डोल्पामा अझै ८० प्रतिशत छुवाछुत !

पहिलो पटक अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवसः दलितको हातबाट गैर दलितले पिए जुस र पानी
निर्माण सञ्चार, डोल्पा | अझै पनि जातका आधारमा विभेदीकरणको अन्त्य हुन सकेको छैन । मान्छेले मान्छेमाथिको अत्याचार हाम्रो समाजमा कायमै छ ।

सानो जात भएकै कारण विभिन्न समस्या भोग्नु पर्ने बाध्यता छ । मन्दिरदेखि धारा पधेरामा दलितको इच्छाअनुसार अहिले पनि खुलेर जान मिल्ने अबस्था छैन । जसले समाजको अगुवाई गर्छ उसका कारण नै यस्तो प्रथाले अझै बढुवा पाएको विज्ञहरुको भनाई छ ।

व्यवहार परिवर्तन नभएसम्म छुवाछुत अन्त्य शब्दमा मात्रै सिमित हुनेछ । यस्तै अबस्था डोल्पा जिल्लामा पनि अझै कायम रहेको छ । दुर्गम जिल्ला डोल्पामा पहिलो पटक ५३ औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस भव्य रुपमा मनाईएको छ ।

जिल्ला दलित संघर्ष समिति, डोल्पा दलित सशक्तिकरण केन्द्रको आयोजना तथा केड, क्लेप नेपाल र त्रिपुरा सुन्दरी नगरपालिकाको सहयोगमा पहिलो पटक डोल्पामा यो दिवस मनाईएको हो ।

जिल्ला स्तरीय रुपमा मनाईएको दिवसमा विभिन्न क्षेत्रबाट सहभागी भएका दलित समुदायले जातिय विभेद विरुद्धका सन्देसमुलक नाचगान, देउडा, नाटक, मुक्तकलगायत प्रस्तुतिहरु देखाइएको थियो ।

 दलितको हातबाट गैर दलितले पिए जुस र पानी

उक्त कार्यक्रममा दलित गैर दलित समुदायका सहभागिता रहेको थियो ।

कार्यक्रममा त्रिपुरा सुन्दरी नगरपालिका उप प्रमुख चन्द्रा कुमारीबुढा, त्रिपुरा सुन्दरी नगरपालिकाका वडा नं १ का स्थानीय समाजसेवी दिल बहादुर बिष्ट, अन्तरपार्टी महिला संञ्जाल डोल्पाकी अध्यक्ष काली चलाउने, त्रिपुरा सुन्दरी नगरपालिका २ का वडा अध्यक्ष नन्दबहादुर थापा लगायतका गैर दलितहरुले दलितको हातबाट जुस र पानी पिएर जातिय बिभेद न्युनिकरणको सन्देश दिएका थिए ।

अन्तरजातीय बिहे गर्नेलाई सम्मान कार्यक्रमा अन्तरजातीय विवाह गर्ने जोडिलाई दोसल्ला र टोपी लगाएर सम्मान गरिएको थियो ।

त्रिपुरा सुन्दरी नगरपालिका १ अन्तर्गत रल्ली गाँउका हरि कुलाल र हरिमाया थापालाई नगर उप प्रमुख चन्द्र कुरामारी बुढा र वडा नं १ का अध्यक्ष कर्मसिंह थापाले अविर र दोसल्ला ओडाएर संयुक्त रुपमा सम्मान गरेका थिए ।

डोल्पामा ८० प्रतिशत छुवाछुत कायमै डोल्पामा दलित अधिकार सम्बन्धि काम गर्दै आएको गैर सरकारी संस्था केड नेपालका प्रतिनिधि लिला टमाटाले डोल्पामा छुवाछुतको अवस्था भयावह रहेको बताए ।

उनका अनुसार आफुहरुले सर्वेक्षण अनुसार डोल्पामा अझै ८० प्रतिशत भन्दा माथि जातिय बिभेद रहेको पाइएको बताए ।

‘डोल्पामा मान्छे मरेको बेला क्रियापुत्री र उसका परिवारले दलितसँग कुरा समेत नगर्ने गरेको पाईको छ, यो एकदमै अमानविय व्यवसहार हो, यसको उन्मुलका लागि जिल्लाका सम्पुर्ण सरोकारवाला र बिशेष गरेर स्थानीय सरकार चनाखो हुनुपर्छ ।’ उनले भने ।

डोल्पाकै एक विद्यालयमा पढाउने शिक्षकहरु समेत दलित विद्यार्थीको हातबाट पानी नखाने गरेको पाइएको टमाटाले बताए ।

अझै पनि डोल्पाका मठ मन्दिर, धारा, कुवा लगायतका सार्वजनिक सम्पदाहरुमा दलितलाई प्रवेशमा रोक लगइएकोमा दलित अधिकारवादीले दुख व्यक्त गरेका छन् ।

डोल्पाको इतिहासमै पहिलो पटक भएको कार्यक्रममा दलितहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

बिहिबार, ८ चैत ०७४ 

प्रतिक्रिया

Related