यूएस बंगला विमान दुर्घटनाः मृत्यु हुनेको संख्या ४६

धेरैजसो ट्राभल एजेन्सीका कर्मचारी, मृतकको संख्या अझै बढ्ने
निर्माण सञ्चार, काठमाडौँ | सोमबार अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान दिउँसो २ः३० मा अवतरणका क्रममा दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएकोे पुष्टि भएको छ ।

मृतकको संख्या बढ्नसक्ने एसएसपी पूर्णचन्द्र जोशीको भनाइ छ ।

घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

 नेपाली यात्रुमध्ये धेरैजसो ट्राभल एजेन्सीका कर्मचारी

दुर्घटनाग्रस्त विमानमा ३३ जना नेपाली यात्रु रहेको प्रारम्भीक जानकारी आएको छ । जसमध्ये १२ जना नेपालका मुख्यमुख्य ट्राभल एजेन्सीका कर्मचारी थिए ।

उनीहरु युएस बंगला एयरलाइन्सले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन ढाका पुगेर फर्किएका थिए ।

...

सोमबार, २८ फागुन ०७४ 

प्रतिक्रिया

Related