सोचेभन्दा ‘सफल’ बन्यो अन्तरराष्ट्रिय व्यापार मेला, आकर्षणको केन्द्र बने ‘ह्यान्डी क्राफ्ट’ र चिनियाँ स्टल

निर्माण सञ्चार, काठमाडौं । उद्योग वाणिज्य महासंघको नेतृत्वमा सम्पन्न ५ दिने ‘अन्तर्राष्ट्रिय व्यापार मेला २०१८’ भव्य रुपमा सम्पन्न भएको छ ।

मेला आयोजक समितिको सहसंयोजक तथा ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सविन श्रेष्ठले ‘अन्तर्राष्ट्रिय व्यापार मेला २०१८’ भव्य रुपमा सफल भएको प्रतिक्रिया दिएका छन् ।

मेलाको अन्तिम दिन निर्माण सञ्चारसँग बोल्दै मेला आयोजक उपसमिति सहसंयोजक श्रेष्ठले भने, ‘मेला हामीले सोचेभन्दा राम्रोसँग सम्पन्न भयो ।

२ लाख प्लस मानिसहरुले प्रदर्शनीको अवलोकन गरेको त हाम्रो रेकर्डले नै बताएको छ ।’ महासंघले प्रायजसो बर्सेनी यस्तो औद्योगिक मेला गर्दै आएको छ ।

नेपालको बजार विस्तार गरी विदेशी बजारलाई पनि आकर्षण गर्नु यो मेलाको उद्देश्य रहेको श्रेष्ठले बताए ।

उनका अनुसार मेलामा नेपालमा उत्पादित धेरै खाले सामग्रीहरुका स्टल रहेका थिए भने चीन, भारत, बंगलादेश लगायत दक्षिण एसियाली मुलुकहरुबाट प्रतिनिधित्व गर्ने धेरै व्यवसायीहरुले यस मेलामा भाग लिएका थिए ।

विभिन्न देशका ३०० बढी स्टल रहेका र त्यसमा पनि चिनियाँ स्टलहरुले सोचेभन्दा राम्रो रोस्पोन्ज पाएको छ । मेलामा चिनिया स्टलहरु नै सबैभन्दा धेरै रहेका थिए ।

त्यस्तै, नेपालमा उत्पादित सामानहरुमा भने ह्यान्डी क्राफ्ट पनि धेरैको आकर्षणको केन्द्र बन्न सकेको उद्यमीहरुको दाबी छ ।

फिल्ड सर्वेक्षण क्रममा निर्माण सञ्चारसँगको कुराकानीमा ह्यान्डी क्राफ्ट स्टलवाला व्यवसायीहरु आफूहरु मेला आयोजनाबाट धेरै नै लाभान्वित तथा उत्साही भएको प्रतिक्रिया दिएका थिए ।

‘अन्तर्राष्ट्रिय व्यापार मेला २०१८’ महासंघले गरेको सातौं प्रदर्शनी रहेको महासंघले जनाएको छ । काठमाडौंस्थित भृकुटिमण्डपमा बिहीबारदेखि सुरु भएको मेला सोमबार सम्पन्न भएको हो ।

गत विहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले मेलको उद्घाटन गरेका थिए । मेलामा सबैभन्दा धेरै चिनिया स्टलहरु थिए ।

३ सय स्टलमध्ये ७४ ओटा स्टल विभिन्न सामान उत्पादन गर्ने चिनिया कम्पनीहरुको रहेको आयोजकले बतायो ।

मेलामा छिमेकी बङ्गलादेशका २१ स्टल, पाकिस्तानका १५ ओटा स्टल तथा भारतका १५ वटा स्टल रहेका थिए । मेला संयोजक दीलसुन्दर श्रेष्ठका अनुसार मेलामा विभिन्न लत्ताकपडा, घसायसी सामग्री, बिजुलीका सामग्री समेत प्रदर्शनीमा थिए ।

धेरैले चासो दिएको नेपाली हस्तकला तथा नेपाल व्यापार एकीकरण रणनीतिक उत्पादनहरु रहन पुगे । मेला उद्घाटन गर्दा अर्थमन्त्री डा युवराज खतिवडा, वाणिज्य तथा आपूर्ति मन्त्री समेत उपस्थित थिए ।

प्रदर्शनीका केही झलक, नेपाली ह्यान्डीक्राफ्टका प्रकार पनि

 

  

 

एमाले युवा नेता राजेन्द्र कुमार राई नेपाली सिल्क तथा ह्यान्डी क्राफ्ट उत्पादन अवलोकन गर्दै 

 

 

 

 

 

 

 

 

 

 

...

आइतबार, २७ फागुन, ०७४

 

प्रतिक्रिया

Related