रुसः राष्ट्रपतिमा फेरि पुटिन ७६ प्रतिशत मत प्राप्त

पुटिनको कार्यकाल अब ६ बर्ष
निर्माण सञ्चार, काठमाडौँ | भ्लादिमिर पुटिन राष्ट्रपतिमा फेरि निर्वाचित भएका छन् । पुटिनको कार्यकाल अब ६ बर्षको हुनेछ ।

राष्ट्रपति निर्वाचनमा पुटिनलाई ७६ प्रतिशत मत प्राप्त भएको छ । प्रमुख विपक्षी नेता एलेक्सेइ नाभाल्नीलाई भने उम्मेदवारी दिन नै रोक लगाइएको थियो ।

प्रारम्भिक नतिजाले जित सुनिश्चित भएलगत्तै मस्कोमा निकालिएको विजयी र्यालीलाई सम्वोधन गर्दै पुटिनले आफ्नो अघिल्लो कार्यकाललाई मतदाताले सही मूल्यांकन गरेको बताए ।

राष्ट्रपति चुनावमा सातजना उम्मेदवार थिए । तर, पुटिनसँग निकट प्रतिस्पर्धामा पावेल ग्रुदिनिन थिए । उनले १२ प्रतिशत मात्रै मत प्राप्त गरेका छन् ।

यसैगरी केसेनिया सोब्चाक, भ्लादिमिर झिरिनावस्कीले क्रमशः २ र ६ प्रतिशत मत मात्र प्राप्त गरेका छन् ।

सोब्चाक रियाली टीभी कार्यक्रमको पूर्व प्रस्तोता हुन् भने झिरिनावस्की भेट्रान नेश्नलिस्ट नेता हुन् ।

पुटिनले सन् २०१२ मा ल्याएको मतभन्दा हालको मत बढी रहेको थियो ।

सो अवधिमा उनले ६४ प्रतिशत मत प्राप्त गरेका थिए । पुटिनको चुनावी अभियान टोलीले पुटिनको जितलाई ‘अविश्वसनीय’ भनेको छन् ।

राष्ट्रपति पुटिनको मत प्रतिशत आफैँ बताउने भन्दै अभियान टोलीका एकजना प्रवक्ताले रुसको इन्टरफ्याक्स समाचार संस्थालाई भने ‘यो जनतातेको पुटिन प्रतिको विश्वास हो, जुन भविष्यमा निर्णय गर्नका निम्ति पुटिनलाई आवश्यक पर्छ ।’

पुटिनले थुप्रै निर्णयहरू गर्नुपर्ने उनको भनाइ छ ।

...
मंगलबार, ५ चैत्र ०७४

प्रतिक्रिया

Related