आशा दि होप फाउन्डेसनले सम्पन्न गर्याे क्रिउ दीक्षान्त कार्यक्रम

 

निर्माण सञ्चार, काठमाडौं ।

११, पुस । गोकर्णेश्वर नगरपालिकामा क्रियाशील युवाहरुको संस्था आशा दि होप फाउन्डेसनले स्थानीय विद्यार्थीहरु सम्मिलित स्काउट क्रिउको प्रथम दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

नेपाल स्काउटको काठमाडौं जिल्ला अन्तरगत सञ्चालित उक्त कार्यक्रम आशा ओपन स्काउट क्रिउको दीक्षान्त कार्यक्रम रहेको आशा क्रिउका संयोजक सुदर्शन बजगाईंले निर्माण सञ्चार डट कमलाई बताए ।

नेपाल स्काउटका प्रमुख आयुक्त रविन दाहालको प्रमुख आतिथ्यता एवं नेपाल स्काउट राष्ट्रिय सचिव लोकबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमले १८ बढी क्रिउ सदस्यहरुलाई दीक्षित गरेको आयोजकले बतायो ।

कार्यक्रममा बोल्दै स्काउट चिफ कमिसनर दाहालले गोकर्णेश्वरमा सञ्चालित क्रिउ स्काउटले भूकम्पका बेला स्थानीय तहमा गरेको उद्धार तथा राहत कार्यक्रमको प्रशंसा गरेका थिए । उनले युवा विद्यार्थीहरु अनुशासित भई समाज सेवामा लागिरहने प्ररणा यस्तै क्रिउमा आबद्ध भएर मात्रै प्राप्त गर्न सकिने बताए । भूकम्पदेखि विभिन्न खाले प्रकोपहरुमा स्काउटका विद्यार्थीहरु स्वयं सचेत भई अरुलाई समेत जोगाउन सफल रहेको घटनाले स्काउटका विद्यार्थी प्रति अभिभावकहरुको समेत आकर्षण बढेको बताए ।

त्यस्तै सभालाई सम्बोधन गर्दै स्काउटका राष्ट्रिय सचिव भण्डारीले नेपाल स्काउटले देश विदेशमा पनि इज्जत कमाएको चर्चा गरे । विशेष गरी भूकम्पका बेलामा यो क्षेत्रको स्काउटले साँखुमा गएर गरेको उद्धार कार्यक्रम सेना र पुलिसका जवानले समेत गर्न नसकेको काम गरेको बताएका थिए ।

रोबर लीडर सुदर्शन बजगाइ र रेन्जर लीडर संगीता मिश्रले स्काउट प्रतिज्ञासहित सुरु भएको कार्यक्रममा धार्मिक सभाका आङ नीमा शेर्पाले समेत स्काउट र धार्मिक युवाहरुको सहकार्यमा समाजमा रहेका बेथितिलाई परिवर्तन गर्न सकिने धारणा राखेका थिए ।

बौद्धस्थित मदन भण्डारी मेमोरियल स्कुलको प्रङ्गणमा भयेको सो कार्यक्रम सञ्चालन सो क्रिउका रोभर लिडर सुदर्शन बजगाइले गरेका थिए ।

उक्त समारोहमा क्रिउका रोभर लिडर सुदर्शन बजगाइले गत बैशाखको भूकम्पका बेला खेलेको भूमिकाका कारण नेपाल सरकार युवा तथा खेल्कुद मन्त्रालयबात युवा प्रतीभा पुरस्कारबाट पुरस्कृत समेत भएको सन्दर्भ जोड्दै आयोजकले दीक्षित स्काउट विद्यार्थीलाई पद तथा गोपनीयताको लेसन समेत दिएका थिए ।

स्काउटमा रोभर र रेन्जेर भन्नाले १६—२५ वर्ष उमेर समूहका युवा–युवतीलाई जनाउँछ । स्काउटले सो उमेर समुदायका युवालाई शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्ती हुने वैज्ञानिक तालिम सिकाउने र देश र समाज प्रति उत्तरदायी हुन सक्ने क्षमता बढाउने उद्देश्य राखेर काम गर्ने गर्दछ ।

गोकर्णेश्वरले पनि गर्याे आफ्नो योजना तर्जुमा बैठक

गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत्रको १६ वडाको योजना तर्जुमा बैठक सम्पन्न गरेको छ । आफ्नो कार्यालय प्राङगणमा सम्पन्न गरेको सो बैठकले १६ वडाका संघ—संस्था वडा नागरिक मञ्चका र विभन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा भयको सो कार्यक्रमको सभापतित्व कार्यकारि अधिकृत ईन्द्र कुमारी थपलियाले गरेकी थिइन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिका रुपमा उपस्थित प्रतिनिधिहरुले गोकर्णेश्वर नगरपालिकाको आम विकास र नीति निर्माणबारे आफ्नो धारणा राखेका थिए । एमाले प्रतिनिधि कृष्ण राई, काँग्रेसका तर्फबाट लालु तामाङ, एमाओवादीका विष्णु माझी लगायत उपस्थित सो कार्यक्रमको सञ्चालन भुपेन्द्र बोहराले गरेका थिए भने ।

प्रतिक्रिया

Related