विमान दुर्घटनास्थलमा पुगे प्रधानमन्त्री ओली

घाइतेहरुको उपचार सरकारले गर्ने
निर्माण सञ्चार, काठमाडौँ | अन्तराष्ट्रिय विमानस्थलमा जहाज दुर्घटनाग्रस्त भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली आफैँ विमानस्थल पुगेका छन् ।

विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री वली दुर्घटनास्थल पुगेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल पनि थिए ।

उक्त घटनाप्रति प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरे ।

घाइतेहरुको उपचार सरकारले गर्ने उनले बताए ।


घटनाबारे छानविन गर्न सरकारले आयोग गठन गर्ने प्रधानमन्त्री ओलिको भनाइ छ ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा चिप्लिएर विमान दुर्घटना भएको थियो । हाल उद्दार कार्य जारी छ ।

...

सोमबार, २८ फागुन ०७४ 

प्रतिक्रिया

Related