यस्तो छ फोहोरबाट मोहोर कमाउने काइदा

पाँच सय मेट्रिक टनबाट ४३ मेगावाट बिजुली
निर्माण सञ्चार, काठमाडौँ । जल विद्युतको विकल्पमा नवीकरणीय ऊर्जा, वायोग्यास, हावाबाट बिजुली निकालेर ऊर्जाको आपूर्ति गर्ने योजना अघि सरिरहेका छन् ।  फोहोरबाट बिजुली निकाल्ने वैकल्पिक ऊर्जाकाे रुपमा बहस चल्दै आइरहेको छ । 

यसरी निकाल्न सकिन्छ फोहोरबाट बिजुली

फोहोरबाट बिजुली २ तरिकाबाट निकाल्न सकिन्छ । एउटा फोहोरलाई बाली ताप उत्पादन गरेर विद्युत शक्तिमा रुपान्तरण गरिन्छ भने अर्को चाहिँ फोहोरलाई कुहाएर ग्यास निकाली विद्युत शक्तिमा रुपमान्तरण गरिन्छ ।

फोहोर बालेर बिजुली बनाउने तरिका

पहिलो विधिः फोहोरलाई बालेर त्यसलाई इन्सिनिरेसन (फोहोर बालेर पानी तताउने र पानीबाट निस्कने वाफको माध्यामबाट टरवाइन घुमाउने) प्रक्रियाबाट शक्ति उत्पन्न हुन्छ त्यस शक्तिलाई विद्युत शक्तिमा रुपान्तरण गरिन्छ ।

ठूलो आगो बाल्ने ठाउँ हुन्छ त्यसमा फोहोर राखेर आगो बालिन्छ । बलेको आगोको तापमा पानी तताइन्छ । पानी तताएपछि वाफ उत्पन्न हुन्छ उक्त वाफको चापले टरवाइन घुमाइदिन्छ । टरवाइन घुमेपछि शक्ति उत्पन्न हुन्छ ।

उत्पन्न भएको शक्तिलाई विद्युत् शक्तिमा रुपान्तरण गरी राष्ट्रिय प्रसारण लाइनमा जोडेर वितरण गरिन्छ । यो प्रक्रियाबाट लगभग ५०० मेट्रिक टन फोहोरलाई बालेर ४३ मेघावाट बिजुली निकाल्न सकिन्छ ।

फोहोरलाई कुहाएर बिजुली बनाउने तरिका

दोस्रो विधिः यो विधिमा कुहिने प्रकृतिको फोहोरलाई कुहाएर ग्यास निकालिन्छ र उक्त ग्यासबाट बत्ती बाल्न सकिन्छ । यस विधिमा फोहोरलाई कुहाइन्छ कुहाएको फोहोरबाट मिथेन ग्यास निस्किन्छ । मिथेन ग्यासलाई बाल्दा पनि भयो, सिलिन्डरमा हाल्दा पनि भयो ।

ग्यासलाई विद्युत शक्तिमा रुपान्तरण गरी बत्ती बाल्ने काम पनि गर्न सकिन्छ । यसलाई ध्यानमा राख्ने हो भने काठमाडौँमा दैनिक १००० मेट्रिक टन फाहोर जम्मा भइरहेको हुन्छ ।

अर्गानिकको मात्राका आधारमा ग्यास उत्पादन हुन्छ । बढी आर्गानिक फाहोर भयोभने धेरै वायुग्यास निस्किन्छ भने कम आर्गानिक फोहोर भयो भने कम वायुग्यास निस्किन्छ ।

 

लगानी बोर्डबाट आशिष गजुरेलको सहायतामा

...

सोमबार २१, फागुन ०७४

प्रतिक्रिया

Related