तत्काल दरबन्दी अनुसारका चिकित्सक खटाउन सासंद यादवको माग

गुणस्तरीय स्वास्थ्य सेवा नहुँदा बाराली जनतालाई समस्या, गम्भीर हुन स्वास्थ्यमन्त्रीसँग अनुरोध
निर्माण सञ्चार, बारा | कलैया अस्पतालमा चुस्तदुरुस्त सेवा उपलब्ध गराउनका लागि दरबन्दी अनुसारका चिकित्सक खटाउन बारा क्षेत्र नम्बर ३ का सासंद रामबाबु यादवले माग गरेका छन् ।

स्वास्थ मन्त्रालयमा सोमबार पुगेका यादवले स्वास्थ्य मन्त्रालयका सचिव डा. पुष्पा चौधरीसँग भेटघाट गर्दै कलैया अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक खटाउन माग गरेका हुन् ।

उनले दरबन्दी अनुसारका चिकित्सकहरु नहुँदा कलैया अस्पतालको अवस्था दैयनिय रहेको भन्दै चाडै दरबन्दी अनुसारका कर्मचारी पठाउन आग्रह गरे ।

कमलेश मण्डलेका अनुसार कलैया अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा नहुँदा बाराली जनतालाई समस्या भइरहेको बताउँदै सांसद यादवले यस विषयमा गम्भिर हुन अनुरोध गरेका छन् ।

स्वास्थ्य मन्त्रालय सचिव डा. पुष्पा चौधरीले भने सक्दो चाडै दरबन्दी अनुसारका कर्मचारी पठाउन पहल गर्ने आश्वासन दिएकि छन् ।

बाराबाट राजु साह कानु

...

मंगलबार, २२ फागुन २०७४ 

प्रतिक्रिया

Related