विमान दुर्घटना अपडेटः कसको कहाँ हुँदै छ उपचार ? को को थिए विमानमा सवार ? (सूचीसहित)

टावरको दिशा विपरीत गएपछि विमान दुर्घटना
निर्माण सञ्चार, काठमाडौं । टावरको निर्देशन विपरीत पाइलटले दिशा लिएपछि एकाएक दुर्घटना हुन पुगेको युएस बंगला विमान दुर्घटनाका घाइतेहरु मध्ये १२ को काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा उपचार भइरहेको छ ।

घाइतेको सूची सार्वजनिक गर्दै साँझपख अस्पतालले केही घाइते अन्यत्र रिफर गरिएको पनि जनाएको छ । पिन्ची धामी र समिना व्यञ्जननकारसहित ३ जनाको आइसियुमा उपचार भइरहेको छ ।

धिरेन्द्र सिंह पुजनाको अर्थो वार्डमा उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ भने बाँकी विदेशी नागरिक रहेका छन् ।

उद्धार गरी अस्पताल पुराइए मध्ये ८ को उपचारक्रममै निधन भएको थियो । मृत घोषणा गरेकामा हरिशंकर पौडेल, रकिबूल हुसेन, पृथुला रसिद र खवाज हुसेन (चालक), प्रवीण चित्रकार, सजना देवकोटा र परिचय नखुलेका अन्य दुई यात्रु रहेका छन् ।

पछिल्लो अपडेट अनुसार दुर्घटनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ । विमानमा ७१ जना यात्रु मध्ये २१ घाइतेको उपचार भइरहेको छ ।

एक यात्रु नभेटिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन् । अस्पताल पुर्‍याइएका चार जनालाई अन्यत्र रिफर गरिएको छ ।

उनीहरुमा किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी, दयाराम ताम्रकार र केशव पाण्डेलाई अन्य अस्पताल रिफर गरिएको छ । केएमसीले रिफर गरेका मध्ये दरायामसहित तीन जनालाई ग्राण्डी अस्पताल धापासी लगिएको छ ।

केएमसी अस्पतालमा 

यस्तै पिंकी धामी, समिना बज्राचार्य, इमरन कबिर, कविर हुसेन, रसिद हुसेन, मेहन्दी हसन, रिजना अब्दुल्ला, डा इरजना, धीरेन्द्रसिंह पूजना, स्वरना, सहरिन अहमद र एमडी सैनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

ग्राण्डी अस्पताल

यस्तै किशोर त्रिपाठी र हरिशंकर सुवेदीलाई ग्राण्डी अस्पताल टोखामा सिफारिस गरिएको छ ।

न्यूरो अस्पताल

घाइते दयाराम ताम्राकारलाई न्यूरो अस्पताल र केशव पाण्डेलाई मेडिसिटी अस्पताल पठाइएको छ ।
 
केएमसी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा दामोदर पोखरेलका अनुसार २५ घाइतेको उपचार भइरहेको छ । यस्तै नर्भिक अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ ।

नर्भिकमा पाँचको उपचार, दुई गम्भीर

सो अस्पतालमा वसन्त बोहरा, सनम शाक्य, आशिष रञ्जित, विनोदराज पौडेल र एक बंगलादेशीको उपचार भइरहेको छ । अस्पताल परिसरमा आफन्तजनको भीड लागेको छ ।
 
साँढे २ बजेतिर प्लेन ल्यान्डिङका क्रममा दुर्घटनाग्रस्त विमान आगोको मुस्लो सहित क्र्यास भएको थियो ।

यसकारणले भयो दुर्घटना !

