भूकम्प प्रतिरोधी घर बनाउने प्रतियोगिता मेला सुरु,इन्जिनियरले दिए घरका नयाँ मोडेल

 

निर्माण सञ्चार ।

नेपाल इन्जिनियर्स एसोसियसनको आयोजनामा बुधबारदेखि १८ गते पुसको शनिबारसम्मका लागि भूकम्प प्रतिरोधी घरका मोडेल प्रतियोगिता तथा प्रदर्शनी सञ्चालन भइरहेको छ ।

भूकम्पपछिको पुनःनिर्माणलाई लक्ष्य गरी भूकम्प प्रतिरोधी घर तथा भवनहरुको प्रदर्शनी रहेको यो कार्यक्रममा उत्कृष्ट मोडेल दिन सक्ने प्रतियोगी इन्जिनियरलाई पुरस्कृत समेत गरिने नेपाल इन्जिनियर्स एसोसियसनका अध्यक्ष ध्रुव बहादुर थापाले निर्माण सञ्चार डट कमलाई बताए ।

भूकम्पबाट भत्केका घर तथा भवनहरुको अब पुनःनिर्माण कार्य अघि बढ्ने बेला भएको बताउँदै आयोजक एसोसियसनले सरोकारवाला संस्था, सरकार तथा भूकम्प पीडित जनतालाई समेत सचेतना हुने गरी यो कार्यक्रम आयोजना गरिएको बताएको छ । अब गाउँ गाउँमा नयाँ बस्ती बनाउन अबेर भइसकेको बताउँदै एसोसियसनका अध्यक्ष थापाले भूकम्प प्रतिरोधी आवास तथा घर कसरी बनाउने, सस्तो तर गुणस्तरीय घर कस्तो हुने, गुणस्तरीइ निर्माण सामग्री चयन कसरी गर्ने, सिमेन्टदेखि इँटासम्मको गुणस्तरीयता कसरी जान्ने समेतका कुराहरु एसोसियसनले टिचिङ गर्ने समेत आयोजकले बतायो ।

एसोसियसनको परिसरमा भइरहेको भूकम्प प्रतिरोधी नमूना घर प्रदर्शनी तथा प्रतियोगितामा गाउँमा अब कस्ता घर निर्माण गर्ने भनेर विभिन्न नक्सा सहितका घरका डिजाइनहरु प्रस्तुत गरिएको छ । भत्केका पुराना घरकै सामग्रीको पुनःप्रयोग गरेरै ग्रमीण क्षेत्रमा कसरी भूकम्प प्रतिरोधी घर अथवा भवन निर्माण गर्न सकिन्छ भन्नेबारे ८५ वटा डिजाइन प्रतियोगितामा प्रस्तुत गरिएका छन्।

प्रतियोगितामा १५ जना विद्यार्थी तथा ७० जना प्रोफेसनल आर्किटेक्ट र इन्जीनियरहरुले भाग लिएको पनि एसोसियसनका अध्यक्ष थापाले बताए । उत्कृष्टलाई पुरस्कार उक्त प्रतियोगितामा उत्कृष्ट हुने १८ लाई नेपाल इन्जिनियरिङ एसोसियसन्ले पुरस्कृत समेत गर्ने भएको छ। पुरस्कारको राशी ७५ हजार दुई लाख रुपियाँ सम्म रहेको छ ।

उत्कृष्टताको क्राइटेरिया भित्र रहने १४ जना प्रोफेसनल आर्किटेक्ट इन्जिनियर तथा ४ जना विद्यार्थी यस प्रतियोगिताबाट उत्कृष्ट ठहरिने आयोजकले बतायो । सो प्रतियोगिताको उत्कृष्टता जाँच गर्न आवास सम्बन्धी विभिन्न विधाका विशेषज्ञहरु रहेको ११ सदस्यीय निर्णायक समिति समेत को पनि गठन गरिएको छ भने प्रतियोगितमा सहभागीहरुले घरको नमुना, नक्सा र मूल्य समेत राखिदिएका छन् ।

राखिएका घरका नमूनाहरु ४ देखि १० लाख रुपियाँ भित्रमा निर्माण हुने खालका डिजाइन रहेका छन् । रहेको जानकारी गराए ।

प्रतिक्रिया

Related