घट्यो आर्थिक वृद्धिदरको लक्ष्य, १ खर्ब ७९ अर्ब खर्च गर्न नसक्ने भो सरकारले !

घट्यो बजेटको आकार, आर्थिक वृद्धिदर ६ प्रतिशतमा झारियो, किन खर्च गर्नै नसक्ने भयो सरकार ?
निर्माण सञ्चार, काठमाडौं । चालू आर्थिक वर्षको वृद्धिदर लक्ष्यको संशोधन गर्दै सरकारले ६ प्रतिशत रहने जनाएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले अर्थमन्त्रालयमा बुधबार मध्यावधि समीक्षा गर्दै आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशतमा झारिएको जानकारी दिएका हुन् ।

यस अघि चालु आर्थिक वर्षको बजेटमा आर्थिक वृद्धिदरको लक्ष्य ७.२ प्रतिशत रहने अनुमान थियो । तर, समीक्षा पछि सरकारले सो लक्ष्यमा संशोधन गरेको हो ।

कस्तो छ बजेट र खर्च अनुपात ?

समीक्षाले चालु वर्षको अन्त्यसम्म जम्मा १० खर्व ८२ अर्ब ९९ करोड खर्चको अनुमान गरेको छ ।

कुल खर्चमध्ये चालु तर्फ ७ खर्व ३८ अर्व ९४ करोड, पुँजीगततर्फ २ खर्व ३४ अर्व ६२ करोड र वित्तीय व्यवस्थापनतर्फ १ खर्व ९ अर्व ४२ करोड खर्च हुने अनुमान गरेको छ ।

यो कुल बजेटको क्रमश ९१.९६ प्रतिशत, ७० प्रतिशत र ७८ प्रतिशत हो ।

यस्तै नेपाल सरको स्रोत तर्फ ९९ प्रतिश अर्थात ९ खर्व ८२ अर्व ८६ करोड ३० लाख ८० हजार खर्च हुने अनुमान अर्थमन्त्रालयले गरेको हो ।

पढौं यो पनि  

अर्धवार्षिक समीक्षाले वैदेशिक अनुदानतर्फ ३४.९४ प्रतिशत अर्थात २५ अर्व २१ करोड २६ लाख १८ हजार र वैदेशिक ऋणतर्फ ३५ प्रतिशत अर्थात ७४ अर्व ९१ करोड २४ लाख खर्च हुने अनुमान अघि सारको छ ।

मन्त्रालयले वैदेशिक सहायताको रकम ज्यादै कम खर्च हुने उल्लेख गरेको छ । सहायता अन्तर्गत करिब ३५ प्रतिशत मात्र खर्च भएको अवस्था छ ।

किन खर्च गर्न नसक्ने भयो सरकार ?

अर्थशास्त्रले सामान्यतया सरकारको खल्तीबाट खर्च भएमात्र जनताको खल्ती भरिने सैद्धान्तिक मान्यता राख्ने गरेको छ ।

यदि सरकारले खर्च गर्न सक्ने ल्याकत घटाउँछ भने त्यो देशको कूल बजेटले लक्ष्य हासिल गर्न सक्तैन । न विकास हुन्छ, न जनता समृद्ध ।

मध्यामधि समीक्षा गर्दै सररकाले १ खर्ब ७९ अर्ब खर्च गर्न नसक्ने बताएको छ ।

बुधबारकै समीक्षामा चालु आवमा १२ खर्ब ७८ अर्ब रुपियाँको बजेट ल्याएको सरकारले एक खर्ब ७९ अर्ब रुपियाँ खर्च गर्न नसक्ने भएको आफ्नो अवस्था सार्वजनिक गरेको हो ।

अर्थमन्त्री डा खतिवडाले चालु आवमा ८४.६७ प्रतिशत बजेट मात्र खर्च गर्न सक्ने बताए । चालू आवको बजेट नै खर्च गर्न नसक्ने भएकै कारण सरकारले बजेटको आकार घटाएको छ ।

अब बजेट १० खर्ब ९९ अर्ब हुने भएको छ ।

कति भयो खर्च ?

चालु आवमा पुँजीगत खर्च ७० प्रतिशत, चालु खर्च ९२ प्रतिशत र वित्तीय खर्च ७८ प्रतिशत मात्र खर्च हुने संशोधित अनुमान अर्थले प्रक्षेपण गरेको छ ।

 

 

...

बुधबार, २३ फागुन, ०७४

 

प्रतिक्रिया

Related