सामाजिक सञ्जालमा– ‘समृद्धि’ बहसः अमेरिका बस्ने प्रोफेसरदेखि नेपाली अर्थशास्त्रीसम्मको यस्तो छ ‘वैतरणी’ उपाए !

समृद्धि अब आफ्नै हातमा छ सम्भव कसरी ? समृद्धिको जहाजः हाँक्ने कसले, पुग्ने हो कहाँ ? कतै पाइलट ‘नक्कली’ त छैनन् ?
निर्माण सञ्चार, काठमाडौँ युरोप, अमेरिका, जापान र मलेसिया जस्ता केही मुलुकले दशकौं अघि सुरु गरेको ‘समृद्धि’को बहस नेपाली अर्थशास्त्रीहरुले यतिबेला गर्न थालेका छन् ।

पहिले पहिले चिया पसल र गाउँका चौतारोमा हुने गरेका यस्ता ‘समृद्धि बहस’ अहिले सामाजिक सञ्जाल ‘फेसबुक’ र ट्विटरहरुमा प्रवेश गरेका छन् ।

सरकार बदलिएसँगै भएका बहसहरु मध्ये केही वास्तवमै ‘नमूना’ बहसका रुपमा देखिएका छन् । उद्यमी तथा अर्थविद् तेजबहादुर ढकालले गत माघ २९ गते आफ्नो फेसबुक वालमा उडाए एउटा समृद्धिको जहाज । जुन जहाजले धेरैलाई तान्यो समृद्धिको सयरमा ।

जुन पैरवीमा फरक फरक मत राख्दै ओर्लिए नेपाललाई माया गर्ने हिम्मतवाला अर्थविद्हरु ।

‘बिगपुस’ द्वारा फसेको अर्थतन्त्र उकास्ने विधिका प्रवक्ता तेज ढकालदेखि हार्वड विश्वविद्यालयका अर्थशास्त्री डा डिएनएस ढकालसम्म र ‘नेपाल खोज्दै’ गरेका डा गोविन्द कोइराला, संघीय अर्थप्रणाली वेत्ता डा खिमलाल भट्टराईदेखि नेपाली आकासमा कावा खाने पाइलटहरुसम्म उक्त समृद्धिको जहाजमा सयर गर्न पछि परेनन् । बलिया–बांगा तर्क राख्न पनि छाडेनन् सहभागीहरुले ।

झन्डै महिना दिनसम्म नै बहस तन्किरहेको छ । हुन त नेपाललाई ‘सिंगापुर’ बनाउनेदेखि ‘नेपालजस्तै’ बनाउनेसम्म बहस हुँदै नआएका होइनन् ।

गाउँका चिया पसलमा कृषकहरुले देख्ने सपनादेखि राष्ट्रिय योजना आयोगका ठेलीहरुमा थिचिएका अक्षर र अंकहरुसम्म नेपाल बनाउने बहसहरुकै पटाक्षेप हुन्, जो अक्सर हुने गरेकै छन् ।

बोलेकै नपत्याउने जस्ता नेतादेखि चुनावी अभियान र दलका घोषणापत्रहरुमा पनि ‘विकासे’ बहस कम भएनन् ।

झन्डै ३ दशक अघि प्राप्त बहुदलीय प्रजातान्त्रिक कालमा हुने यिनै बहसमा ‘जसको जोत उसकै पोत’ जस्ता बहस हाबी हुने गरेका थिए । तर, आज बहसको फेरो र चुरो पनि बदलिएको छ ।

तर, यो कोणबाट पनि प्रश्न उठाउने बेला आएको छ– दशकौंदेखिका बहसहरु संकलन गरेर समीक्षा गर्ने कसले ?

राष्ट्रिय योजना आयोगको ६ दशक लामो यात्राको समीक्षा गरेर २०१३ सालदेखि ०७४ पछिसम्मका पञ्चवर्षीय योजनामा यहाँ यहाँ योजनाकारहरु चिप्लिएकै हुन् भनेर सार्वजनिक रुपमा बोलेनन् हाम्रा अर्थशास्त्रीहरुले किन ?

