विश्वकै पहिलो अर्बपति एमाजोनका बेजोस !

चार वर्षदेखि शीर्ष स्थानमा रहेका बिल गेट्स परे पछाडि
निर्माण सञ्चार, काठमाडौँ | विश्वचर्चित पत्रिका फोर्ब्सको ‘विश्वका खर्बपतिहरुको सूची २०१८’ मा यस पटक अनलाइन कम्पनी एमाजोनका संस्थापक संस्थापक जेफ बेजोस शीर्ष स्थानमा उक्लिन सफल भएका छन् ।

उनको सम्पत्ति ११२ अर्ब डलर अर्थात करिब १०.२ लाख करोड रुपियाँ पुगेको छ । बेजोस पहिलो पटक विश्वकै धनीको सूचीमा पहिलो नम्बरमा उक्लिएका हुन् ।

उनी १०० अर्ब डलर भन्दा धेरै सम्पत्ति राख्ने विश्वकै पहिलो अर्बपति समेत भएका छन् । फोर्ब्सको इतिहासमा यो सबैभन्दा ठूलो कमाई हो ।

लगातार चार वर्षदेखि शीर्ष स्थानमा रहेका माइक्रोसफ्टका संस्थापक बिल गेट्स ९० अर्ब डलर सम्पत्तिका साथ दोस्रो स्थानमा झरेका छन् ।

गत वर्ष गेट्सको सम्पत्ति ८६ अर्ब डलर रहेको थियो ।

धनीहरुको सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने २२२ स्थान तल खस्किएका छन् ।

फोर्ब्सका अनुसार ट्रम्पको कूल सम्पत्ति ३.५ अर्ब डलरबाट ३.१ अर्ब डलरमा झरेपछि उनी धनीहरुको सूचीमा पछि परेका हुन् ।

न्युयोर्कमा रहेको उनको सम्पत्तिको मूल्यमा आएको कमी र गल्फ कोर्सको आम्दानीमा आएको कमीका कारण उनको स्थान खस्किएको उल्लेख गरिएको छ ।

शीर्ष १० मा कोही पनि महिला पर्न सकेनन् ।

कोको हुन् शीर्ष १० धनीहरु ?

१. जेफ बेजोस, एमाजोन – ११२ अर्ब डलर

२. बिल गेट्स, माइक्रोसफ्ट – ९० अर्ब डलर

३. वारेन बफेट, बर्कसायर हाथावे – ८४ अर्ब डलर

४. बर्नार्ड आर्नल्ट एण्ड फ्यामिली, एलएमभीएच – ७२ अर्ब डलर

५. मार्क जुकरबर्ग, फेसबुक – ७१ अर्ब डलर

६. अर्मा्न्सियो ओर्टेगा, जारा – ७० अर्ब डलर

७. कार्लोस सिल्म हेलु एण्ड फ्यामिली – ६७.१ अर्ब डलर

८. चाल्र्स कोच, कोच इन्डस्ट्रिज – ६० अर्ब डलर

९. डेभिड कोच, कोच इन्डस्ट्रिज – ६० अर्ब डलर

१०. ल्यारी एलिसन, ओराकल – ५८.५ अर्ब डलर

...

बुधबार, २३ फागुन २०७४

प्रतिक्रिया

Related