सी जीनपिङ दोस्रो कार्यकालका लागि बने राष्ट्रपतिमा: सीको सत्ता लम्बियो, निरंकुश त बन्दैनन् !

निर्माण सञ्चार, काठमाडौँ । सी जीनपिङ दोस्रो कार्यकालका लागि चीनको राष्ट्रपतिमा सर्वसम्मत चयन भएका छन् । शनिबार बिहान चीनको व्यवस्थापिका ‘नेशलन पिपुल्स कंग्रेस’ले सीलाई थप पाँच वर्षका लागि राष्ट्रपतिमा निर्वाचित गरिएको हो ।

गत अक्टुबरमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठककले सीलाई पुन पार्टीको महासचिवमा चयन गरेको थियो ।

सन् २००७ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य बन्दै चिनियाँ नेतृत्वका रुपमा उदाएका सी २०१२ मा पार्टीको महासचिव बनेका थिए ।

२०१३ मा चिनियाँ राष्ट्रपति र केन्द्रीय सैन्य आयोगका अध्यक्ष बनेका सी अर्काे ५ वर्षका लागि सोही पदमा निर्वा्चित भएका हुन् ।

यसै साता ‘नेशलन पिपुल्स कंग्रेस’ले एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति बस्न नपाउने संवैधानिक व्यवस्था हटाएको थियो ।

यसबाट सीलाई अर्को ५ वर्षपछि पनि चीनको राष्ट्रपति हुन पाउने बाटो खुल्ला भएको छ।

सीको सत्ता लम्बियो, सी निरंकुश त बन्दैनन् !

 
चिनियाँ अभ्यास अनुसार यसअघि कुनै पनि राष्ट्रपति दोस्रो कार्यकालभन्दा बढी सत्तामा रहन नपाउने व्यवस्था थियो ।
माओपछिकै शक्तिशाली मानिएका सीका लागि दोस्रो कार्यकाल मात्र नभई संसद् जतिसम्म चाह्यो त्यतिसम्म नै सत्तासीन हुने बाटो खोलिदिएको छ । 

अन्तर्राष्ट्रिय समाचारहरु विशेषगरी पश्चिमा समाचारहरुले सीको सत्ता लम्बिनुलाई गम्भीर चासो प्रकट गरेका छन् ।
 
सीको सत्ता लम्बिदै जाँदा उनी निरंकुश हुन सक्ने र विश्वलाई नै नकारात्मक असर पर्न सक्ने आलोचना पनि गरिरहेका छन् ।

चिनिया हाउसमा ‘अनन्तकालसम्म सत्तामा राख्ने व्यवस्था गर्नका लागि यसअघिको समयसीमा हटाउने प्रस्ताव संसदमा लगिएको थियो, जुन सर्वसम्मतीले पारित’ भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ ।

वाङ चिसानलाई उपराष्ट्रपतिमा चयन 

सोही वैठकले वाङ चिसानलाई उपराष्ट्रपतिमा चयन गरेको छ । वाङ सी निकट भ्रष्टाचारविरोधी पूर्वअधिकारी हुन् ।
 

 

...

शनिबार ३ चैत्र २०७४

प्रतिक्रिया

Related