वास्तवमा जनताले मौन रुपमा दशकौंदेखि सोधेको प्रश्न थियो यो । समयको कसीमा परीक्षा लिने हो भने नेपालका वुद्धिजीवीहरु पनि थला नै परेको पाइन्छ ।

परिणामको हिसाबले भन्ने हो भने ‘फेलियर’ बनेका छन् भन्दा अनुपयुक्त हुँदैन यस्ता ‘बुद्धिविलास’हरु ।

बौद्धिक हस्तक्षेप थियो भने नेपालले पनि उहिलै नै ‘भोल्तेयर’ र ‘रुसो’ जन्माइसकेको हुने थियो भन्ने बुद्धि नेपालका बुद्धिजीवीहरुमा अहिलेसम्म पनि घुसेको चाहिँ छैन !

०००

किन हुन सकेनन् विगतका अर्थमन्त्रालय र योजना आयोगका गल्ती कमजोरीमाथि सार्थक टिकाटिप्पणी ? किन भएन– हुँदै नभएका पुलका नाउँमा दशकौंसम्म पनि बजेट जाने गरी बन्ने गरेका रातो किताब माथि निर्मम प्रहार ?

किन अझै पनि हुन सकेका छैनन्– विकास बजेट जाने देशैभरका सडक, पुलदेखि गौरवका आयोजनामा सरकारी कर्मचारीदेखि ठेकेदाहरुसम्म, मन्त्रीदेखि प्रधानमन्त्रीका सचिवालयसम्मको ‘म्याच्फिक्सिङ’ र सिन्डिकेटमाथि अपरेसन ? किन हुन्छन् पूर्वाधार विकासमाथि यस्ता विधर्मी अपराधहरु ?

अनि कसरी होस् त देशको सुन्दर मुहार ? भत्के–कुच्चेको सडकमा कुच्चिएको मानसिकता प्रतिबिम्बित भएको हैन र हाम्रो राजधानीमा ?

व्यवस्था बदलिए तर अवस्था ज्यूँका त्यूँ । आमजनता यस्तै सोचिरहेका हुन्छन् ।

बुद्धि एकातिर, बुद्धिजीवी अर्काेतिर, विकास झन् अर्कैतिर मोडिएको मोहोडा अब खास दिशातिर हुन्छ कि भन्ने आश जगाउने बेला आएको जस्तो उक्त बहसमा सरिकहरुको तर्कले देखाएको छ ।

नेपालले गुणात्मक फड्को मार्नै सकेन कुनै पनि क्षेत्रमा किन ? शिक्षादेखि स्वास्थ्यसम्म यतिबेला ‘माफियाकरण’ सरह नै छन् ।

बैंकहरु ‘बाफियाकरण’ र सहकारीहरु युरोपीयन मिसनका धङधङी मात्रै ! अदालत अपांग सरह र बौद्धिक ब्रेन पनि कतिपय हकमा ‘बुख्याचा’ सरह नै देखिन पुगे भन्न नहिच्किच्याए हुन्छ एउटा निष्ठावान् आलोचक ।

सडकदेखि संसदसम्मै, पूर्वाधार विकासदेखि समग्र अर्थप्रणालीमै नेपाल टाक्सियो । ख्याउटियो कुपोषण लागेको बालक जसरी किन ?

ठिक आजको विन्दुमा उभिएर, विगत ३ दशकसम्मको अर्थतन्त्रको समग्र बाटो र गन्तव्यमाथि समीक्षा गर्ने हो भने, यति भन्दा अत्युक्ति नहोला कि, खुला बजार नीति बोकेको डा महत पन्थी नेपाली काँग्रेस लगभग त्यही आर्थिक प्रणाली थङथिलो बनेसँगै लगभग उठ्नै नसक्ने धरातलमा धसिन पुगेको छ ।

यस्तै बाटो हिँड्नेहरुको यस्तै गति हुन्छ है भन्ने गतिलो सन्देश पनि दिएको छ गणतन्त्र नेपालसम्मको यात्राले ।

