प्रकाशमानले सिकाए सडक डिभिजनलाई ‘निर्माण सुरु मिति र सम्पन्न हुने मिति स्पष्ट लेख, नत्र जागिर नखाऊ’

आयोजना निर्माण सुरु भएको मिति र सम्पन्न हुने मिति प्रष्ट देखिने गरी साइनबोर्ड राख्न निर्देशन
निर्माण सञ्चार, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विकास निर्माणको नाममा सडक जथाभावी भत्काउने र खन्ने तर निर्माण सुरुको मिति र सम्पन्न मितिको बारेमा स्पष्ट देखिने गरी लेख्न निर्देशन दिएका छन् ।

सोमबार बिहान काठमाडौंको नयाँबानेश्वरस्थित डिभिजन सडक कार्यालयमा डेलिगेसनका लागि पुगेका नेता सिंहले विकास निर्माणको नाममा सरकारी निकायहरूले जथाभावी भत्काउने र खन्ने गर्ने र लामो समयसम्म निर्माण कार्य पूर्ण नहुँदा सर्वसाधारणलाई ठूलो मर्का परेको बताए ।

काठमाडौंमा सडक विस्तार र खानेपानी आयोजनाको पाइप बिछ्याउने र सडक खन्ने र बनाउने क्रममा जथाभावी खनिएका सडकका कारण सर्वसाधारण मर्कामा परेको भन्दै आफ्नो क्षेत्रका जनप्रतिनिधि र उपभोक्ताका प्रतिनिधिसहित डिभिजन सडक कार्यालयमा दबावका लागि पुगेका थिए ।

काठमाडौं क्षेत्रनम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसदसमेत रहेका नेता सिंहले सरकारी निकायबीच समन्वय गरेर विकासका निर्माणका काम हुनुपर्नेमा जोड दिए ।

सडक निर्माणलगायतका विकास आयोजनाहरूमा देखिने गरी सुरु हुने र निर्माण सम्पन्न हुने बारे प्रष्ट लेखेर साइन बोर्ड राख्न सिंहले सुझाव दिए ।

अन्यथा त्यसको हिसाब किताब खोजिने उनले बताए । गुपचुप काम गर्ने पद्दतिले पारदर्शितामा आशंका उब्जाउने भन्दै नेता सिंहले भने, ‘सडक भत्काउँदा वा विकास निर्माणका आयोजनाहरू सुरु हुँदा कति मितिदेखि शुरु भएर कुन मितिमा सम्पन्न हुने हो साइनबोर्डमा लेखेर राख्नुपर्छ । अन्यथा उपभोक्ता र जनप्रतिनिधिहरूले अबदेखि त्यसको हिसाबकिताब खोज्ने छन् ।’

नेता सिंहले भने, ‘सडकले बाटो भत्काउँछ । ढलले पनि बाटो खन्छ । खानेपानीले पनि बाटो भत्काउँछ । सबैले खान्ने तर मर्मत सम्भार र काम नगर्ने परम्पराले जनता आजित भएका छन् । अबदेखि यस्तो लापरबाही गर्न पाइँदैन ।’

नियममा रहेको कुरा पनि सरकारी कर्मचारीले गर्दैनन् भन्ने सर्वसाधारणको गुनासो रहेकाले त्यसतर्फ ध्यान दिन पनि उनले आग्रह गरे ।

काठमाडौंका सडक खनेको धेरै भइसकेपनि हालसम्म मर्मत सम्पन्न नभएको भन्दै कांग्रेस नेता सिंहले भने, ‘काठमाडौंका सडक त समयमा पूरा भएको छैन, झन् उपत्यका बाहिरका सडक र विकास निर्माणको हालत के होला ?’

...

सोमबार २८, फागुन ०७४

प्रतिक्रिया

Related