पञ्चकन्याको २ दिने प्लम्बर तालिम सम्पन्न

सय भन्दाबढी प्लम्बर तालिममा सहभागी
निर्माण सञ्चार, काठमाडौँ । पानीको पाइप जडान, ढल निकासी जडान र यसका क्षेत्रमा भएका समस्या अनिगिन्ती छन् ।

विज्ञ प्लम्बर नहुँदा घर नै विरुप हुने गर्छ । वालभित्र जडान गरिएको पाइपबाट पानी आएन भने वाल नै फोरेर पाइप मर्मत गर्नुपर्ने झन्झट हुन्छ । त्यसो गर्दा घरको संरचना नै कमजोर हुन्छ । यसैगरी बजारमा धेरै प्रकारका पाइपहरु पाइन्छन् ।

करोडौँ खर्चेर घर बनाउने तर पाइप राख्ने कुरामा उपभोक्ता सचेत भएनन् भने आफैँलाई क्षति हुन्छ । यसलाई ध्यानमा राखेर सिटिइभिटीबाट प्रमाणपत्र लिएर काम गरिरहेका दक्ष प्लम्बरलाई बालाजु औद्योगिक क्षेत्र बालाजुमा पञ्चकन्याको २ दिने प्लम्बर तालिम चैत्र १५ र १६ गते तालिम दिएको हो ।

पाइप फिटिङ, पाइप फुटेर निम्तिएको समस्या, पाइप कस्तो ठाउँमा राख्ने भन्नेजस्ता विषयवस्तुमा केन्द्रित भइ शिक्षण गराइएको आयोजकले बताएको छ ।

तालिम केका लागि ?

प्लम्बिरङका क्षेत्रमा काम गरिरहेका प्लम्बरलाई नयाँ प्रविधिको बारेमा जानकारी गराउनका लागि यो तालिम दिइएको हो । बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका अफिसर  रनबहादुर सिटौैलाले भने, ‘हामीले दिएको यो तालिम सिटिइभिटीबाट प्रमाणपत्र पाएर काम गरिरहेका प्लम्बरलाई अपडेट गर्नु हो ।’

उनले थपे, ‘कामका शिलसिलामा निम्तिने सम्भावित समस्याको समाधान गर्न समेत सहयोग गर्नेछ ।’

सैक्रममा पञ्चकन्याका रमेशजंग शाहले भने, ‘प्रमाणपत्र पाएर काम गरिरहेका प्लम्बरले पानी लिकेज हुने, पाइप फुट्ने, पाइप राख्ने स्थान नमिल्ने, छोटो समयमा पाइपमा समस्या आउनेजस्ता समस्या भागिरहेका छन् ।

दिनानुदिन प्लम्बिङका क्षेत्रका सामानको गुणस्तरियतामा वृद्धि भइरहने तर प्लम्बरले नयाँ अपडेट तालिम नलिनाले काममा समस्या हुन्छ ।

यस्ता समस्या आउन नदिन र आएका समस्या सहजै समाधान गर्न सहज बनाउने छ ।’

के भन्छन् सहभागी ?

तालिममा सहभागी गोकुल दंगालले भने, ‘हामी नयाँ कुराको बारेमा अपडेट भइरहेका छौँ । पञ्चकन्या पाइपको फिटिङ राम्रो होस् भनेर यो तालिम आयोजना गरिएको हो ।’

उनले थपे, ‘यो तालिमले कार्यक्षेत्रमा देखिने समस्या पहिचान, समाधान तथा उपभोक्तासँग सुमधुर सम्बन्ध कायम राख्नमा समेत सहयोग पुर्याउँछ ।’

उक्त तालिमका अर्का सहभागी तुलसिंह तामाङले भने, ‘यो तालिमबाट काम गर्ने क्रममा आफू र आफ्ना साथीसहित कसरी सुरक्षित भएर काम गर्ने भन्ने बारे हामीलाई जानकारी भएको छ ।’

उक्त तालिममा १०१ जनाको सहभागिता रहेको थियो ।

...

शुक्रबार १६, चैत्र ०७४

प्रतिक्रिया

Related