०००

बहस प्रस्तावक ढकाल र ‘संघीयताको आर्थिक पाटो’

माघ २९ अर्थात् फेब्रुअरी १२ मा फेसबुक वालमा तेज ढकालले उडाए समृद्धिको जहाज । संघीयता लेखिएको नेपाल एअरलाइनको जहाज नीलाकाशमा कावा खाँदै उडेको तस्वीर देखिने वालमा लेखिएको छ–

‘संघीयताको जहाज उडिसकेको छ । यदि बीचैमा जहाजमा इन्धन सकिन लागे नजिकैको विमानस्थलमा अवतरण गरी इन्धन भरी गन्तव्य तर्फ पुनः उडान भर्नु जरुरी हुन्छ । संकटका बखत सावधानीपूर्वक दुर्घटनाबाट देश र जनतालाई बचाउनु जरुरी हुन्छ । सबै क्याप्टेनसाबहरुलाई चेतना भया !’

‘इन्डक्टिभ रिजनिङ’ शैलीमा पस्किएको यो तर्कको ‘प्रेमिसस’ (आधार तर्क)का पछाडि सतर्क, वितर्क, अवितर्क, समतर्कका रुपमा ‘लजिकल रिजनिङ’ चल्न थाले ।

पहिलो टिप्पणीकार देखिएका संघीय प्रणाली र आर्थिक व्यवस्थापन ‘एक्सपर्ट’ (विशेषज्ञ) डा खिमलाल देवकोटाले ‘समर्थन’ मात्रै गरे ।

समर्थनका ‘ओपनर’ मात्रै बने ।

त्यसलाई पच्छ्याए नवराज घिमिरेले । उनले यस्तो समृद्धिको बहसलाई संकेत गर्दै अंग्रेजीमा लेखे, ‘करमा मात्र केन्द्रित हुन हुँदैन । बरु ‘एसेम्बल्ड’ वाणिज्यलाई उत्पादनमूलक उद्योगले विस्थापन गर्नु उपयुक्त विकल्प हुन सक्ने’ सुझाए ।

समर्थन र विमर्थनका बीचमा बहस अघि बढ्दै जान्छ ।

आफ्नो फेसबुक भित्तीमा ‘नेपाल खोज्दै’ गरेका अमेरिकामा बसेर ‘इन्टेलिजन्ट’ बिक्री गरिरहेका अर्थविद् प्रोफेसर गोविन्द कोइराला यस बहसका अहं व्यक्तित्वका रुपमा देखा परेका छन् ।

उनले प्रतिवादात्मक तर्क राखे–

‘जहाज उड्न त उडी सक्यो । तर उड्न चाहिने जति तेल नै नभरीकन उडेको छ। त्यसैले गन्तव्यमा पुग्ने छाँट पनि छैन। कति पटक, बिच बिचमा रोक्दै, तेल भर्दै जाने हो ? अनि कहाँ र कसरी तेल पाइन्छ ? त्यसको अन्दाज पनि छैन । बिचरा क्याप्टेनहरुलाई ! सोझै गन्तव्यमा पुग्न सक्ने गरी तेल भरेर उडान गराउन पाए पो सजिलै गन्तव्यमा पुग्ने थियो, हैन र ?’

बहसमा पात्र थपिदै जान्छन् ।

अकासीय हावामा कावा खाने पाइलट विश्वम्भरमान अमात्य थपिए । समृद्धिको बहसको जहाज उडाउन पाइलटको उपस्थितिले सहजता पनि थप्यो !

