विमान दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४९, घाइते २१, एक जना वेपत्ता

निर्माण सञ्चार, काठमाडौँ | सोमबार अन्तराष्ट्रिय विमानस्थलमा भएको यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ ।

विमानमा ७१ जना यात्रु मध्ये २१ घाइतेको उपचार भइरहेको छ भने एक जना नभेटिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका दिए ।

घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको बताइएको छ । ढाकाबाट काठमाडौं आएको विमान दिउँस २ः३० मा दुर्घटना भएको थियो ।

...

सोमबार, २८ फागुन ०७४ 

प्रतिक्रिया

Related