भूकम्पपीडितलाई किन दिँदैन सहुलियत कर्जा सरकार ?

दोस्रो किस्ता रोकेपछि सुस्तायो पुनर्निर्माण, ऋण काड्न बाध्य पीडित
निर्माण सञ्चार, काठमाडौँ | भूकम्पपीडितलाई दिने भनएिको अनुदान सरकारले रोकेपछि पीडित मारमा परेका छन् ।

पहिलो किस्ता दिएपनि दोस्रो किस्ता बाँड्न ढिला गरेपछि तीव्र रुपमा अघि बढेको आवास पुनर्निर्माण सुस्ताएको छ ।

सिन्धुली जिल्लाका पीडित भन्छन्‘घरको डिपिसी सकेर दोस्रो किस्ताको फारम भरेको तीन महिना बितिसक्यो अझै पैसा आएको छैन, बाँकी निर्माणको काम नै रोक्नुपरेको छ ।’

‘दोस्रो किस्ताका लागि फारम भरेको दुई महिना पुरा भयो’ कमलामाई नगरपालिका–२ भद्रकाली कुसुमटारका प्रसान्त वलीले भने‘हालसम्म रकम पाएको छैन, घर बनाउ निकै समस्या भएको छ ।’

यता राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिले भने दोस्रो किस्ता बापतको अनुदान रकम आउन ढिला भएको स्वीकार गरेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट कोलेनिकामा फुकुवा आउनु पर्ने तर प्राधिकरणबाट फुकुवा आउन ढिला भएका कारण दोस्रो किस्ता पनि ढिलो भएको जिल्ला समन्वयन समितिको सचिवालयका प्रमुख बासुदेव हुमागाईंले जानकारी गराए ।

कति लाभग्राही ? कतिले पाए किस्ता ?

सिन्धुली जिल्लामा ३४ हजार ९ सय ८८ जना लाभग्राही छन् । जसमध्ये ३३ हजार ३४ जनाले अनुदान सम्झौता गरी पहिलो किस्ता पाइसकेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति सिन्धुलीको सचिवालयलका अनुसार हाल १५ हजारभन्दा बढी घर निर्माणधिन अवस्थामा छन् ।

भूकम्पपीडितलाई किन दिँदैन सहुलियत कर्जा सरकार ?

सिन्धुलीका भूकम्पीडितले अझैसम्म सहुलियत कर्जा पाउन सकेका छैनन् ।

बैंकहरुले विभिन्न बखेडा गर्दै कर्जा नदिएपछि प्रभावितहरू समस्यामा परेका हुन् ।

भूकम्प प्रभावितलाई सहुलियत कर्जा दिन सरकारले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिए पनि जिल्लाका भूकम्प प्रभावितहरू भने अझैसम्म सहुलियत कर्जा नपाएको गुनासो गर्छन् ।

सरकारी सहुलियत कर्जाको कुनै टुंगो नलागेपछि भूकम्प प्रभावितहरू चर्को ब्याजमा ऋण काढेर धमाधम घर बनाउन थालेका छन् ।

पहिलो किस्ताको रकम घरको जग हाल्दै सकिएको बताउँदै स्थानीय रामबाबु पराजुलीले भने‘सरकारले सहुलियत ऋण दिन्छु भनेर आश मात्रै देखायो, हाल आफैँ चर्को ब्याजमा ऋण काढेर घर बनाउन बाध्य छौँ ।

...

आइतबार, २७ फागुन २०७४ 

प्रतिक्रिया

Related