जुम्लामा मदिरा र जुवातास नियन्त्रणः नियम मिचे कडा कारबाही

युवाहरुको सक्रियता बढ्दो, घरेलु हिंसा कम हुने अपेक्षा
निर्माण सञ्चार, जुम्ला | तातोपानी गाउँपालिका २ नम्बर वडा जर्मी गाउँका युवाहरुले गाउँमा जाड रक्सी तथा जुवातास नियन्त्रण अभियान सुरु गरेका छन् ।

समृद्ध जर्मी गाउँ बनाउने योजनाअनुसार युवा एकता तथा समाज सुधार समितिको पहलमा २ नम्बर वडा कार्यालयले मदिरा तथा जुवाताज बन्द गर्न सुचना समेत जारी गरेको छ ।

पुरुषहरुले फुर्सदको सयम मदिरा खाने तथा जुवातास खेल्ने गरेकोले यसलाई पुर्ण रुपमा नियन्त्रण गर्न वडा कार्यालयले सुचना प्रकाशन गरेको सम्बेदनशिल युवा एकता तथा समाज सुधार समितिका अध्यक्ष लाल बहादुर बुढाले बताए । उनकाअनुसार जर्मी गाउँमा रहेका होटल व्यवसायीहरुले अब मनपरि जाडरक्सी विक्रि वितरण गर्ने, जुवातास खेलाउने लगायतका काम गर्न पाउने छैनन् ।

उक्त सुचनाको बेवास्ता गर्दै जाडरुक्सी खाएर हल्ला गरेमा, जुवातास खेलाएको पाइएमा सुर्तीजन्य ऐन २०६८ अनुसार कावार्ही हुने २ नम्बर वडा अध्यक्ष कृष्ण बुढाले जानकारी दिए ।

उनले भने ‘गाउँ बनाउन युवाहरु सक्रिय भएपछि वडापालिकालाई सहज भएको छ ।’ युवाहरुको पहलमा जुवातास नियन्त्रण गर्न सुचना निकालेका छौँ ।

त्यसको कार्यान्वयन नगरेको भेटिए युवा समिति तथा वडा कार्यालयले नियमअनुसरा कावार्ही प्रक्रियाअघि बढाउने बताइएको छ ।

तातोपानीमा रहेका होटल व्यवसायीहरुलाई दर्ता प्रक्रियामा गरी रातिको ९ बजेसम्म मात्रै पसल खोल्न सुझाब दिइएको समितिका सल्लाहकार रुद्रसिंह मल्लले जानकारीले दिए ।

युवाहरुको अनुरोधलाई वेवास्ता गरी ९ बजेपछि होटल खोलेर होहल्ला गरेको पाइए कार्बाहि हुने समेत बताइएको छ ।

युवाहरुले योजनावद्ध रुपमा काम गरिहरेका छन् । सुचना जारी पछिको अबस्थामा कार्यान्वयन नगरेको भेटिए युवाले तीन चरणमा काबार्ही गर्ने उनको भनाई छ ।

जारी सुचनामा सार्वजानिक स्थलमा जथाभावी जाड खाई होहल्ला गर्ने जोकोहीलाई सार्वजानिक ऐन २०५६ अनुसार काबार्ही हुनेछ ।

तातोपानी धारामा बाहिरबाट जानेहरुले राती निकै हल्ला गर्ने जथाभावी बोल्ने लगायतका क्रियाकलप गर्ने भएकाले सुरक्षामा चुनौती देखिएको छ । अब त्यसरी हल्ला गरेको भेटिएमा पनि कार्बाहि हुने समितिले जनाएको छ ।

आफ्नो गाउँ आफै बनाउ भन्ने उद्देश्यले युवाहरुले गाउँमा विभिन्न रचनात्मक काम गर्दै आएको सल्लाहकार अर्जुन बुढाले बताए । जाड रक्सीले गाउँ घरमा भइरहेका घरेलु हिंसा कम हुने युवाहरुको अपेक्षा छ ।

जर्मी गाउँका सयौँ युवाहरु हरेक दिन समाज रुपान्तरणका लागि दिलो ज्यान दिएर लागेको बताए । यस कार्यमा सबै बुद्धिजीविहरुले साथ दिन आवश्यक रहेको बुढाले बताए ।

आर्थिक समाजिक, पारर्दशितामा जुटौ सारा, समृद्ध जर्मी गाउँ बनाउने हाम्रो अविभारा भन्ने नाराका साथ विभिन्न क्रियाकलाप भईरहेको समितिका उपाध्यक्ष लालचन्द्र चनराले बताए ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

मंगलबार, ६ फागुन ०७४

प्रतिक्रिया

Related