बहस रोकिएन ।

बहसले पनि इन्धन सकिनै नपाई, रोक्ने आवश्यकतै नपरी उडिरहेको महसुस भयो । सिनियर पाइलट बिएम अमात्यले भने– अर्काे चरणमा पनि बिएम अमात्य इन्धन भर्न र जहाज चलाउन पछि परेनन् ।

अरु पेसेन्जर (क्रु मेन)हरु पनि के कम । पाइलटलाई उछिनौला कि जसरी बहसमा जोडिदै गए ।

बिग पुसका बहसकर्ता ढकाल

अक्सर ढकाल नेपाली अर्थतन्त्रलाई ‘बिग पुस’बाट मात्रै अगाडि हुत्याउन सकिने तर्क गर्दै आएका छन् विगत भूकम्प गएकै बेलादेखि ।

निर्माण सञ्चारका विभिन्न बहसमा उनको सहभागित जम्दै गयो ।

उनले अघिल्लो ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलदेखि, कृष्ण महरा र डा युवराज खतिवडालाई समेत यही मन्त्र सुनाइरहेका छन् ।

प्रदेश नम्बर–१ को गुरु योजना निर्माता टिमका एक सदस्य समेत रहेको ढकाल ‘समृद्धि अब आफ्नै हातमा’ भन्दै औंला औंलामा समृद्धिका ‘टुल्स’ गिनगिनाउँछन् ।

उनले बहसमा भने, ‘अहिले हाम्रो देशको अर्थतन्त्र गरिबी को फन्दामा फसेको छ । यसका लागि ‘फिस्कल स्टिमुलस’ र ‘किक स्टार्ट’ले मात्र पुग्दैन । ठुलै धक्का वा ‘बिग पुस’को जरूरत पर्दछ ।’

अर्थतन्त्रमा सामान्य सुधारले मात्रै सम्भव वास्तवमै छैन पनि ।

‘ट्विन डिफिसिट’ व्यहोरिरहेको नेपाली अर्थतन्त्रको अवस्था कस्तो छ भन्ने कुरा नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले गरेको अर्धवार्षिक समीक्षाले पनि देखाएकै छ ।

मध्यावधि समीक्षा पछि झन्डै २ खर्ब बजेट सरकारले खर्च गर्नै नसक्ने देखियो । चालू अवधिमा समीक्षा अवधिसम्म मात्र २३ प्रतिशत विकास बजेट खर्च भएको देखिन्छ ।

ताजा अपडेट अनुसारः समीक्षाले चालु वर्षको अन्त्यसम्म जम्मा १० खर्व ८२ अर्ब ९९ करोड खर्चको अनुमान गरेको छ ।

केटाकेटीहरूलाई बुढाबुढीहरूलाई जस्तो चिनी, रातो मासु र अन्डाको पहेलो नखाने भनी मुख बार्न लगाएमा उनीहरूको बृद्धि रोकिने डर हुन्छ । सुशासन र समृद्धि एउटै सिक्काका २ पाटा जस्तै भएकाले नियमनका नाममा कतै हाम्रो अर्थतन्त्र संकुचनमा नजाओस् । हाम्रो समृद्धिको यात्रामा ठेस नलागोस्

कुल खर्चमध्ये चालु तर्फ ७ खर्व ३८ अर्व ९४ करोड, पुँजीगततर्फ २ खर्व ३४ अर्व ६२ करोड र वित्तीय व्यवस्थापनतर्फ १ खर्व ९ अर्व ४२ करोड खर्च हुने अनुमान गरेको छ ।

यो कुल बजेटको क्रमश ९१.९६ प्रतिशत, ७० प्रतिशत र ७८ प्रतिशत हो ।

०००

ढकालले अर्थमन्त्रीमा डा खतिवडाको नियुक्ति लगत्तै शुभकामना समेत दिदै लेखे, ‘देश अब समृद्धिको दिशा तर्फ बढ्ने आशाको किरण पलाएको छ । नेपालको अर्थतन्त्र बृद्धिकै चरणमा भएकाले अर्थतन्त्रको बृद्धिको सिद्धान्त र विकास अर्थशास्त्रको सिद्धान्तलाई व्यवहारमा लागू गर्नु जरूरी छ ।’

