कर्णालीमा अझै महिला हिंसाः अधिकारकर्मी नै पीडित !

कर्णालीमै पहिलोपटक– जुम्लाको कोइरेलीगाउँ महिला हिंसामुक्त घोषणा
निर्माण सञ्चार, जुम्ला | कर्णालीका महिला शिक्षा नपाएर परम्परागत देखि नै पिछडिएका छन् । त्यसमा पनि पुरुषप्रधान देश नेपालमा महिलाहरु हरेक क्षेत्रमा उपेक्षित भइरहेका छन् ।

एकै घरभित्र समेत छोरा र छोरीमाथि गरिने व्यवहारमा समान हुने गरेको छैन । सामाजिक परम्परा कुसंस्कार लगायतको उपज नै कर्णालीका महिलाहरु अझै हिंसामा छन् । सामाजिक, आर्थिक, नैतिक हिंसा महिलाहरुले भोगीरहेका छन् ।

सभा सम्मेलनमा महिलाअधिकारका विषयमा चिप्ला भाषण गर्ने पुरष नै बढी महिला हिंसा गर्दछन् भने महिला अधिकारकर्मी नै आफैँ पिडित भईरहेको अबस्था छ ।

परिवर्तन आफैँबाट गर्नुपर्छ भन्ने सोचको अभावले महिलाहरु पीडित भएका छन् ।

विभिन्न निकायले महिला अधिकार तथा हिंसाका बारेमा बताए पनि बुझेजस्तो गरेता पनि अबस्था भने उस्तै छ कर्णालीका महिलाको ।

आफुमाथि हिंसा भएमा सहजै उजुरी दिनसक्ने क्षमता विकास महिलामा अझै भएको छैन ।

सोही सन्दर्भमा जुम्ला हिमा गाउँपालिकाले यहाँको २ वडा कोइरेली गाउँलाई सबै प्रकारका हिंसामुक्त बस्तीका रुपमा घोषणा गरिएको छ ।

गाउँपालिकाको आयोजनामा उक्त बस्तीलाई हिंसामुक्त घोषणा गरिएको हो ।

छाउपडिको अन्त्य भएको, महिला कार्यबोझ कम भएको, महिला पुरुष समान रुपमा काम हुने गरेको र गाउँ/समाज भेदभाव रहित भएको भन्दै महिला हिंसामुक्त गाउँका रुपमा घोषणा गरिएको हो ।

अन्य गाउँपालिका भन्दा अलि फरक सोचका साथ कर्णालीमै हिंसामुक्त गाउँ घोषणा गर्ने यो पहिलो गाउँपालिका हो । तर यसको प्रभावकारी कार्यान्वयनका विषयमा पनि उतिकै सवालहरु उठेका छन् ।

यस विषयमा गाउँपालिका अध्यक्ष रज बहादुर शाहिले भने ‘अब पनि हिंसा भयो भनेर न्यायीक समितिसम्म कुरा आए कानुनमा तोकिए अनुसार कार्बाही हुनेमा कुनै दुईमत छैन ।

कोईरेली गाउँका ३५ घरधुरीमा २ सय ४४ जनसंख्या छ । उक्त कार्यक्रममा स्वास्थ्य किड वाल्टिन, नङकाट, रुमाल, ड्रम लगायतको अत्यावश्यक स्वास्थ्य सामाग्री वितरण गरिएको थियो ।

जिल्लाकै समृद्ध गाउँ निर्माणका लागि पाँच बर्षे रणनीति योजना बनाएर अघि बढेको हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताइन् ।

उनकाअनुसार यो गाउँ पहिलेदेखि नै नमुना गाउँका रुपमा अघि बढेको थियो ।

उपाध्यक्ष हिमाली रोकायाले भनिन् ‘यस गाउँलाई हरेक हिसाबले नमुना बनाउनका लागि परेको परेका छौँ’, शिक्षा, स्वास्थ्य, सरसफाई, कार्यबोझ कम भएको अब्बल गाउँका रुपमा परिचय दिन थालिएको छ ।’

गाउँमा होमस्टे बनाएर नाग्म गमगडी सडक खण्डमा हेर्न उपयुक्त बस्ती निर्माण गर्ने गाउँपालिकाको योजना तय भएको छ ।

उक्त गाउँपालिकालाई सबैभन्दा सानो र कामका हिसाबले निकै उत्कृष्ट गाउँका रुपमा हेरिदै आएको छ ।

महिला अधिकारकर्मी लक्ष्मी कन्य बुढाले गाउँका महिला र पुरुष सबैको हेर्ने नजर अन्य गाउँको भन्दा भिन्न रहेको बताईन् ।

‘सोच सकारात्मक छ, केही गरौँ भन्ने भावना छ’, उनले भनिन् ‘गाउँपालिकाले समयमै हिंसामुक्त गाउँको रुपमा घोषणा गर्दा निकै न्याय भएको छ ।’

समृद्ध गाउँ आफैँ बनाउन भन्ने अभियानलाई सार्थक निष्कर्षमा पुर्याउँदै स्थानीय सरकारको सहयोग र साथलाई कहिल्यै नबिर्सिने स्थानीयले बताएका छन् । गाउँका प्रत्येक घरमा शौचालय छन् ।

खानेपानीको अवस्था मजबुद रहेको छ । जुम्लामा एक नगरपालिका सहित ७ वटा स्थानीय तह भएकोमा सबै प्रकारका हिंसामुक्त गाउँ घोषणा भएको यो पहिलो गाउँ हो ।

घोषणा गर्नु मात्रै ठुलो कुरो होइन । यसको कार्यान्वयन पक्ष पनि उतिकै चुनौतीपूर्ण छ । तर, सबै स्थानीय तहले यस्तैखाले रणनीति अपनाई अगाडी बढे यस्ता घोषणाले पक्कै पनि मुर्त रुप लिने नागरिक समाजका अध्यक्ष राज बहादुर महतले बताए ।

उनका अनुसार कानुन मात्रै बन्यो तर, कार्यान्वयन फितलो हुँदा समस्या बढ्दै छन् । यो हिंसा मुक्त अभियनालाई सार्थक पार्न सबै निकाय सक्रिय भएर लाग्न पनि उनको सुझाब छ ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

आइतबार, ११ चैत ०७४ 

प्रतिक्रिया

Related