गराएका थिए । जसमा २४ हजार ६७ जना (७१ प्रतिशत) उर्तिण भएका थिए ।

यसैगरी, २०७४/७५ आवमा भने ३५ हजार व्यक्तिको टार्गेट गरिएको सचिव वाग्लेको दाबी छ ।

उनी भन्छन्, ‘देशभरिमा ब्युटिसियनसम्बन्धित ६५० वटा संस्थाले तालिम सञ्चालनको लागि सिटिइभिटिको सम्बन्धन स्वीकृत लिएका छन् । जसले तालिम प्रदान गरिसकेपछि सीप परीक्षण पनि अनिवार्य गरेका छन् ।’

नेपालमा औपचारिक तथा अनौपचारिक सीपको प्रमाणीकरण गर्ने एक मात्रै संस्था सिटिइभिटी रहेको छ ।

सिटिइभिटीले वर्षमा ३५ हजार व्यक्तिको ‘परिक्षण टेस्ट’ गर्दै आएको छ । सचिव वाग्लेका अनुसार आजसम्म सीप परीक्षणमा सहभागी हुने ३ लाख ८३ हजार ४ सय ६९ जना भइसेकेका छन् । 

औपचारिक/अनौपचारिक सीप भएका सो संख्याका व्यक्तिहरुले सीप परीक्षणका लागि आवेदन दिएका हुन् ।त्यसमध्येमा दुई लाख ७४ हजार ४ सय जना (७१ प्रतिशत) कामदार दक्ष जनशक्तिका रुपमा उत्तिर्ण भएका छन् 

यो मात्रै प्रयाप्त नभएको भन्दै आम गुनासो बढिरहेको अवस्थामा विश्वव्यापी रुपमा मान्यता प्राप्त Recognition of Prior Learning (RPLप्रणाली नेपालमा पनि प्रयोगमा लेराए बेरजगारको संख्या न्यून हुँदै जाने विश्वास लिइएको छ ।

हाल यो प्रणाली विश्वस्तरमा प्रयोगमा लेराइएको छ भने युवाहरुलाई रोजगारमुखी बनाउनुका साथैै रेमिट्यान्स समेत अधिक मात्रामा भित्राउने गरिएको छ ।

गत महिना मात्रै फिलिपिन्सको मनिलामा कोलम्बो कलेजद्वारा आयोजित (RPL) तालिममा आल्मुनियम एसोसियसन (अल्फान)का अध्यक्ष तेज राईसहितको टोलि पुगेका थिए ।

अध्यक्ष राईकाअनुसार (RPL) प्रणालीले हातमा सीप भएका तर सीप पहिचान नभएका व्यक्तिको सीप परीक्षण गरी सो आधारमा प्रमाणीकरण गर्दछ ।

फिलिपिन्समा यस प्रणालीले उदाहरणीय भूमिका खेलेको अध्यक्ष राईले बताए । सोहीकारण बेरोजगार समेत न्यून रहेको फिलिपिन्समा नेपालको भन्दा ३ गुणा बढी रेमिट्यान्स भित्राउने गरिएको छ ।

सो प्रणाली नेपालमा पनि उपयोग गर्नसके बेरोजगार कम हुनुका साथै हालको भन्दा बढी रेमिट्यान्स भित्राउन सकिने उनको अनुभव छ ।

यसले गर्दा युवाहरुले सहजै रोजगार प्राप्त गर्नुका साथै राम्रो पारिश्रमीक पाउने अध्यक्ष राईले बताए ।

...

आइतबार २० फागुन २०७४ 

प्रतिक्रिया

Related