प्रदेश नम्बर १ को विकास यात्रा, कस्ता छन् एक सय दिनका लागि शेरधन राईका विकासे खाका ?

निर्माण सञ्चार, प्रदेश नम्बर–१ । ७ वटै प्रदेशहरु भावी प्रदेश कसरी अघि बढाउने भन्ने तयारीमा जुटिरहेका बेला सबैलाई उछिन्दै प्रदेश नम्बर–१ ले एक सय दिने कार्यक्रम घोषणा गरेको छ ।

प्रदेश सरकारले एक सय दिनका लागि कार्यक्रम घोषणा गरेपछि मुख्य मन्त्री शेरधन राई चर्चाको केन्द्रमा रहेका छन् ।

जसरी कर्णाली प्रदेशले आफ्नो प्रदेशको नाम तथा राजधानी परिवर्तन गर्नमा आफूलाई एक कदम अगाडि रहेको सन्देश दिन सफल भएको थियो, त्यस्तै प्रदेशको कार्यक्रम दिनमा प्रदेश नम्बर–१ ले आफूलाई एक नम्बरमै दर्ज गर्न सफल भएको सन्देश दिएको छ ।

कस्ता छन् त कार्यक्रम र प्राथमिकता ?

संघीयता लागू गर्ने चरणमा अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग सहितले तय गर्ने भावी नीति तथा कार्यक्रमले मार्ग निर्देश गर्ने गरी प्रदेश नम्बर एकले पनि कार्यक्रम तय गरेको मुख्य मन्त्री राईले बताए ।

राईले प्रदेश विकासका लागि लामो समयदेखि गुरुयोजना तर्जुमा भइरहेको तथा आफ्नो प्रदेशको मौलिक अवस्था, माग र स्रोतका आधारमा आकासे योजना भन्दा पनि आधारभूत कार्यक्रम तयार गरेको दाबी गरेका छन् ।

मंगलबार प्रदेश १ को प्रदेश सरकारले सुशासन र समृद्धि: हाम्रो प्रतिबद्धता, कृषिमा व्यवसायिकता: आजको आवश्यकता, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधारस् स्वस्थ जीवन र सामाजिक परिवर्तनको आधार, लगानीमैत्री वातावरण: पूर्वाधारको विकास करमा सहभागिता: विकासमा साझेदारीतालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखी योजना सार्वजनिक गरेको हो ।

विस्तृत हेरौं, प्रदेश नम्बर–१ को यस्ता छन् कार्यक्रम

 

 

...

मंगलबार, २२ फागुन ०७४

 

प्रतिक्रिया

Related