सरकारकै लापरबाहीले रोकियो बाहिरी चक्रपथको निर्माण, लागत बढ्ने निश्चित

मन्त्रीपरिषद्ले स्वीकृत नदिँदा चक्रपथ निर्माण अलपत्र
निर्माण सञ्चार, काठमाडौँ । काठमाडौँको अस्तव्यस्त अवस्थामा रहेको बस्तीलाई आधुनिकीकरण तथा व्यवस्थित गर्ने उद्देश्यअनुसार सुरु भएको चक्रपथको निर्माण कार्य अहिले रोकिएको छ । सरकारको बेवास्थाकै कारण बाहिरी चक्रपथ निर्माण रोकिएको स्थानीयको गुनासो छ ।

चक्रपथ क्षेत्रका एक स्थानीयले भने, ‘चुनावका समयमा यही चक्रपथ विस्तारका मुद्दा बनाएर चुनाव जिते पछि चुनाव जित्ने प्रतिनिधिले नै वास्ता गर्न छाडे ।’

चक्रपथ पहिलो खण्डको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सहरी विकास मन्त्रालयबाट स्वीकृत भए पनि बाँकी काम अघि बढ्न सकेको छैन् ।

स्वीकृत डिपिआर र जग्गा रोक्काको सूचना राजपत्रमा प्रकाशित गर्न अनुमतिका लागि मन्त्रिपरिषद पठाइएपनि मन्त्रीपरिषद्ले स्वीकृत नगर्दा चक्रपथ निर्माण अलत्रप परेको आयोजना प्रमुख दीपक श्रेष्ठले बताए ।

राजपत्रमा सूचना प्रकाशित भएपछि कानुनसरह लागु हुने र यसैको आधारमा जग्गा रोक्का गर्ने श्रेष्ठले बताए । ल्याण्ड पुलिङ अवधारणा अन्र्तगत आयोजनाले चोभार–संतुगल खण्डमा १४ हजार जग्गाधनीका ८ हजार रोपनी जग्गा रोक्का गर्दैछ ।

पहिलो खण्ड चोभार, भत्केको पाटी, मच्छेगाउँ, सतुंगल, गुर्जुधारा, धवलागिरी आवास गरी ६ वटा ब्लकमा विभाजन गरिएको छ ।

नमुना आयोजनाका रूपमा कार्यान्वयन प्रक्रिया थालिएको बाहिरी चक्रपथ खण्ड निर्माण गर्न ६ अर्ब ३० करोड रुपियाँ लागत अनुमान गरिएको छ । 

२०६५ सालमा यस खण्डको लागत २ अर्ब ९ करोड रुपियाँ अनुमान गरिएको थियो ।

...

बुधबार २३ फागुन ०७४

प्रतिक्रिया

Related