कास्कूनले गर्दैछ संघीय संरचनामा सहकारी व्यवस्थापन विषयक एक दिने गोष्ठी

निर्माण सञ्चार, काठमाडौं| काठमाडौं बचत तथा ऋण सहकारी संघ लिमिटेडले ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर चैत्र १६ गते एक दिने गोष्ठी गर्ने भएको छ ।

काठमाडौँमा सञ्चालन गरिने उक्त गोष्ठी सहकारीकर्मीहरुका बीचमा गरिने बताइएको छ ।

राज्य संघीय संरचनामा गएको अवस्थामा सहकारीको व्यवस्थापन कहाँ र कसरी गर्ने भन्ने जल्दो बल्दो बहसको विषय बनेको हुँदा कास्कूनले यो कार्यक्रमको आयोजना गरेको हो ।

रक्षा मन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि रहने उक्त कार्यक्रममा काठमाडौंका करिब ५०० सहकारीकर्मीको उपस्थिति रहने आयोजकले बताएको छ ।

निर्माण सञ्चारसँगको कुराकानीमा कास्कूनका व्यवस्थापक अरुण कुमार तिवारीले कार्यक्रममा सहकारी विज्ञहरुले कार्यपत्र समेत प्रस्तुत गर्ने बताए ।

सहकारीले छरिएर रहेको निक्षेपको संकलन गर्न तथा रोजगारी सिर्जना गर्न सहयोग पुर्याउँदै आएको सहकारी कर्मीहरुको भनाइ छ ।

...

बुधबार १४ चैत २०७४ 

प्रतिक्रिया

Related