‘विकास विरोधी जनता’ ! सडक विस्तारका विरोधमा सडकमा नारा जुलुस

प्रदर्शनकारीमाथि प्रहरीले हान्यो पानीको फोहोरा, १६ जना पक्राउ
निर्माण सञ्चार, काठमाडौँ | बाहिरी चक्रपथ निर्माण सुरु गर्ने समयदेखि नै सडक विस्तार विरोधमा उत्रिएका रिङरोडबासि अझै सडकमा नारा जुलुस गर्न छाडेका छैनन् ।

सडक विस्तारकै विषय लिएर पटक–पटक विरोधमा उत्रिएपछि जनताले सडक विस्तार नचाहेको आवाज उठ्न थालेका छन् ।

मुआब्जा पाएका घरधनि सहित मुआब्जा पीडित आन्दोलनामा उत्रिएका हुन् ।

सरकारले समेत मुआब्जा पाउने र नपाउनेको संख्या छुट्याउन नसकिरहेको अवस्था छ । बुधबार काठमाडौं उपत्यकामा सडक विस्तार, बाहिरी चक्रपथ निर्माण पीडितहरु प्रदर्शन उत्रिएका थिए ।

सडक विस्तारका नाममा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको पहिचानमा क्षति पुर्याउन नहुने पनि उनीहरुको माग थियो ।

सडक विस्तारको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास छरेको थियो ।

माइतीघर मण्डलाबाट सुरु भएको उक्त प्रर्दशन नयाँ बानेश्वरसम्म आएको थियो । बानेश्वरमा सडक अवरुद्ध पार्दै प्रदर्शनकारीहरु सडकमै सुतेपछि प्रहरीले पानीको फोहोरा हानेको हो ।

प्रदर्शनकारीले ब्यानर प्रयोग गर्दै पानीको फोहोरा नै रोकेपछि प्रहरीले अश्रुग्यास हानेको थियो । सोही क्रममा प्रहरीले लाठीचार्ज गर्दै १६ जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ । प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले प्रदर्शनकारीले प्रहरीको दुई वटा भ्यान समेत तोडफोड गरेको बताए ।

...

बधबार, १४ चैत २०७४ 

प्रतिक्रिया

Related