बालाजु अटोवर्क्स प्रा. लि. द्वारा ‘उत्कृष्ट प्राविधिक’ प्रतियोगिता

निर्माण सञ्चार, काठमाडौं । अग्नि ग्रुप प्रा. लि. को आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवर्क्स प्रा. लि. ले हालै उत्कृष्ट प्राविधिक प्रतिपयोगिता सम्पन्न गरेको छ ।

उत्कृष्ट प्राविधिक प्रतियोगिता कम्पनीले महिन्द्रा एण्ड महिन्द्रा इन्टरनेशनलसँगको सहकार्यमा विगतका वर्षहरुदेखि गर्दै आएको छ । यो त्यसैको निरन्तरता हो । उक्त प्रतिपयोगिता यही मार्च १५ र १६ तारिख २०१८ मा सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा नेपाल अधिराज्यभरका महिन्द्राका डिलरहरुबाट सहभागी भएका थिए । प्रतियोगिताको पहिलो दिन तालिम प्रदान गरिएको थियो भने दोस्रो दिन प्रतियोगिता सम्पन्न गरिएको थियो । तालिमको संयोजन श्री सन्तोष पौडेलले र तालिम बलराम सत्यालले दिएका थिए ।

तालिममा सर्भिस म्यानवापरहरुलाई काम गर्ने तरिका, गुणस्तरीयताजस्ता प्राविधिक एवं आधारभूत विधि सम्बन्धी तालिम प्रदान गरिएको थियो ।

यो प्रतियोगिताको मुख्य ध्येय भनेको उपयुक्त प्रतिस्पर्धीको छनौट गरी आगामी दिनहरुमा तालिमको आवश्यकतालाई पहिचान गर्नु रहेको छ । २३ जना सहभागीबाट सिद्धान्त, प्रयोग र मौखिक गरी ३ प्रकारबाट छनोट गरिएको थियो ।

उक्त प्रतिस्पर्धात्मक कार्यक्रममा श्री अष्ट नारायण महर्जन ए एम अटोमोबाइलस, बल्खु विजयी भएका थिए भने पहिलो रनरपका रुपमा श्री अनुप कुमार मिश्र, गणपुर अटोवक्र्स, नेपालगञ्ज र दोस्रो रनरअप श्री मणिराम चौधरी, दक्षिणकाली इन्कर्पोरेटेड, धनगढी भएका थिए ।

पहिलो र दोस्रो रनरअपका विजयीहरुलाई आयोजकले ट्रफी, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेको थियो भने सहभागी सम्पूर्ण प्रतिस्पर्धीहरुलाई सहभागीताको प्रमाण पत्र वितरण गरिएको थियो ।

उक्त समारोहमा कम्पनीका कन्ट्री म्यानेजर तपस पटनायक, शिवसुदन श्रेष्ठ (एजिएम अग्नि) तथा प्रमोद क्षेत्री (वि एम वीरगञ्ज) को गरिमामय उपस्थिति रहेको थियो ।

...

शुक्रबार ९, चैत्र ०७४

प्रतिक्रिया

Related