चीन–अमेरिका ‘ ट्रेड वार’: वदला लिदैँ उत्रिए यी देश

चिनियाँ नीतिमाथि अमेरिकाले गरेको अनुसन्धानमा चीनबाट अन्यायपूर्ण काम भएको पुष्टि
निर्माण सञ्चार, काठमाडौँ | पछिल्लो समयमा चिन र अमेरिका एकअर्कामा ट्रड वदला लिइरहेका छन् । अमेरिकी कम्पनीहरुको ‘इन्टेलेक्चुअल प्रोपर्टी’ चीनले अनुचित रुपमा चोरी गरेको भन्दै ट्रम्पले आरोप लगाएको छन् ।

सोहीकारण चिनियाँ सामाग्री आयातमा उनले ६९ अर्ब डलरको ट्यारिफ लगाउने निर्णय गरेको छ । चीनले भने अमेरिकामा गर्ने लगानीलाई नै सिमित गर्ने निर्णय गरेको छ ।

चिनियाँ अर्थव्यवस्थाले अन्यायपूर्ण चुनौती तेर्स्याएकोले सोही बदलामा अमेरिकी सरकारले ‘उचित कदम’ उठाएको ह्वाइट हाउसले जानकारी दिएको छ ।

चीनले पनि अमेरिकाबाट आउने वाइन, इथानोल तथा स्याउमा ट्यारिफ लगाउने भएको छ । यसबाट ट्रम्पले २०१६को निर्वाचनमा समर्थन पाएका कृषि पेकट क्षेत्रमा असर पर्ने बताइएको छ ।

गत वर्ष उक्त उत्पादनको खरिदमा चीनले एक अर्ब डलर खर्चिएको थियो ।

अब चीनले ती उत्पादनहरु आयात गर्दा १५ प्रतिशत ट्यारिफ लगाउने भएको छ ।

यस्तो कदम अमेरिकाले आल्मुनियममा लगाएको १५ प्रतिशत ट्यारिफको बदलामा गरिएको चीनको बाणिज्य मन्त्रालयको बताएको छ ।

त्यसैगरी, पोर्क तथा आल्मुनियम स्क्रयापमा पनि चीनले २५ प्रतिशत ट्यारिफ लगाउने तयारी समेत गरेको जनाइएको छ ।

उक्त घटनाले अब ‘ट्रेड वार’को खतरा बढेको अनुमान गरिएको छ । ट्रम्पले यसअघि चीनलाई असर पर्ने गरी स्टिल तथा आल्मुनियम लगायत धेरै विदेशी सामाग्री आयातमा प्रतिबन्ध लगाइसकेका छन् ।

चीनसँगको सम्झौतामा ट्रम्प पूनर्विचार गर्ने अवस्थामा पुगेको बताइएको छ । तर अन्य देशहरुले भने सहकार्य जारी राख्ने गरी द्धिपक्षीय हितका सम्झौता पालना गर्ने आशा रहेको बताएका छन् ।

गत अगस्टमा चिनियाँ नीतिहरुमाथि अनुसन्धान गर्न ट्रम्पले आदेश दिएका थिए ।

ह्वाइट हाउसका अनुसार ‘३०१–इन्भेस्टिगेसन’ नाम दिइएको अनुसन्धानपछि चीनबाट धेरै अन्यायपूर्ण कामहरु भैरहेको पत्ता लागेको थियो ।

विदेशी स्वामित्वमा प्रतिबन्ध लगाउने जस्ता नीति लिएको चीनका कारण कम्पनीहरुमाथि टेक्नोलोजी ट्रान्सफर गर्ने दबाब रहने देखिएको थियो ।

अमेरिकाले गरेको अनुसन्धानका क्रममा चीनले अमेरिकी कम्पनीहरुमाथि शर्त लाद्ने गरेको तथा रणनीतिक रुपमा महत्वपूर्ण मानिएका अमेरिकी कम्पनीहरुमा लगानीको अवरोध सिर्जना गर्ने गरेको ह्यावइट हाउसले जानकारी दियो ।

साथै साइबर हमला गराउने तथा यस्ता साइबर हमलाको समर्थन गर्ने प्रमाण समेत फेला पारेको ह्वाइट हाउसको भनाइ छ ।

ह्वाइट हाउसका अनुसार अमेरिकाले चीनका एक हजार भन्दा बढी उत्पादनहरुको सूचि बनाएको छ जसमाथि शुल्क लगाउन सकिन्छ ।

अन्तिम सूचि लागू गर्नुअघि व्यापारीहरुलाई यसमाथि आफ्नो भनाई राख्ने मौका भने दिने बताइएको छ ।अमेरिकाले डब्लुटिओमा समेत चीन बिरुद्ध अन्यायपूर्ण लाइसेन्स शर्तका बारेमा कम्प्लेन गर्ने जनाएको छ ।

अमेरिकाको आर्थिक भविष्यका लागि अमेरिकी प्रविधिलाई जोगाउन यो कदम चाल्न अत्यावश्यक रहेको अमेरिकाका ट्रेड नेगोसिएटर रोबर्ट लाइटले दाबी गरे ।

अमेरिकाको त्यस्तो कदमप्रति चीनको वाणिज्य मन्त्रालयले भने नयाँ शुल्क फेस गर्न तयार भएको प्रतिक्रिया दिएको छ ।

तर, चीनको हितमाथि नोक्सान पुगेमा चीन चुप नलाग्ने मन्त्रालयले चेतावननी दिएको छ ।

...

मंगलबार, १३ चैत २०७४ 

प्रतिक्रिया

Related