लप्सीफेदी–गल्छी–दमौली–सुनवल ट्रान्समिसन लाइनको डिपिआरको लागि परामर्शदाता कम्पनी छानिँदै

५ वर्षभित्र ३० अर्ब लाग्ने अनुमान, विद्युत प्रशारण लाइनमा नयाँ उचाइ
निर्माण सञ्चार, काठमाडौँ । विद्युत उत्पादन बढ्दै जाँदा पनि देशमा प्रसारण लाइन निर्माण पर्याप्त नहुँदा उत्पादन भएकाे विद्युत बजारमा वितरणमा गर्न समस्या भइरहेकाे छ । महत्वाकांक्षी ट्रान्समिसन लाइनकाे निर्माण नहुँदा उत्पादन भएका विद्युत् पनि प्रसारण लाइनसम्म नजिन नसक्दा त्यतिकै खेरा गइरहेको छ ।

पूर्व–पश्चिम, उत्तर–दक्षिणका प्रसारण लाइन निर्माणमा ढिलाइहुँदा भविष्यमा उत्पादन हुने विद्युत् को सुरक्षा हुन सक्दैन । यस्तो समस्यालाई ध्यानमा दिँदै अहिले काठमाडौँको लप्सीफेदि–गल्छी–दमौली–सुनवल सम्मको चार सय केभीको अन्तरदेशिय प्रसारण लाइनको लागि विस्तृत परियोजना कार्यको लागि छनोट भइरहेको छ ।

सन् २०१९ सम्म निर्माण सुरु गर्ने लक्ष्यका साथ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको लागि कम्पनी छनोट हुन लागेको हो ।

के हुँदैछ प्रक्रिया ?

अमेरिकी सरकारको ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतको कम्प्याक्ट कार्यक्रममार्फत् ठूलो क्षमताको प्रसारणलाइन निर्माणको प्रक्रिया अघि बढेको हो ।

परामर्शदाता छनोट प्रक्रिया अन्तिम चरणमा पुगिसकेकोले हप्ता दिनमा पूरा गरी त्यससम्बन्धी काम अघि बढाइने पूर्व सचिव तथा अफिस अफ मिलिनियम च्यालेन्ज कर्पोरेसन नेपाल (ओएमसीएन)का संयोजक तुलसी सिटौलाले अनलाइनखबरलाई जानकारी दिए ।

उनले भने, ‘अबको एक हप्तासम्म डिपिआर अध्ययन परामर्श छनोट भइसक्नेछ ।’ छनोट भएपछि उक्त संस्थाले डिपिआर अध्ययन गर्न सुरु गर्ने छ ।

ओएमसीएनसमक्ष अमेरिकासहित क्यानडा, भारतलगायतका देशका विभिन्न कम्पनीले आशयपत्र हालेका छन् । इच्छुक कम्पनीहरुको प्राविधिक मूल्यांकन सकाएर आर्थिक प्रस्तावको मूल्यांकन भइरहेको सिटौलाले बताए ।

आर्थिक प्रस्तावमा उपयुक्त ठहरिने कम्पनीलाई परमर्शदाता नियुक्त गरिने उनले जानकारी दिए । एमसीसीको सहयोगमा लप्सीफेदी–गल्छी, गल्छी–दमौली, गल्छी–हेटौंडा, दमौली–सुनवल गरी चार खण्डमा प्रसारणलाइन निर्माण गरिँदैछ । सँगै गल्छी, दमौली र सुनवलमा सब–स्टेसन पनि बन्नेछन् ।

यसका लागि प्रसारणलाइनका लागि दुईवटा र सवस्टेशनका लागि एउटा निर्माण कम्पनीलाई ठेक्का दिने योजना छ । सिटौलाले भने, ‘उक्त प्रसारण लाइन निर्माण सकिँदा करिब ३० अर्ब खर्च हुन्छ ।’

कसरी निर्माण हुँदैछ अन्तरदेशिय प्रसारण लाइन ?

पछिल्लो समयमा नेपालले चीनसँग त्रिशुलीबाट रसुवागढी हुँदै सीमापार प्रसारणलाइन निर्माणको प्रस्ताव गरेको छ । त्यसको निर्माण हुने हो भने त्रिशुली बेसिनमा निर्माण भइरहेका आयोजनाको बिजुली चीन निर्यात गर्ने सम्भावना पनि हुन्छ । अन्य बेसिनमा आयोजनालाई पनि यसमा जोड्दै लैजान सहज हुनेछ ।

यो प्रसारणलाइनलाई लक्षित गर्दै विद्युत प्राधिकरणले हेटौंडा र लप्सीफेदीमा सव–स्टेशन निर्माण गर्नेछ ।

लगानी कसको ?

एमसीसीको कार्यक्रम अन्तर्गत अमेरिकाले सडक र प्रसारणलाइन निर्माणमा लगानी गर्दैछ । नेपालले परियोजना सञ्चालनका लागि छुट्टै बोर्ड ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ (एमसीए) स्थापनासँगै जग्गा प्राप्ति र ठेक्का लगाउनेलगायत काम गर्नुपर्छ ।

एमसीए–नेपाल गठनको प्रस्ताव मन्त्रिपरिषद्मा लैजान अर्थले कानुन मन्त्रालयसँग राय मागेको छ । एमसीए स्थापना भएपछि एमसीसीका आयोजना सबै सञ्चालन र सहजीकरण उसैले गर्ने छ ।

तोकिएको समयमा निर्माण सम्पन्न भएनभने अनुदान रकम पनि अमेरिका नै फर्किने छ ।

...

सोमबार २८, फागुन ०७४

प्रतिक्रिया

Related