जुम्लाका गाउँबस्ती धमाधम छुईगोठ मुक्त हुँदैः धामी झाँक्री नै मुख्य अभियन्ता

अकालमै ज्यान जाने तथा महिला बलात्कृत हुने घटनाको अन्त्य हुने विश्वासः हर्षीत स्थानीय महिला
निर्माण सञ्चार, जुम्ला | “छुई हुँदा सात दिन गोठमा बस्नु आफुहरुलाई जेल जस्तो लाग्ने महिलाको अनुभव छ” । जुम्लाका ग्रामिण बस्तीहरु पछिल्लो समय धमाधम छुईगोठ मुक्त हुन थालेका छन् ।

विभिन्न किसिमका जनचेतनाले स्थानीयको आनीबानीमा आएको परिवर्तनका साथै सरकारी तथा गैरसरकारी निकायको पहलमा अहिले छुईगोठ मुक्त गाउँ हुने क्रम बढ्दो मात्रामा छ ।

गाउँमा रहेका महिला सहकारी तथा गैरसरकारी निकायहरुले दिएको जचनेतनाले छुई प्रथा एक प्रकृतिक प्रक्रिया हो भन्ने कुरो सजिलै रुपमा ग्रामिण महिलाहरुले बुझेकोले छुईगोठ मुक्त अभियानमा सहयोग मिलेको सर्वोदय नेपालका जिल्ला संयोजक कमल राज खत्रीले बताए ।

गोठमा बस्दा हुने विभिन्न जोखिमलाई मध्यनजर गर्दै छुईगोठ मुक्त गर्नु नितान्त आवश्यक विषय रहेको महिलाहरुको बुझाई छ । सामाजिक कुप्रथाका रुपमा रहेको छुई चलनले कति अकलामै ज्यान गएको छ भने कति बात्कृत हुनु परेको छ ।

यस्ता विभिन्न समस्या दोहोरिन नदिन विभिन्न निकायको पहलमा बस्तीहरु छुई मुक्त हुँदा स्थानीहरु हर्षित भएका छन् । छुई भएका बेला सातको जेल बसे जस्तै हुने आफ्नो अनुभव सुनाईन्, तिला ४ गंगा भण्डारीले ।

उनले भनिन् ‘अब सात दिने जेल बाट मुक्त भइने भइयो ।’ स्वास्थ्यको पनि सुरक्षा हुने भन्दै उनले खुसी व्यक्त गरिन् ।

महिलाहरुले छुई हुँदा सात दिन गोठमा बस्नु आफुहरुलाई जेल जस्तै हुने गरेको बताउने गरेका छन् । सोही क्रममा, जुम्लाको पातारासी गाउँपालिका ५ माथिल्होर्प गाउँका महिलाहरुले छुईगोठ मुक्त गरेका छन् ।

सदियौँदेखि समाजमा जगडिएर रहेको कुसंस्कार छुई भएको अवस्थामा गोठमा नबस्ने भन्दै मुक्त गरेका हुन् ।

माथिल्होर्प गाउँका महिला तथा पुरुषहरुको अगुवाई तथा पातारासी गाउँपालिका र सर्वाेदय नेपाल जुम्लाको प्राविधिक समन्वयमा उक्त गाउँ तथा बस्तीलाई सोमबार छुईगोठ मुक्त घोषणा गरिएको हो ।

छुईगोठ मुक्त अभियान कर्ता तथा कार्यक्रमकी सभाध्यक्ष दिपा बुढाले आजका मितिबाट हामी महिला ७ दिने जेलबाट मुक्त भएको बताइन् ।

उनले भनिन् ‘छुई अर्थात् महिनावारी भएको अवस्थामा हामी महिला ७ दिनसम्म छुईगोठमा विभिन्न कष्टका साथ रात विताउने गरेका थियौँ ।’ ‘अब हामी महिला सचेत भएका छौँ’, ‘महिनावारी भएको अवस्थामा छुईगोठमा बस्दा विभिन्न रोगबाट सक्रमित हुनुका साथै असुरक्षित हुने गरेकाले सरसफाई गरी घरभित्रै बस्ने अठोट गरेका छौँ,’ उनले भनिन् ।

पातारासी गाउँपालिकाका प्रशासकिय अधिकृत रामबहादुर बुढाले छुई अर्थात महिनावारी हुनु भनेको यो एक प्राकृतिक प्रक्रिया रहेको बताए ।

‘हामी सचेत नागरिकले समाज रहेको कुस्कारलाई न्यूनिकरण गर्दै सभ्य समाज निर्माण गर्नुपर्छ, अधिकृत् बुढाले भने ।’

छुईगोठ मुक्त अभियान्ता सर्बाेदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमलराज खत्रीले छुई अर्थात महिनावारी स्वभाविक प्रक्रिया हो, तर यसको गलत अर्थ लगाएर समस्या भएको बताए ।

उनले यो छुईप्रथालाई समाजबाट निर्मुलीकरण गर्नुपर्ने भन्दै यस अभियानलाई निरन्तरता दिनेमा जोड दिए । छुईगोठ मुक्त अभियान कर्ता सम्मानित छुईगोठ मुक्त अभियानकर्ता दुई जोडी सम्मानित भएका छन् ।

पातारासी गाउँपालिका ५ माथिल्होर्प गाउँका प्रकाश बोहोरा र उनकी पत्नि सुस्मा बोहोरालाई सम्मान गरिएको हो ।

त्यसैगरी, मष्टोका धामी दिपकबहादुर बुढा र उनकी पत्नि पुष्पा बुढालाई पनि सम्मान गरिएको वडाअध्यक्ष डिलबहादुर बुढाले बताए ।

सम्मानित अभियान्ताहरुलाई ढाँका टोपी र दोसल्लाह ओडाएर सम्मान गरिएको थियो । जुम्लाका सात गाउँबस्ती छुईगोठ मुक्त घोषणा जुम्लाका सात वटा गाउँबस्ती छुईगोठ मुक्त घोषणा भएका छन् ।

पातारासी गाउँपालिका वडा नम्बर ५ मा पर्ने माथिल्होर्प र लल्लोल्होर्प, तिला गाउँपालिकाको ढिमकोट, रावतवाडा र गोडीबाडा छुईगोठ मुक्त घोषणा भएका छन् । त्यसैगरी, तातोपानी गाउँपालिकाको श्रीनगर र हियाखोला छुईगोठ मुक्त भएका थिए ।

जुम्लाका सयौँ गाउँबस्तीमध्ये सात वटा गाउँबस्ती छुईगोठ मुक्त भएका हुन् ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

 ...

मंगलबार, ५ फागुन ०७४ 

प्रतिक्रिया

Related