के हो मोनोरेल ? तिलगंगा–कलंकी रुटको डिपिआर बनाइदै

एउटा डिब्बामा २०० जना अट्ने, ५–६ वटा डिब्बा राख्न सकिने
निर्माण सञ्चार, काठमाडौँ । काठमाडौं महानगरपालिकाले साइमेक्स इंक कम्पनीले काठमाडौंमा मोने रेल चलाउन विस्तृत परियोजना प्रतिवेदन ‌‌(डिपिअार) बनाउने भएको छ ।

साइमेक्सले काठमाडौंमा मोनोरेल सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रारम्भिक सम्भाव्यता अध्ययनको रिपोर्ट काठमाडौं महानगरपालिकालाई गत साउनै बुझाएको थियो ।

नेपाली कम्पनी साइमेक्सलाई पहिलो चरणमा तिलगंगादेखि कलंकीसम्म चल्ने मोनोरेलको डीपीआर तयार गर्न दिने निर्णय भइसकेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

के हो मोनोरेल ?

मोनोरेल भनेको एकोहोरो ट्रयाक भएको भुइभन्दा माथि लिक बनाएर हिड्ने यातायातको साधन मोनोरेल हो । यसमा भुइबाट ३० फिट जति अग्लो बिम (पिलर) राखेर माथि लिक बनाइन्छ र उक्त लिकमा विद्युतीय मनोरेल सञ्चालन गरिन्छ ।

यसको रुट तिलगंगाबाट सुरु भएर एरपोर्ट, तीनकुने, नयाँबानेश्वर, बबरमहल, माइतीघर, शहीदगेट, त्रिपुरेश्वर, कालिमाटी, रविभवन हुँदै कलंकीसम्म हुनेछ ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘यस मोनोरेल रुटको लम्बाइ लगभग ८ किलोमिटर हुनेछ भने यसको निर्माण खर्च कति लाग्ने ? कति वर्षमा यसले आफ्नो लगानी उठाउन सक्छ । कति समयमा यो निर्माण गर्न सकिने हो भन्ने कुराको विस्तृत विवरण डिपिआर रिपोर्टले प्रष्ट पार्छ ।’

साइमेक्सले यो रेललाई भविश्यमा कीर्तिपुरसम्म लम्ब्याउने सकिने रिर्पोट बुझाएको छ । साथै चक्रपथ परिक्रमा, गोदावरीबाट बुढानिलकण्ठको रुटमा पनि मोनो रेल सञ्चालन गर्न पनि डीपीआर तयार गर्न अर्को कम्पनीलाई अनुमति दिने तयारीमा महानगरपालिकाले गर्ने भएको छ ।

मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने कम्पनीको दाबी छ । रेलको एउटा डिब्बामा २०० जना यात्रु अट्न सक्ने साथै एउटा रेलमा ५–६ वटासम्म डिब्बा जोड्न सकिन्छ ।

...

शुक्रबार, २५ फागुन ०७४

प्रतिक्रिया

Related