राष्ट्रपति चयनका लागि सकियो मतदान, मत गणना चार बजेबाट

निर्माण सञ्चार, काठमाडौँ | राष्ट्रपति चयनका लागि मतदान सकिएको छ ।

मतगणना अपराहृन ४ बजेबाट सुरु भएको छ । संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्यले निर्वाचनमा मतदान गरेका छन् ।

निर्वाचनमा प्रतिनिधिसभाका बाबुराम भट्टराई, प्रेम सुवाल तथा राष्ट्रियसभाका जितेन्द्र देव र रमेश यादवले भने मतदान गरेनन् ।

यस्तै, प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन् ।

राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेसकी पूर्वसांसद कुमारी लक्ष्मी राई चुनावी मैदानमा रहेका छन् ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार केन्द्रीय संसद्को मतभार ७९ र प्रदेशको मतभार ४८ कायम गरिएको छ। ८८० जना मतदाताको कुल मतभार ५२ हजार ४२२ हुन्छ ।

राष्ट्रपतिमा बहुमतसहित निर्वाचित हुन २६ हजार २ सय १२ मतभार आवश्यक पर्छ ।

....

मंगलबार, २९ फागुन २०७४ 

प्रतिक्रिया

Related