ब्युटी टिप्सः घरमै बसेर यसरी चम्काउनुस् मुहार

निर्माण सञ्चार, काठमाडौँ | अनुहार चम्किलो बनाउन मानिसहरु ब्युटी पार्लर, चिकित्सक लगायत ठाउँमा धाइरहेका हुन्छन् ।

अनुहारकै लागि धेरै रकम खर्च गर्दा पनि उनीहरुको अनुहारमा चमक आएको हुँदैन ।

यसकारण मानिसहरुमा झनै चिन्ता बढिरहेको हुन्छ । तर, कतिपय यस्ता सामाग्री र प्रयोगहरुले पनि मानिसका छालामा प्रतिकुल असर पर्ने गरेका छन् ।

यसकारण साइड इफेक्ट नहुने गरि घरमै पनि सौन्दर्यका विभिन्न तरिकाहरु अपनाउन सकिन्छ । जसले अनुहार चमकाउन मद्दत गर्छ ।

यस्ता छन् ‘ब्युटि’ टिप्स

१. एक चम्चा मह अनुहारमा लगाउने (यसमा ४–५ थोपा कागतीको रस मिलाउन सकिन्छ ।) १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ ।

२. दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने । त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने । सो लेदोमा काचो दूध घोलेर पातलो लेप बनाएर अनुहारमा लगाउने । करीब २० मिनेटपछि अनुहार पखाल्ने । हप्तामा एकपटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ।

३. पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ ।

४. डार्कसर्कल हटाउन आँखाको वरिपरी काँचो आलुको टुक्राले हल्का मसाज गर्ने ।

५. अनुहारमा चाया पनि आएको छ भने काक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ ।

६. काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ।

७. निमको पातलाई पिसेर लेदो बनाएर लगाउँदा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ । यसले डन्डिफोर हटाउन पनि मद्दत गर्छ ।

८. काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।

९. एभोकाडोको लेप बनाई १५ मिनेट लगाउँदा अनुहार सफा र चम्किलो बनाउँछ ।

१०. अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ ।

११. सुन्तलाको बोक्रलाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने । यसलाई फेसवासको रुपमा प्रयोग गर्ने । यसले अनुहारमा चमक दिन्छ ।

...

आइतबार, ११ चैत ०७४ 

प्रतिक्रिया

Related