दोस्रो सहकारी सम्मेलन : दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी

निर्माण सञ्चार, काठमाडौं | राष्ट्रिय सहकारी महासंघ नेपाल र नेपाल सरकारको संयुक्त आयोजनामा काठमाडौंमा चैत्र २१ र २२ गते दोस्रो सहकारी सम्मेलन हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा (ओली) प्रमुख अतिथि रहने उक्त कार्यक्रममा स्वदेश तथा विदेशबाट गरी एक हजार सकारी अगुवाहरुको उपस्थिति रहने आयोजकले बताएको छ ।

राष्ट्रिय सहकारी महासंघ नेपालले गत विहीबार प्रेस विज्ञप्ति जारी गरी दोस्रो सहकारी सम्मेलनले नेपालमा हालसम्म सहकारी अभियानले हासिल गरेको उपलब्धिको बारेमा सिंहावलोकन गर्ने उद्देश्य राखेको बताएको छ ।

उक्त सम्मेलनमा सहकारीसँग सम्बन्धित विभिन्न विषयमा विज्ञहरुले कार्यपत्र समेत प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

हालसम्म नेपालमा ३४ हजार ५ सय १२ सहकारीमा ६३ लाख नागरिक प्रत्यक्ष रुपमा आवद्ध रहेका छन् ।

...

आइतबार, ११ चैत ०७४ 

प्रतिक्रिया

Related