फागुनसम्म पनि सुरु गर्न नसक्ने आयोजनाहरुले ‘आत्मसमपर्ण’ गर्नपर्छः अर्थमन्त्री खतिवडा

फागुनसम्म काम थाल्न नसकेका आयोजनाका लागि छुट्याएको रकम अन्य प्रगति भइरहेका आयेजनालाई दिने
निर्माण सञ्चार, काठमाडौँ | अर्थमन्त्री डा युवराज खतिवडाले फागुनसम्म पनि प्रक्रिया सुरु गर्न नसक्ने आयोजनाहरुले ‘आत्मसमपर्ण’ गर्नुपर्ने बताएका छन् ।

चालू आर्थिक वर्षको मध्यावधि समीक्षा गर्दै अर्थमन्त्री डा. खतिवडाले सरकारले फागुनसम्म सुरु नगर्ने आयोजनालाई ‘सरेन्डर’ गर्नुपर्ने बताएका हुन् ।

खतिवडाले यस वर्ष असारमै बजेट आएर पनि विकासे बजेट खर्च हुन नसकेको भन्दै फागुनसम्म काम थाल्न नसकेका आयोजनाका लागि छुट्याएको रकम अन्य प्रगति भइरहेका आयेजनालाई दिने बताए ।

सरकारले मंगलबारसम्म २३ प्रीतशत मात्रै विकासे खर्च गर्न सकेको छ । बजेट सबै खर्च नहुने अवस्था आएपछि सरकारले १ खर्ब ७९ अर्ब रुपियाँ बजेट घटाएको हो ।

आर्थिक वर्षको अन्त्यमा वर्षा लागेपछि आयोजनाको थालनी गरेर बजेट सक्ने प्रवृत्तिलाई नियन्त्रण गर्न उनले कडा नीति ल्याएका छन् ।

अर्थमन्त्रि डा खतिवडाले नयाँ आयोजनालाई थप निकासा नदिने घोषणा समेत गरेका छन् ।

विभिन्न मन्त्रालयहरु हाल विभिन्न नयाँ आयोजनाका लागि बजेट माग गर्दै अर्थ मन्त्रालय धाइरहेका छन् ।

...

बुधबार, २३ फागुन २०७४ 

प्रतिक्रिया

Related