मिल्यो बैंकर एसोसिएसन–एनआईसी बैंक विवाद, एनआइसीले बचतमा ८ र मुद्दतीमा १० प्रतिशत भन्दा बढी लिन नमिल्ने

राष्ट्र बैंकको मध्यस्थता, वित्तीय अराजकता नियन्त्रण गर्न राबै अपेक्षाकृत सक्रिय नभएको व्यवसायीको गुनासो
निर्माण सञ्चार, काठमाडौं । पछिल्ला दिनमा मुलुकमा तरलता अभाव चर्किरहेको बताइरहेकै बेला बैंकहरु बीच हुर्कदै आएको व्याजदरको होड राष्ट्र बैंकको मध्यस्थतामा मिलेको छ ।

कृत्रिम तरलता सिर्जना गरी बैंकहरुले ‘माफिया’ चरित्र देखाएको आरोप लागिरहेको छ ।

यसैबीच व्याजदरका बिषयमा एनआईसी एशिया बैंक र नेपाल बैंकर्स एशोसिएसनबीच देखिएको विवाद राष्ट्र बैंकको मध्यस्थतामा मिलेको हो ।

सोमबार साँझ राष्ट्र बैंकमा भएको छलफलमा एनआएसी एशिया बैंकले अरु बैंककै जस्तो व्याजदर कायम गर्ने सहमति गरेपछि विवाद मिलेको दाबी छ ।

यो मिलाप पछि अब एनआइसी एशिया बैंकले अरु बैंकहरुले जस्तै बचतमा ८ प्रतिशत र मुद्दतीमा अधिकतम १० प्रतिशतमात्र व्याज दिने छ ।

यो सहमतिअनुसार बैंकले सूचना जारी गर्ने र शुक्रबारबाट सहमति लागू गरिने एनआईसी एशिया बैंकले जनाएको छ । विवाद एनआइसी एशियाले मुद्दती निक्षेपमा १२ र बचतमा १० प्रतिशत व्याजदर प्रस्ताव गरेपछि बढेको थियो ।

उसको यस्तो अराजक प्रस्ताव विरुद्ध बैंकर्स संघमा आबद्ध अन्य बैंकहरुले अन्तर बैंक कारोबार रोक्ने भन्दै कारवाहीमा उत्रिएका थिए ।

संघले बचतमा अधिकतम आठ प्रतिशत र मुद्दती निक्षेपमा ११ प्रतिशत मात्र व्याजदर दिने आपसी सहमति गर्दै आएको छ ।

एनआर्इसी एशियाले तत्काल व्याजदर घटाउन समस्या हुने भन्दै शुक्रबारसम्म समय लिने प्रतिवद्धता गरेको छ ।

संघभन्दा बाहिर गएर एनआइसीले मोनोपोली शैलीमा चल्न लागेको अरु बैंकहरुको आरोप थियो । एनआर्इसीले गत मंसिरसम्ममा अन्य बैंकबाट चार अर्ब ३० करोड रुपैयाँ र राष्ट्र बैंकबाट भने ४० करोड सापटी लिएको छ ।

बैंकले ऋणपत्र लगायतबाट पनि ५० करोड रुपैयाँ पुँजी प्राप्त गर्दै आएको छ स्रोतहरुको दाबी छ ।

 

 

...

मंगलबार, २९ ०७४

 

प्रतिक्रिया

Related