सन्दर्भ नारी दिवसः यी हुन् विश्वैकै १० शीर्ष अर्बपति महिला

निर्माण सञ्चार, काठमाडौँ | हरेक वर्ष मार्च ८ का दिन मनाइन्छ, नारी दिवस । आजका दिन विशेषगरी राष्ट्रिय/अन्तराष्ट्रियस्तरमा पुर्याएको योगदानसहित हरेक क्षेत्रमा सफलतका शिखर चुमेका महिलाहरुको चर्चा गर्ने गरिन्छ ।

सोही सन्दर्भमा विश्वकै अर्वपतिमा शिर्ष बन्न सफल १० महिलाबारे यहाँ प्रस्तुत गरिएको छ । यस वर्ष विश्वभरको अर्बपति हुने महिलाहरुको सङ्ख्या उल्लेख्य रुपमा बढेको छ ।

सन् २०१८ मा सबैभन्दा धेरै २५६ जना महिला अर्बपति सूचीमा अटाएका छन् । सूचीको शीर्षमा परेका उनीहरुको सम्पत्तिको कुल योग १० खर्ब अमेरीकी डलर रहेको छ ।

उक्त रकम गत वर्षभन्दा २०५ बढी हो ।

अधिकाशं महिलाले अंशमा सम्पत्ति पाएको भएपनि एक चौथाई अर्बपति महिलाले भने आफ्नै मिहेनतले सो स्थान बनाउन सफल भएका हुन् ।

यसैगरी, स्वनिर्मित अर्बपति महिलाहरुको सङ्ख्या गत वर्ष भन्दा १६ संख्या बढेर यो वर्ष ७२ पुगेको छ ।

 विश्वको सबैभन्दा धनी महिला वाल्टन

विश्वको सबैभन्दा धनी महिला एलिस वाल्टन बन्न सफल भएकि छन् ।

वाल्टेनको सम्पत्ति ३३.८ अर्ब डलरबाट बढेर ४६ अर्ब डलर भएको छ । वालमार्टका संस्थापक स्याम वालमार्टकी एकमात्र छोरी एलिस समग्र अर्बपतिको सूचीमा १६ औं स्थानमा रहन सफल महिला हुन् ।

बेटेनकोटको सेप्टेम्बर २०१७ मा ९४ बर्षको उमेरमा निधन भयो ।

उनकै सम्पत्ति पाएकी उनकी एकमात्र सन्तान फ्रान्स्वा बेट्टेनकोर्ट मेयेर्स भने दोश्रो स्थानमा पर्न सफल भएकि छिन् ।

अशंमा पाएको सम्पत्तिमा वृद्धि गरेपनि वाल्टनको सम्पत्तिमा भएको उल्लेख्य वृद्धीका कारण उनी दोश्रो धनी बन्न पुगिन् ।

२५ अर्ब अमेरी डलरकी मालिक सुस्यान क्लेट्टेन तेस्रो स्थानमा छिन् ।

उनको सम्पत्ति भनेको मुख्यत वीएमडब्लुमा रहेको उनका नाममा अंश आएको शेयर हो । त्यस्तै, धनी महिलाको शीर्ष १० मा रहेका ८ जनाले सम्पत्ति अशंमा पाएका हुन् ।

बाँकी दुई अष्ट्रेलियाकी गिना रिनेहार्टले फलाम प्रशोधनबाट सम्पत्ति आर्जन गरेकी हुन् भने अमेरीकी अविगायल जोनसनले परिवारबाटै पाएको सामान्य व्यवसायलाई आफ्नो नेतृत्वमा बृहद बनाएकी हुन् ।

आफ्नो प्रयासबाट अर्बपति हुन चाहने महिलाहरुको लागि अमेरीका र चीन दुई ठाँउ उपयुक्त देखिन्छ । स्वनिर्मित महिलाहरुको दुई तिहाई महिलाहरु यीनै दुई देशका रहेका छन् । ४२ महिलाहरु पहिलो पटक यो सूचीमा परेका हुन् ।

...

बिहिबार, २४ फागुन ०७४ 

प्रतिक्रिया

Related