बाराको कोल्हभीमा तीन दिने माछा महोत्सवः दैनिक १५ लाख कारोबारको लक्ष्य

बार्षिक ३ अर्वको आयतित माछालाई विस्थापित गर्दै मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्य
निर्माण सञ्चार, बारा | बाराको कोल्हभीमा हुन लागेको तीन दिने मत्स्य महोत्सवको तयारी पूरा भएको आयोजकले बताएको छ ।

सोमबार बाराको कोल्हभीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिले फागुन २५,२६ र २७ गते हुने महोत्सवको सम्पुर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

मत्स्य व्यवसायी संघका जिल्ला अध्यक्ष जंगबहादुर साहका अनुसार नेपाली माछाको उत्पादकत्वमा वृद्धि गर्न महोत्सव आयोजना गर्न लागिएको छ ।

वार्षिक करिब ३ अर्वको आयतित माछालाई विस्थापित गर्दै माछामा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्यकासाथ महोत्सव गर्न लागेको बताइएको छ ।

नेपाल मत्स्य व्यवसायी संघ बाराको आयोजना र कोल्हभी नगरपालिका, करैयामाई गाउपालिका, वजार व्यवस्थापन प्रवन्धन केन्द्र हरिहर भवन र प्रधानमन्त्री कृषि आधुनिकिकरण बसुन्धारा काठमाडौँको सहयोगमा तीन दिनसम्म चल्ने महोत्सवमा ५५ वटा स्टलहरु राखिने महोत्सव तयारी समितीका संयोजक बिरेन्द्र चौधरीले जानकारी दिए ।

आठवटा प्रजातिका माछाहरु रोहु, कमन, ग्रास, सिल्भर, बिग्रेट, इजराईल, कतले र टिलपियाको चारबटा प्रकार बनाउने संघका सचिव रबिन्द्र चोधरीले बताए ।

झोलवाल, फ्राई, ठाउको सुप र ममजस्ता परिकार पनि महोत्सवमा बन्ने छन् । ती आठ प्रजातिका माछाको चारवटा परिकार बनाउने संघका सचिव रबिन्द्र चौधरीले जानकारी दिए ।

महोत्सव उदघाटनको पुर्वसन्धयामा शोभायात्रा निकाल्ने कार्यक्रम रहेको छ ।

माछा मार्ने पुरातन परम्पराको औजारहरु प्रदर्शनीमा राख्नुको साथै मनोञ्जनको ब्यवस्था समेत गरिएको आयोजकले बताएको छ । करिब १२ लाखको लागतमा हुने सो महोत्सवमा प्रत्येक दिन १५ लाख बराबरको कारोवार हुने आयोजकको लक्ष्य रहेको नेपाल मत्स्य ब्यवसायी संघका जिल्ला अध्यक्ष जंगबहादुर साहले जानकारी दिए ।

सरसफाई खानेपानीको व्यवस्था समेतको प्रवन्ध मिलाईसकेको तयारी समितीका संयोजक रामनाथ चौधरीले बताए । माछा महोत्सवले माछा व्यापारीलाई टेवा पुग्ने आयोजकको विश्वास छ ।

महोत्सवको करिब १० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ ।

बाराबाट राजु साह कानुको रिपोर्ट

...

मंगलबार, २२ फागुन २०७४ 

प्रतिक्रिया

Related