बुटवल–नारायणगढ सडक खण्डमा भारतीय कम्पनीको ‘ठगी’, थाहा पाएपछि एडिबीको एक्सन

पुनः टेन्डर गरी अघि बढ्न विभागलार्इ पत्राचार
निर्माण सञ्चार, काठमाडौँ । बुटवल–नारायणगढ सडकखण्डको निर्माण कार्यमा भारतीय कम्पनीले ‘ठगी’ गरेको कुरा बाहिर आएपछि एडिबी उक्त कम्पनीसँग ‘एक्सन’ लिएको छ ।

बुटवल–नारायणगढ सडकखण्डको निर्माण जिम्मा लिएको भारतीय कम्पनी जेपी इन्फ्राको भागिनी कम्पनी जय प्रकाश एसोसियट्स अयोग्य रहेको भन्दै सबै प्रक्रिया रद्द गरी पुनःटेन्डर प्रक्रिया अगाडि बढाउन सडक विभागलाई पत्राचार गरेको छ ।

एडीबीले जेपी एसोसियट्सका बारेमा नराम्रो समाचार सुनेपछि यस कम्पनीको बारेमा स्पष्ट पार्न सडक विभागलाई पत्राचार गरेको थियो । तर, भगिनीले अहिलेसम्म गरेका सबै प्रक्रियालाई रद्द गरेर नयाँ प्रक्रिया थाल्नु भन्दै पत्र पठाएको सडक विभागको एसियन बिकास बैंक आयोजना निर्देशनालयका इन्जिनियर सरोज कुमार प्रधान बताए ।

एडीबीको यस्तो पत्र आएपछि सडक विभागले पुनः टेन्डर गर्ने प्रक्रिया अगाडि बढाएको छ । रि टेन्डरको लागि पनि एडिबीबाट स्वीकृति लिएर प्रक्रिया अगाडि बढाएको प्रधानले बताए । दुई लेनमा भएको उक्त सडकखण्ड अब विभागले ४ लेनको बनाउन लागेका हो ।

जसका लागि विभागले एडीबीबाट ऋण सहयोग लिन लागेको छ । यसअघि विभागले यो सडकखण्ड चार लेनको बनाउन लागि झण्डै १६ अर्ब रुपियाँ खर्च हुने अनुमान गरेको थियो ।

जेपी इन्फ्रा कम्पनीका कारण देशका दुई ठूला आयोजनामा समस्यामा परेका छन् । यो आयोजना भारतीय बैंकको ऋण सहयोगमा बन्न लागेको आयोजना हो । तर भारतीय एक्जीम बैंकले नै आफ्नै देशको कम्पनीलाई स्वीकृति दिएको छैन । जसका कारण आयोजनाको काम अघि बढ्न सकेको छैन । 

फेरिँदै नारायणगढ–बुटवल सडकखण्ड

दुई लेनमा सञ्चलन भइरहेको यो सडकलाई चार लेनमा विस्तार गरिने छ । दुई लेनको बीचको भाग ३ मिटरको ‘ग्रीनरी’ का लागि खाली ठाउँ राखिने र उक्त ठाउँमा विरुवा रोपिने छ ।

यो सडकखण्डको छेउमा रहेका बस्तीका लागि यात्रु ओराल्ने चढाउनको लागि स्थान निर्माण गर्ने विभागको तयारी छ ।

२८ किलोमिटर सडकमा यस्तो सर्भिस लेन रहने र यो ७ मिटरको हुनेछ ।

...

शनिबार २६ फागुन २०७४

प्रतिक्रिया

Related