विश्वमै उत्कृष्ट लिफ्टमा गनिन्छ अटोर्स –इन्जिनियर सन्जीव प्रसाद शाह

लिफ्ट विक्रेताले समयमै सर्भिसिङ तथा मेन्टिनेन्सको सेवा नदिएका कारण उपभोक्ता मारमा
निर्माण सञ्चार, काठमाडौँ | मानव जीवनले आधुनिकता रुचाएसँगै विश्वमा विभिन्न बस्तुको आविष्कार हुँदै गएको छ ।

आजको आधुनिक र व्यस्त जीवनलाई सरल र सहज बनाउनका लागि पनि ठूला ठूला व्यापारिक भवन, अस्पताल तथा होटलहरुमा लिफ्टको प्रयोग दिनानुदिन बढ्दै गैरहेको छ ।

लिफ्टको प्रयोगले समयको व्यवस्थापनमा सहयोग पुग्नुका साथै उक्त भवनको सौन्दर्यमा समेत वृद्धि गर्ने बताउँछन् ई सन्जीव प्रसाद शाह ।

नेपालमा पनि दिनानुदिन ठूला ठूला व्यापारिक कम्प्लेक्स तथा होटलहरुको निर्माण हुने क्रम बढ्दो छ ।

त्यसैले, भवन निर्माणकर्ताले निर्माण गर्दै गरेको भवनमा कस्ता लिफ्टको प्रयोग गर्ने भन्ने कुरा उक्त व्यक्तिको चेतनाको स्तर र उसको बजेटिङले निर्धारण गर्ने एलिभेटर व्यवसायीहरु बताउँछन् ।

नेपालमा पनि विभिन्न देशबाट विभिन्न ब्राण्डका लिफ्ट आयात हुने क्रम बढ्दो छ । समय समयमा ठूला भनिएका विज्नेस कम्लेक्समा नै पनि यात्रुहरु थुनिनुपर्ने समस्या छ ।

समयमा लिफ्ट विक्रेताले सर्भिसिङ तथा मेन्टिनेन्सको सेवा नदिएका कारण उपभोक्ताहरु यस्ता मारमा परेका छन् । नेपालमा लामो समयदेखि निर्माण क्षेत्रमा राम्रो छवि बनाउन सफल भएका ई सन्जीवप्रसाद शाह भने अटोर्सको विक्री पछिको सेवामा कुनै चिन्ता लिनु नपर्ने बताउँछन् ।

उनले भने ‘सामान्य अवस्थामा काम गर्दा हामीले हरेक परियोजना समयमा नै सकेको र उक्त क्लाइन्टसँग पनि सुमधुर सम्बन्ध रहेको छ ।’ निर्माण सञ्चारसँगको कुराकानीमा शाह भन्छन् –लिफ्टको खरिद पूर्व विभिन्न कुरामा ध्यान दिन जरुरी हुन्छ ।

जस्तै उक्त लिफ्ट कुन देशबाट र कस्तो उत्पादक कम्पनीबाट नेपालमा आयात भएको हो र नेपालमा उक्त लिफ्टको आयातकर्ताको व्यवसायिक छवि कस्तो छ भन्ने कुराले कम्पनीले दिने सेवा सुविधाका बारेमा विश्वस्त हुन सकिन्छ ।

नेपालमा अटोर्स एलिभेटरको आधिकारिक विक्रेताका रुपमा वल्र्ड ट्रेड विज्नेस कन्सनले अटोर्स लिफ्टको विक्री वितरण सुरु गरेको छ ।

अटोर्सको बजार मूल्य हालका लागि न्यूनतम २० लाख देखि अधिकतम ३० लाख सम्म रहेको कम्पनीले बताएको छ ।

...

सोमबार, १२ चैत ०७४ 

प्रतिक्रिया

Related