अब माइक्रोबसका चालक र सहचालकलाई अनिवार्य ‘ड्रेस’

कस्तो हुनेछ ‘ड्रेस’ ?
निर्माण सञ्चार, काठमाडौँ | सरकारले केही समयमै २० वर्ष पुराना गाडीहरुलाई हटाउने भनिरहेकै बेला माइक्रोबसका चालक र सहचालकलाई विशेष पोशाक (ड्रेस) लगाउनुपर्ने निणर्य गरेको छ ।

आउँदो चैत ६ गतेबाट काठमाडौँ उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीका चालक तथा सह–चालकलाई अनिवार्य ड्रेस लगाउनु पर्ने निर्णय गरिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार प्रथम चरणमा उपत्यकाभित्रका माइक्रो चालकले ड्रेस लगाउने भएका छन् । सो व्यवस्थालाई क्रमैसँग उपत्यका बाहिरका जिल्लामा पनि लागू गराइने बताइएको छ ।

‘यातायात मजदुरको पहिचान झल्किने गरी ड्रेस कोड ताकिइसकेको छ’ प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले भने ‘त्यसको थालनी माइक्रोबसबाट गर्ने निर्णय भएको छ ।’

उपत्यकामा झण्डै ३२ हजार सार्वजनि सवारी चल्ने गरेका अनुमान छ । केही समयपछि अरु बससहित ट्याक्सी, टेम्पोका चालकले पनि युनिफर्म लगाउने व्यवस्था गर्न लागिएको छ ।

कुनै नीतिगत वा कानुनी व्यवस्थामार्फत नभएर व्यवसायीलाई जिम्मेवार बनाएर यस्तो व्यवस्था लागू गर्न लागिएको महाशाखाको भनाइ छ ।

 कस्तो हुन्छ ड्रेस ?

माइक्रो बसका चालकको पहेलो रङ्गको ड्रेस हुन्छ भने सहचालकको हरियो रङ्गको ड्रेस हुनेछ ।

सहचालक हरियो रंगको पोशाक लगाउनेछन् । केही महिनाअघि देखि नै महाशाखाले सार्वजनिक सवारी चालक तथा सहचालकलाई अनुशासित बनाउन यस्तो प्रयासको सुरु गरेको थियो ।

लामो समय यातायात व्यवसायीसँग छलफल गरेर मात्रै सो निर्णलाई कार्यान्वयनमा लैजना तयारी गरिएको महाशाखा प्रमुख सवेन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार उपत्यकाका करिब ५० वटा यातायात समितिले विशेष पोशाक तोक्ने विषयमा सहमति जनाइसकेका छन् ।

व्यवसायीहरुले नै यातायात मजदुरलाई स्वखर्चमा पोशाकको उपलब्ध गराउनेछन् ।

किन चालनकलाई ड्रेस ?

चालक तथा सहचालकबाटै यात्रुहरु दुव्र्यहरुमा पर्ने गर्छन् । यसकारण उनीहरुलाई आफ्नो पेशाप्रति उत्तरदाही बनाउन ड्रेस तोक्न लागिएको ट्राफक प्रहरीको भनाई छ ।

चालकहरुको पहिचान झल्किने र उनीहरुलाई मर्यादामा बस्न तथा जिम्मेवारी बोध गर्न बाध्य बनाउने विश्वास लिइएको छ ।

अन्तराष्ट्रिय अभ्यास रहेको यो व्यवस्थाले यातायात मजुदरलाई चिन्न पनि सहज हुनुका साथै यातायात मजदुर र यातायातको इज्जत तथा प्रतिष्ठा पनि बढ्छ ।

यसका साथै दुर्घटनामा पनि कमी आउने ट्राफिक प्रहरीको अपेक्षा रहेको छ ।

...

बुधबार, ३० फागुन २०७४ 

प्रतिक्रिया

Related