त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनाग्रस्त !

दुर्घटनाग्रस्त विमानमा थिए चालकदलका सदस्यसहित ७१ यात्रुः १४ जनाको उद्धार
निर्माण सञ्चार, काठमाडौँ | त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनाग्रस्त भएको छ । बंगला देशको ढाकाबाट आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।

 

विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ । जसमा १४ जनाको उद्धार गरिएको छ भने उद्धारको क्रम जारी छ ।

बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज २ बजेर २० मिनेटमा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको बताइएको छ । जहाज धावनमार्गबाट चिप्लिएर पूर्वपट्टि दुर्घटनामा परेको हो।

ठूलो आवाजसहित जहाज दुर्घटनामा परेको पेप्सीकोलाका स्थानीयले बताएका छन्।

 

...

सोमबार, २८ फागुन ०७४

प्रतिक्रिया

Related