रसुवागढी बन्दरगाह दुई वर्षमै सक्ने चिनियाँ पक्षको लक्ष्य, डिजाइन तयार

बन्दरगाह निर्माणमा १५० देखि १८० करोड रुपियाँ लाग्ने अनुमान,सम्पन्न भएपछि चीनसँग व्यापार सहज हुने विश्वास
निर्माण सञ्चार, काठमाडौँ | रसुवागढीमा सुख्खा बन्दरगाह निर्माणको प्रक्रियाको थालनी भएको छ ।

उत्तरी छिमेकी चीनसँगको व्यापारिक नाका रसुवागढीको टिमुरेमा निर्माण हुन लागेको बन्दरगाहको डिजाइन पनि तयार भइसकेको छ ।

चीन सरकारले करिब तीन महिनाभित्रै बन्दरगाहको निर्माण थालनी गर्ने भएको हो ।

स्रोतका अनुसार रसुवागढी नाकाको नेपालको इन्टरमोडल यातायात विकास समिति र चीन सरकारले उक्त ड्राइपोर्टको डिजाइन स्वीकृत गर्दै काम तीव्र रुपमा अघि बढाउने गरी सम्झौता गरेका छन् ।

चिनियाँ पक्षले दुई वर्षभित्रै बन्दरगाहको निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य लिएको छ ।

इन्टरमोडलअनुसार यस बन्दरगाह निर्माण गर्न १५० देखि १८० करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । ८ हेक्टर क्षेत्रफलमा फैलिने सुख्खा बन्दरगाहमा पाँच तले प्रशासनिक भवन रहने छ ।

यसका साथै सो भवनमा अध्यागमन विभाग, बैंक, भन्सार लगायत सबै निकायहरु रहने चिनियाँ परामर्शदाताको डिजाईनले देखाइएको छ ।

डिजाइनअनुसार बन्दरगाहमा ३ सय ५० वटा गाडी अटाउने पार्किङ स्थल, ७५० वर्ग्मिटर क्षेत्रफलमा फैलिएको गोदाम, मालसामान चेक जाँच गर्ने टर्मिनल, चेकपोस्ट, पानी, विद्युतका लागि आवश्यक पुर्वाधार लयायत आवश्यक पर्ने सम्पुर्ण पुर्वाधारहरु निर्माण हुनेछन् ।

सरकारले उक्त ड्राइपोर्ट बनेसँगै रसुवागढी नाका हुँदै चीनसँग हुने व्यापार सहज हुने विश्वास लिएको छ ।

सुख्खा बन्दरगाहका लागि स्थानीय वासिन्दाको ५८ रोपनी जग्गा अधिग्रहण गरिएको इन्टरमोडल यातायात विकास समितिका महाप्रवन्धक हेमेन्द्र शाहीले बताए ।

साथै सरकारी स्वामित्वमा रहेको १०९ रोपनी जग्गा पनि बन्दरगाह क्षेत्रमै समेटिएको छ । यता लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर जमिन समेत बन्दरगाहले ओगट्नेछ ।

भूकम्पपछि बन्द भएको तातोपानी नाका हालसम्म सुचारु हुन सकेको छैन ।

रसुवागढी नाकालाई नेपालबाट जोडिने नाका मध्ये उच्च प्राथमिकतामा राखेको चीनले रसुवागढी सुख्खा बन्दरगाह चाँडो बनाउने अपेक्षा आम मानिसमा परिसकेको छ ।

रसुवागढी नाकाबाट केरुङसम्मको दुरी करिव २६ किमी रहेको छ ।

टिमुरेमा बन्न लागेको बन्दरगाह र रसुवागढी नाकाको दुरी करिव २ किमी रहेको छ । यसैगरी, चीनको प्रसिद्ध शहर सिगात्सेदेखि केरुङसम्को दुरी भने साढे चार सय किमी रहेको छ ।

हाल चीनले सुख्खा बन्दरगाहको लागतदेखि प्राविधिक काम गरिरहेको छ ।

पढौँ यो पनि

रसुवागढी सुख्खा बन्दरगाहको डिजाइन लिएर तात्यो चिनः नेपाललाई दबाब

...

सोमबार २१, फागुन ०७४ 

प्रतिक्रिया

Related