उनी अझै अघि भन्छन्, ‘केटाकेटीहरूलाई बुढाबुढीहरूलाई जस्तो चिनी, रातो मासु र अन्डाको पहेलो नखाने भनी मुख बार्न लगाएमा उनीहरूको बृद्धि रोकिने डर हुन्छ । सुशासन र समृद्धि एउटै सिक्काका २ पाटा जस्तै भएकाले नियमनका नाममा कतै हाम्रो अर्थतन्त्र संकुचनमा नजाओस् । हाम्रो समृद्धिको यात्रामा ठेस नलागोस् ।’

उनले यसरी सुझाव दिदै गर्दा सम्भावित खतरा पनि देखाउन पछि परेनन्, जसरी बहसमा सहभागी क्याप्टेन साहेबद्वय, डिएनएस ढकाल र प्रो कोइरालाहरु देखा पर्छन् ।

दधिराम निरौलाले जहाज उडेको जवाफमा लेख्छन्– 

जहाज त उड्यो भाई अब यस्ले सफल अवतरण गर्नु पर्छ। क्याप्टेनले कसरी अाफ्नो टीमको नेत्रृत्व गर्छन् र कसरी अाफ्ना सहयोगीहरुको उपयोग गर्छन् अथवा अाफ्नै निर्णय लागु गर्छन् भन्ने कुराले अवतरण प्रभावित हुन्छ। ईन्धन सकियेर अापतकाल अाएमा वा अन्य कुनै आपतकालीन अवस्था आएमा के गर्ने भनेर Available Resource Management अथवा ( State Resource Management) को गहन छलफल गर्नु पनि पर्लाकि??

जम्काभेटः विकास र समृद्धिको

पूर्ववर्ती संविधान सभा विकास समितिका सभापति रहेका रवीन्द्र अधिकारीसँगको भेटलाई प्रतीकात्मक रुपमा देखाउँदै ‘विकास र समृद्धिको जम्का भेट’ ढकाल लेख्छन्—

‘वर्षाैंदेखिको बहस र साझा धारणा अब कार्यान्वयनको सँघारमा पुगेका छन् ।

भाषण मात्र गरेर समृद्धि आफैँ आउँदैन । क्षेत्र विषेशको सिद्धान्त ... का आधारमा यसलाई सृजना गरी टिकाउन सक्नु पर्दछ । हामीले हाम्रा तुलनात्मक लाभका क्षेत्रहरु पहिचान गरी १० वर्षसम्म निरन्तर दोहोरो अंकको आर्थिक बृद्धि हासिल गर्न सक्नु पर्दछ ।’

यहाँ पनि सुशासन र नियमनका नाउँमा आर्थिक संकुचन हुनै नहुने ढकालको जोड देखिन्छ । बहस सेफल्यान्डिङ तिर अघि बढ्छ ।

डिएनएस दाइ नाउँ गरेका बहसकर्ताले राजश्व वृद्धि र अर्थप्रणालीको सुधारमा फरक तर्क दिएका छन् भने सहभागी नवराज घिमिरेको चिन्ता भने फरक छ ।

उडेको जहाजको सुरक्षित अवतरणको चिन्ता प्रकट गर्छन् डा गोविन्द कोइराला ।

उनी अघि भन्छन्, ‘At any cost? I don’t want to fly in a plane, if that plane cannot reach its destination. Do you want to take that flight if it is certain to blast in the middle of the sky? 

कोइराला एक अर्काे सन्दर्भमा ‘जम्प’ बारे बसहकर्तालाई प्रष्टीकरण दिदै यस्तो तर्क गर्छन्—

Don’t get me wrong. I am definitely with you to think positively. I am simply saying, ‘we always should look before we jump’.

बहसकर्ता ढकालको जवाफ— ‘अब दाजु जस्तो नेपालमा हुर्केर अमेरिकाको ख्यातिप्राप्त विश्वविद्यालयमा अर्थशास्त्रको प्रोफेसर हुनु भएको वरिष्ठ व्यक्तित्वले राम्रो सरसल्लाह दिनु पर्यो । भोजपुरकै मान्छे मुख्य मन्त्री हुनु भएको छ एक नम्बरमा । हामी स्रोत साधनमा कमी छैनौँ । मिलेर सबैले काम गरे पार लाउन सकिन्छ । म पनि आफै गरी खाएकै छु । कुनै पदीय दौडमा छैन । तै पनि मुलुक बनाउन लागिरहेको छु । नमस्कार !’

