सडकको कालोपत्रे गर्न तात्यो विराटनगर, कहीले सिक्ने काठमाडौँ महानगर ?

सबै सडक ५ वर्ष भित्रै सक्ने महानगरको उद्देश्य
निर्माण सञ्चार, काठमाडौँ | विराटनगर महानगरपालिकाले तीन ठूला आयोजनामार्फत नगर क्षेत्रभित्रका ७०० किलोमिटर सडकको कालोपत्रे गर्ने काम अगाडी बढाएको छ ।

जसअन्तर्गत सहरी सघन विकास कार्यक्रम, साना तथा मझौला सहर वातवारण विकास परियोजना तथा क्षेत्रीय विकास परियोजनासहित महानगरपालिका सयुक्त रुपमा विकास निमार्णका कामलाई अगाडि बढाएको हो ।

सबै सडकमध्ये २०० किलोमिटर सडकको कालोपत्रे भने यसै आर्थिक वर्षबाट सुरु गरेर २०७६ सम्ममा सक्ने उद्देश्य लिइएको छ ।

सोही उद्देश्य अनुसार हाल उक्त सडकको काम तीव्र रुपमा अघि बढेको महानगरले बताएको छ ।

जसमा यसैवर्षदेखि पहिलो पल्ट ४० एमएमको एसफल्ट कंक्रिट प्रयोग गरी सडक कालोपत्रेको काम सुरु गरिएको महानगरको भनाई छ ।

उक्त प्रविधि गुणस्तरको हिसाबमा बलियो र टिकाउ मानिएको महानगरपालिकाका वरिष्ठ इन्जिनियर भरत न्यौपानेले जानकारी दिए ।

हाल १५६ किलोमिटर कालोपत्रे, ३६० किलोमिटर ग्राभेल र २०० किलोमिटर सडक कच्ची सडक रहेका छन् । ती सबै सडक अवको पाँच वर्षभित्रै कालोपत्रे गर्ने महानगरपालिकाको उद्देश्य रहेको छ ।

महानगरले सडक निर्माण गर्ने कार्यमा प्राद्यकिरणको असहयोग गरेको बताएको छ ।

सडक र ढल निर्माणको काममा विद्युतीय खम्बाले अवरोध पुर्याएको भन्दै महानगरले पटकपटक प्राधिकरणसँग आग्रह गर्दा पनि नटेरेको दाबी गरेको छ ।

सडक निर्माण हुन नसक्दा वर्षौदेखि विवाद खेप्दै आएको विराटनगर महानगरले बल्ल यस वर्षबाट निर्माण थालेको हो । त्यस्तै, काठमाडौँ महानगरका सडक पनि वर्षौदेखि वेवारिसे अवस्थामा छन् ।

कतै कालोपत्रे उप्किएर सडक भत्किएका छन् त कतै सडक खाल्डो परेका छन् । यसले गर्दा सवारी दुर्घटना पर्नुका साथै पैदल यात्रु धुलो तथा हिलोको सास्ती भोग्न बाध्य छन् ।

यसै वर्षबाट विराटनगरले चालेको कदम झैँ काठमाडौँ महानगरले पनि सडक निर्माण कार्यलाई तत्काल तीव्र रुपमा अगाडि बढाउन अति आवश्यक छ ।

...
मंगलबार १३ चैत २०७४

प्रतिक्रिया

Related