विमानस्थल स्रोतले विमान दसर्घटनाको कारण मिस अप्रोच’ ले भएको बताएको छ । यूएस बंगलादेश विमान दुर्घटना हुनुमा विमानस्थलले दिएको टावर रुट विपरीत विमान उड्न पुगेपछि दुघटना भएको बताइएको छ ।
 
त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले उक्त विमानले अवतरण गर्ने बेलमा नै  ‘मिस अप्रोच’ गरेकोले दुर्घटना भएको दाबी गरेका हुन् ।
 
उनले भने, ‘जहाज ल्याण्ड गर्ने बेलामा विमानस्थलको टावर छेउबाटै आयो। झन्डै झन्डै पार्किङमा रहेको जहाजको अति नजिकबाट टच डाउन गरी कन्ट्रोल गर्न नसकेर पूर्व पट्टीको बार भत्काई खाल्डोमा गएर खस्यो,’ उनले भने, ‘आग्नी नियन्त्रक एलर्ट भएकोले आर्मी प्रहरी सबै मिलेर चाँडै उद्धार र नियन्त्रण भयो। जुन स्थितिमा आगो बलेको मैले देखेको थिएँ, त्यो स्थिति अझै १० मिनेट रहेको भए अझै भयावह स्थिति हुने थियो।’
 
यति हुँदा हुँदै पनि बंगला विमान पार्किङमा रहेको थाई एयरवेज विमानको पुछार पट्टीको भागमा ठक्कर हुनबाट जोगिएको थियो।
 
यसमा पाइलटले धावन मार्गमै दुर्घटना हुनबाट जोगाएको देखिन्छ । यसलाई हेर्दा दुर्घटना हुनु पूर्व पाइलट सचेत थिए ।
विमानमा को को थिए सवार ?

दुर्घटनाग्रस्त उक्त विमानमा सवार यात्रुको सूची सार्वजनिक भएको छ । विमानमा यात्रा गर्ने यात्रुहरुमध्ये ३३ जना नेपाली थिए जसमा १३ नेपालीको ज्यान गएको छ ।

त्रिभुवन विमानस्थल प्रशासनका अनुसार ३३ नेपाली, ३२ बंगालादेशी, १ चिनियाँ र २ माल्दिभ्सका नागरिक विमानस्थलमा सवार थिए ।

सावर गर्नेहरुको नामावलीः नेपाल

शिला बजगाईं

अल्जिना बराल

चारु बराल

सोबिन्द्रसिंह बोहरा

वसन्त बोहरा

समिरा व्यञ्जनकार

प्रविन चित्रकार

सजना देवकोटा

प्रिन्सी धामी

ज्ञानीकुमारी गुरुङ

दिनेश हुमागाईं

श्रेया झा

पूर्णिमा लोहनी

मिली महर्जन

निगा महर्जन

सञ्जय महर्जन

केशव पाण्डे

प्रसन्न पाण्डे

विनोदराज पौड्याल

हरिशंकर पौडेल

सञ्जय पौडेल

आशिष रञ्जित

कृष्णकुमार सहनी

आश्ना शाक्य

सनम शाक्य

एञ्जिला श्रेष्ठ

सरुना श्रेष्ठ

हरिप्रसाद सुवेदी

दयाराम ताम्राकार

डा. बालकृष्ण थापा

स्वेता थापा

किशोर त्रिपाठी

अवधेशकुमार यादव

बंगलादेश:

 

फैसल महम्मद 
शहरिन अहमद 
इकुव अली 
फुज्जमान अली 
अल्मुन नहर एन्नी 
बिल्किस एरा 
बेगम हुरुन नहर बिल्क्विस बानु 
एमएसटी अख्तरा बेगम 
एमडी शाहीन बेपारी
नाजिया अफ्रिन चौधरी
एमडी रिज्वनुल हक
एमडी रोकिबुल हसन
मेहदी हसन
एमराना कबिर हासी
एमडी कबिर हुसेन
सञ्जिदा हुक
एमडी हसन इमाम
मोहम्मद नसरुल इस्लाम
अखी मोनी
मिनाज बिन नासिर
एफएच प्रिओक
तमर्रा प्रिओनमोइ
मोदुर रहमान
महमुदुर रहमान
ताहिरा तन्विन शाशी रेजा
पियास रोय
शेख रसिद रुवायत
युमी सलिमा
सैयादा कम्रुन्नहार शवार्ना
अनिरुद्द जमान
एमडी नुरुज जमान
एमडी रफिक्ज जमान

चीन:

झ्याङ मिङ

माल्दिभ्स:

रिजाना अब्दुल्ला

चालक दल: पृथुला रसिद (पाइलट)

ख्वजा हुसेन र किबुल हुसेन

 

 

...

बिहीबार २४ फागुन ०७४

 

प्रतिक्रिया

Related