नमस्कार गर्दै बहस टुंग्याउन चाहेका ढकाल बहसबाट उम्कन भने सकेका छैनन् । र, सहभागीहरुका बलिया तर्क केलाउँदा मुलुक प्रतिको सकारात्मक चिन्तन बटुलेर ‘ब्रह्मास्त्र’ बनाउन सकिने ‘ब्लु प्रिन्ट’ दिन अर्थविद्हरु सफल भएको बहसले देखाउँछ ।

भलै सरकारले यस्ता विज्ञहरुको आवश्यकता महसुस् नगरेको किन नहोस्, अबको सरकारले गर्ला या नगर्ला, हामी सबैको भालि सबल, समृद्ध र सफल बनोस् भन्ने कामना फेरि एकपटक किन नगरौं ?

तर, विद्या अधिकारी भने विज्ञहरुको सशक्त उपस्थितिको अपेक्षा गर्छन् । उनी भन्छन्, ‘हो यसैको लागि विज्ञहरुसँग कन्सल्ट सरकारले गरे हुने हो तर खै अफै विशुद्ध पो हुने हो कि ?’

डा कोइरालाले आफ्नो थलोको प्यार, विदेशमा हुँदा पनि हुने भन्दै यसरी प्रस्तुत भए– ‘आफ्नो थलो सबैलाई प्यारो नै हुन्छ । म पनि अपवाद हुन सक्दिन । तर काम गर्ने मानिसलाई उसको क्षमतामा तौलनु पर्छ, र के गर्नको लागि, कुन दृष्टि राखेर, कस्तो आँट लिएर अगाडि बढेको हुन्छ, हेर्नुपर्छ । गल्ती गरेमा समयमै सच्याउन नहिचकिचाउने हुन पर्छ । कुनै स्थान विशेषमा जन्म हुँदैमा त्यो व्यक्ति सक्ष्म हुन्छ भन्ने छैन ।’

उनले प्रदेशका वर्तमान प्रमुखहरुबारे आफूलाई थाह नभए पनि विकासमा अग्रसर भएर मुलुक बने हुने आशा व्यक्त गरेका छन् ।

अर्थतन्त्रको खतरा र अभ्यासबारे विद्या अधिकारीको तर्कमा अमात्यको यो टुक भने हेर्न लायक छ ।

Sir last month , govt of Nepal paid the salary to civil servants taking the loan at the interest of 6% and this month, salary is planed to be paid with the Indian assistance of 300 m in the name of establishing the federal system. Who pays the salary of next month ?? Govt has to find donor simply to pay the salary of its civil servants. Now you can easily imagine our economic strength !

कन्क्लुजन दिन चाहने हार्डवर्ड विश्वविद्यालयका अर्थशास्त्री डा डिएनएस ढकाल भन्छन्, ‘नेपालले अहिले राजस्व संकलनलाई बढाउनु पर्दछ भने वितरणको लागत घटाउदै जानु पर्दछ ।

नयाँ कर्मचारी भर्ती गर्ने भन्दा भइरहेकैलाई तालीम दिई सक्षम बनाउनु पर्दछ । प्रशासनिक खर्च धान्न दाताहरू गुहार्नु हुँदैन । यदि नेपालले त्यसलाई रोक्न सकेन भने प्रशासनलाई पनि नियन्त्रण गर्न सक्दैन ।

समृद्द नेपालकालागि यो गलत सिफारिस हुन जान्छ । यो नेपाली राजनीतिज्ञ र वौद्धिक जगत्को परीक्षाको समय पनि हो ।

सहभागीहरुका केही थप तर्कहरु हेरौं–

तलका पनि पढौं

 

  

 

 

 ...

बिहीबार २४ फागुन ०७४

 

प्रतिक्रिया

Related