ओली प्रधानमन्त्री भएपछि भित्रियो जलविद्युत्मा अर्बौंको चिनियाँ लागनीः २०१ मेगावाट आयोजनामा २० अर्बको लगानी स्वीकृत !

फागुन महिनामै २० अर्बको चिनियाँ लगानी स्वीकृत, चीनको २१ अर्ब हुँदा, भारतको २१ करोड मात्रै
निर्माण सञ्चार, काठमाडौं । प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीको आगमन भएपछि चिनियाँ लगानीकर्ता उत्साही भएको देखिएको छ ।

ओली प्रधानमन्त्री बनेपछि फागुनमा मात्रै २० अर्ब रुपियाँ लागनी स्वीकृत भएको छ । यो लगानी जलविद्युत् आयोजनाका लागि स्वीकृत भएको हो ।

चिनियाँ कम्पनी हाइड्रो चाइना कर्पोरेसनले रसुवाको पार्वतीकुण्ड गाउँपालिका र गोसाईकुण्ड गाउँपालिकामा विद्युत् उत्पादन गर्ने गरी २०१ मेगावाट क्षमताको आयोजना बनाउन २० अर्ब रुपियाँ लगानी स्वीकृत गराएको छ । चीनबाट जलविद्युत्मा यो ठूलो लगानी भित्रिएको हो ।

उद्योग विभागले फागनु महिनामा उक्त जलविद्युत् आयोजनाको लागि लगानी स्वीकृत गरेको हो । माघ महिनामा १८ करोड रुपियाँ विदेशी लगानीलाई विभागले स्वीकृत गरेको थियो ।

तर, ओली प्रधानमन्त्री हभएलगत्तै चिनियाँ लगानी ह्वात्तै बढेको छ ।

पछिल्ला दिनका गतिविधि हेर्दा भारतबाट भन्दा पनि चिनियाँ लगानीकर्ताहरु नेपालमा लगानी बढाइरहेका छन् ।

विभागका अनुसार फागुनमा १६ उद्योगमा २१ अर्ब रुपियाँ लगानी स्वीकृत भएको मध्ये फागुनमा उत्पादनमूलक उद्योगमा ५४ करोड रुपियाँ विदेशी लगानी स्वीकृत भएको छ।

माघ महिनामा भने उत्पादनमूलक क्षेत्रमा जम्मा ५० लाख रुपियाँ मात्र विदेशी लगानी स्वीकृत भएको थियो। त्यस्तै, सेवा क्षेत्रमा भित्रिए मध्ये फागुन महिनामा १२ करोड २५ लाख रुपियाँ लगानी स्वीकृत भएको छ ।

यही सेवामा गत माघमा १० करोड ४२ लाख रुपियाँ मात्र स्वीकृत भएको थियो ।

पर्यटन उद्योगमा फागुनमा ५१ करोड ३२ लाख रुपियाँ विदेशी लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ। पर्यटन क्षेत्रमै भने गत माघमा ६ करोड ६० लाख रुपियाँ विदेशी लगानी स्वीकृत भएको थियो ।

विभागका अनुसार फागुन महिनामा लगानी स्वीकृत गर्ने विदेशी उद्योगमा चीन र भारतका ५-५ वटा उद्योग रहेका छन्।

त्यसमा चिनियाँ तर्फबाट ५ उद्योगमा झन्डै २१ अर्ब रुपियाँ विदेशी लगानी स्वीकृत भएको छ भने यही अवधिमा भारतीयहरुको मात्र ५ उद्योगको २१ करोड रुपियाँ मात्र विदेशी लगानी स्वीकृत भएको छ।

कस्तो छ सरकारी योजना ?

अर्थमन्त्री बने लगत्तै डा युवराज खतिवडाले विदेशी लगानी ल्याउन आवश्यक सबै कानुन संशोधनको तयारी भइरहेको बताएका थिए।

उनले विदेशी लगानी भित्र्याउन लगानी बोर्ड ऐन, कम्पनी ऐन, विदेशी विनिमय ऐन लगायत लगानीकर्ताको लागि आवश्यक सबै कानुन संशोधन गरेर लगानीकर्तालाई अनुकूल वातावरण बनाउन सरकार तयार रहेको औंल्याउँदै पनि आएका थिए। १० अर्ब रुपियाँ भन्दा सानो विदेशी लगानी उद्योग विभाग र औद्योगिक प्रवर्द्धन बोर्डबाटै स्वीकृत गर्ने विधि छ ।

विगतमा स-साना पर्यटन उद्योगमा मात्रै विदेशी लगानी स्वीकृत गराउने चिनियाँ लगानीकर्ताले अहिले भने ठूला लगानीतर्फ आकर्षित भएको उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालको दाबी छ ।

उनले पछिल्ला दिनमा चिनियाँ लगानीका ठूला आयोजनाको अध्ययन भइरहेको पनि बताए ।

 

 

...

मंगलबार, ६ चैत, ०७४

 

प्रतिक्रिया

Related