गण्डकी पोलिटेक्निक इन्स्टिच्युटद्वारा इलेक्ट्रिसियनलाई तालिम

निःशुल्क ४० जनालाई तालिम दिइनेः आत्मनिर्भर बनाउने उद्देश्य
निर्माण सञ्चार, काठमाडौँ | नेपालमा लामो समयसम्म कुनै क्षेत्रमा काम गरिरहेका व्यवसायी भएता पनि तालिम प्राप्त नहुँदा उनीहरुको काम फितलो बन्ने गरेको छ ।

अन्य क्षेत्रको भन्दा संवेदनशील हुने इलेक्ट्रिकल काममा अझै बढी दक्ष हुनपर्ने हुँदा यस अन्तर्गतका तालिम लिन अति आवश्यक हुन्छ ।

नेपालमा यसको अभ्यास कमजोर भएकाले नै इलेक्ट्रिकल खतरा बढ्दा मानिसको ज्यान समेत गईरहेको छ ।

साथै सोही क्षेत्रमा काम गर्न जाँदा आफ्नो हातमा सीप भएता पनि प्रमाणीकरण नहुँदा सो क्षेत्रमा दक्ष वा अदक्ष छुट्याउन नसक्दा व्यसायी मारमा पर्ने गरेका छन् । यस्ता किसिमका समस्या विना नै युवाहरुलाई आत्मनिर्भर बनाउन गण्डकी पोलिटेक्निक इन्स्टिच्युट प्रा.लि.ले विल्डिङ इलेक्ट्रिसियनलाई तालिम दिने भएको छ ।

नेपाल सरकारको एक मात्रै प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद (सिटिइभिटी)को स्वामित्वमा रहेको पोलिटेक्निक इन्स्टिच्युटले विल्डिङ इलेक्ट्रिसियन (तह २) विषयमा तालिम दिन लागेको हो ।

दिगो र सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजनाको सहयोगमा १६९६ घण्टा लामो सीपमूलक तालीम दिइने आयोजक कमिटिका दिपक राज पौड्यालले जानकारी दिए ।

उनकाअनुसार निःशुल्क ४० जनाको समूहलाई दिइने तालिम आउँदो आइतबार (१८ गते)बाट सञ्चालन गरिने छ ।

उक्त तालिम दलित महिला र पुरुषलाई उच्च प्राथमिकतामा राखिएको छ । 

साथै तालिममा सहभागिलाई तालिमपछि प्रमाणपत्र उपलब्ध गराउने आयोजक कमिटिले बताएको छ ।

साथै सबै जातजातीका गरिब महिला, अपाङ्ग, एकल महिला पुरुष, गरिब मधेसी पुरुष, जनजाती समूह, अतिसिमान्तकृत, पूर्व कमैया तथा अन्य जाति र जिल्लाका गरीब पुरुषलाई पनि प्राथमिकतामा राखिएको छ ।

पोलिटेक्निक इन्स्टिच्युट सहित इन्सियोर, हेल्भिटास लगायतको सहकार्यमा गर्न लागिएको कार्यक्रममा नेपाली नागरिक हुनपर्ने बताइएको छ ।

...

सोमबार, १२ चैत ०७४ 

प्रतिक्रिया

Related