राजश्व र सुरक्षा निकाय बीच समन्वय गर्दै अर्थमन्त्री खतिवडा, चुहावट नियन्त्रणमा बन्दै सफल

अर्थमन्त्रीले दिए कडा निर्देशन– ‘राजश्व चुहावट गर्ने कसैलाई पनि नछाड्नू’
निर्माण सञ्चार, काठमाडौं । सुरक्षा संयन्त्रको आवश्यक समन्वय नहुँदा राजश्व चुहावटमा असर परेबारे धेरै पहिलेदेखि नै आवाज उठेपनि बल्ल यतिबेला अर्थमन्त्रालय जुर्मुराएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले आफ्नै सक्रियातामा अर्थमन्त्रालयमा राजश्व चुहावट र सुरक्षा निकायबीच संयुक्त छलफल राखेर यसप्रति सरकार गम्भीर भएको सन्देश दिएका छन् ।

आइतबार अर्थ मन्त्रालयमा सुरक्षा निकाय र राजश्व सम्बद्ध कर्मचारीहरूसँग अर्थमन्त्री खतिवडाले संयुक्त बैठक राखेका हुन् ।

उक्त वैठकमा अर्थमन्त्री खतिवडाले राजश्व चुहावटमा संलग्न कसैलाई पनि नछाड्न कडा निर्देशन दिएका छन् ।

उनले मुलुकको अर्थतन्त्रमा प्राण भर्नु पर्ने बेला आएको भन्दै राजश्व चुहावट नियन्त्रणमा सुरक्षा निकाय र राजश्वका अधिकारीहरु एकजुट भएर लाग्न निर्देशन नै दिएका छन् ।

सुरक्षा र बोर्डरमा हुने राजश्व चुहावट एकअर्काेमा परिपूरक विषय रहेको अर्थमन्त्री डा खतिवडाको भनाइ छ । उनले सीमावर्ती क्षेत्रमा अन्तरदेशीय निगरानी बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

अन्तरदेशीय क्षेत्रमा गैरकानुनी वित्तीय लगानी बढिरहेको भन्दै त्यसलाई निरुत्साहित गर्न सरकारले नयाँ कदम चाल्ने तयारी समेत गरेको उनले बताए ।

अर्थमन्त्रालय सम्हाल्दै नयाँ आशा सञ्चार गर्न सकेका अर्थमन्त्री खतिवडाले राजश्व चुहावट नियन्त्रणमा सफलता हासिल गर्दै गएको अर्थमन्त्रालय स्रोतले बतायो ।

आफूले सरकारको सपथ लिएकै भोलिपल्ट राजश्व विभागलाई दिएको निर्देशनले प्रभावकारी काम गरेकै दिनबाट ८० देखि ९० करोडमा सीमित हुँदै आएको राजश्वमा दैनिक सवा अर्ब उठेको थियो ।

 

 

...

आइतबार, २७ फागुन, ०७४

 

प्रतिक्रिया

Related